निर्णय नं. १०००३ - लागु औषध खैरो हेरोइन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०००३ - लागु औषध खैरो हेरोइन भाग: ६० साल: २०७५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७३/०८/१६ ७७६० सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७३।८।१६ ०७२-CF-०००७ मुद्दाः लागु औषध खैरो हेरोइन पुनरावेदक / वादी : प्र.ना.नि. उमाशंकरप्रसाद गुप्ताको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला पर्सा, वीरगञ्ज उपमहानगरपालिका वडा नं.१४ घर भई ऐ. वडा नं.१३ मा डेरा गरी बस्ने राजेशकुमार लामा प्रतिवादीसँग लागु औषध फेला परेको अवस्थामा प्रतिवादीले त्यसको वैधता प्रमाणित गर्नै पर्दैन भन्ने होइन । यसो भन्नुको मतलब लागु औषधको कसुरमध्ये प्रतिवादीले कुन कसुर गरेको हो, सेवनको कसुर हो वा कारोबारको कसुर हो भन्ने कुरालाई स्पष्ट गर्नुपर्ने, तत्सम्बन्धी आवश्यक कुरा खुलाउनु पर्ने र सोको प्रारम्भिक प्रमाण पुर्‍याउनु पर्ने वादीको दायित्वलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ ले समाप्‍त गरेको हो भन्न पनि नमिल्ने । (प्रकरण नं.१०) कसुरको दफा मात्र उल्लेख गरेर पुग्दैन सो दफाबमोजिमको काम प्रतिवादीबाट भएको भन्ने कुरा र तत्सम्बन्धी प्रमाण पनि दाबीमा खुल्नु आवश्यक हुने । (प्रकरण नं.१२) बरामदित लागु औषधको मात्रा थोरै छ बरामद भएको मात्रालाई नै अदालतले आधारको रूपमा ग्रहण गर्नुपर्ने हुन्छ । बरामदित मात्रा थोरै छ बरामद भएको मात्रालाई पन्छाएर हचुवाको भरमा बरामद थोरै भए पनि कारोबारी नै हुन् भनी भन्न पनि मिल्दैन । अर्कोतर्फ एकै व्यक्तिको साथबाट खैरो हेरोइन र चरेस दुई फरक लागु औषध फेला परेको कारणले मात्रै निजलाई लागु औषधको कारोबारी ठहर गर्नु न्यायोचित नहुने । (प्रकरण नं.१५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री पुण्यप्रसाद पाठक प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू फैसला गर्नेः- जिल्ला न्यायाधीश श्री पशुपति आचार्य पर्सा जिल्ला अदालत । पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री सत्यमोहन जोशी पुनरावेदन अदालत, हेटौंडा । संयुक्त इजलासबाट फैसला गर्नेः माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय मा. न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला न्या.जगदीश शर्मा पौडेल : यस अदालतको संयुक्त इजलासबाट मिति २०७२/०६/११ मा सर्वोच्च अदालत नियमावली २०४९, को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासको दायरीमा दर्ता भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । जिल्ला पर्सा, वीरगञ्ज उपमहानगरपालिका वडा नं.१३ स्थित पूर्वमा घण्टाघर जाने सडक, पश्चिममा खाली जग्गा, उत्तरमा हरेन्द्र किशोर पंडितको घर, दक्षिणमा मुकेश कलवारको घर यति चार किल्लाभित्र अशोककुमार वर्माको घरमा राजेशकुमार लामा कोठा लिई बसेकोमा निजको कोठा खानतलासी लिँदा कोठाको दराजबाट लागु औषध खैरो हेरोइन ३ ग्राम र चरेस १० ग्राम बरामद भएको भन्ने मिति २०६६।४।२७ को खनतलासी तथा बरामदी मुचुल्का । मिति २०६६/४/२७ गते राति २४:३० बजेको समयमा जिल्ला पर्सा, वीरगञ्ज उपमहानगरपालिका वडा नं.१४ घर भई ऐ. वडा नं.१३ मा अशोक वर्माको घरमा कोठा लिई बसेको राजेशकुमार लामाको कोठा खानतलासी गर्दा निज राजेशकुमार लामा भागी गएको र सो कोठाको दराजबाट लागु औषध खैरो हेरोइन ३ ग्राम