निर्णय नं. १०००५ - आयकर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०००५ - आयकर भाग: ६० साल: २०७५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७४/०१/१९ ३७७४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा फैसला मिति : २०७४।१।१९ ०७३-RB-०४५१ मुद्दाः आयकर (आ.व. २०६३।०६४) पुनरावेदक / वादी : ठूला करदाता कार्यालय, हरिहर भवन, ललितपुर विरूद्ध प्रत्यर्थी / प्रतिवादी : स्थायी लेखा नम्बर ५००००१३१६८ को श्री पशुपति सिमेन्ट प्रा.लि.को तर्फबाट ऐ. का अधिकारप्राप्त वीरेन्द्र कुमार संघाई आयकर शब्द स्वयम्ले "आय" भएमा "कर" लाग्ने कुरा बोध हुन्छ । यसरी कसैले "आय" आर्जन गरेको छ वा छैन, के कति आय आर्जन गरेको छ भनी यकिन गर्न कानूनले केही खास सर्त र मापदण्ड निर्धारण गरेको पाइन्छ । करदाताले गरेको खर्च वास्तविक, प्रमाणिक र कानूनद्वारा तोकिएको सर्त वा सीमाभित्र रहेर गरिएको भएमा मात्र छुट वा कट्टी गर्न पाउने हुन्छ । खासगरी व्यापारिक कारोबारको सिलसिलामा खर्च कट्टी हुनका लागि आय आर्जनका लागि भएको वास्तविक खर्चलाई मात्र कानूनले तोकेको सीमा र परिधिभित्र रहेर कट्टी वा छुट दिन सकिने अवस्था रहने । करदाताले ऋण लिई वास्तवमा खर्च गरेको भए पनि आय आर्जनसम्बन्धी व्यापारिक कारोबारको कुरामा बाहेक अन्य निजी प्रयोजनमा गरिएको खर्चलाई छुट वा कट्टा गर्ने विषय बनाउन मिल्दैन । त्यसैले करदाताले छुटको दाबी गरेको खर्च करदाताको कारोबारको प्रकृतिअनुसारको र कारोबारकै सिलसिलामा भएको वास्तविक खर्च हो भन्ने तथ्य स्थापित हुन आवश्यक देखिन्छ । यस प्रतिकूलका खर्चलाई कट्टी गर्न पाउने छुट नहुने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ताद्वय श्री हरिशंकर ज्ञवाली र श्री ज्ञानप्रसाद भुषाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ अवलम्बित नजिर : सम्बद्ध कानून : आयकर ऐन, २०५८ सुरू निर्णय गर्ने अधिकारी:- प्रमुख कर प्रशासक श्री खुमराज पुँजाली पुनरावेदन तहमा फैसला गर्नेः- माननीय अध्यक्ष श्री दीपककुमार कार्की सदस्य श्री हरि पोखरेल सदस्य श्री मणिदेव भट्टराई राजस्व न्यायाधिकरण, काठमाडौं फैसला न्या.ईश्वरप्रसाद खतिवडा : राजस्व न्यायाधिकरण काठमाडौंको मिति २०६९।३।२७ गतेको फैसलाउपर राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ को खण्ड (घ) बमोजिम पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एव ठहर यसप्रकार रहेको छः- करदाता श्री पशुपति सिमेन्ट प्रा.लि.ले आ.व.२०६३।०६४ को लागि आयकर ऐन, २०५८ को दफा ९९ बमोजिम कर निर्धारण गरी सोही ऐनको दफा ९६ अनुसार करयोग्य रू.६३,८९,२५०।- नोक्सानी कायम गरी ठूला करदाता कार्यालय, हरिहरभवन, ललितपुरमा मिति २०६४।९।२९ गते आय विवरण पेस गरेको रहेछ । प्रस्तुत करदाताको यस आ.व. २०६३।०६४ को सम्बन्धमा कम्पनीले आयकर ऐन, २०५८ बमोजिम मुनाफा र लाभमा समावेश गर्नुपर्ने रकम समावेश नगरेको साथै कट्टी गर्न नपाउने खर्चहरू समेत दाबी गरेको पाइएकोले सोही ऐनको दफा १०१ बमोजिम संशोधित करयोग्य आय कायम गरी कर निर्धारण गर्नुपर्ने भएकोले सोबमोजिम गर्नु नपर्ने कुनै ठोस सबुद प्रमाण भए पत्र प्राप्त भएको मितिले १५ दिनभित्र पेस गर्न आयकर ऐन, २०५८ को दफा १०१ (६) बमोजिम करदातालाई मिति २०६४।९।१७ गते जारी गरेको सूचना मिति २०६४।९।१९ गते बुझी लिएको । भारतको मध्य प्रदेशमा रहेको Diamond Cement लाई कच्चा पदार्थ खरिद गर्नका लागि दिएको रू.१,८९,२२,६५६।- रकममध्ये