निर्णय नं. १०००७ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०००७ - जबरजस्ती करणी भाग: ६० साल: २०७५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७४/०९/२३ ५८३६ प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडितको परिवारको सदस्यको नाममा ................. राखिएको छ । - सम्पादक सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७४।९।२३ ०७२-CR-०८५३ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : कञ्‍चनपुर जिल्ला रौतेली विचवा गा.वि.स. वडा नं. ९ घर भई हाल जिल्ला कारागार कार्यालय कञ्‍चनपुर, महेन्द्रनगरमा रहेका दिपक रावल विरूद्ध प्रत्यर्थी / वादी : कमलादेवी खत्रीको जाहेरीले नेपाल सरकार जबरजस्ती करणीको कार्य लुकीछिपी गरिने आपराधिक कार्य भएकाले त्यसमा प्रत्यक्षदर्शी साक्षी हुन सक्दैन । यस्तो अपराधमा पीडित महिलाको भनाइलाई अन्यथा नभएसम्म सर्वमान्य प्रमाणको रूपमा लिनुपर्दछ । अन्य वस्तुगत प्रमाणले पीडितको भनाइलाई गलत साबित नगराएसम्म त्यसलाई स्वीकार गर्नुपर्ने । सात वर्षकी कुनै पनि नाबालिकाले जबरजस्ती करणी जस्तो गम्भीर आपराधिक कार्यका बारेमा पर्याप्त मात्रामा बुझिसकेको नहुनुका साथै त्यस्तो विषयका बारेमा बनावटी रूपबाट विविध कुरा भन्न सक्ने क्षमता र चेतनासमेतको विकास निज जस्तो बालिकामा भइसकेको हुँदैन । यस्तो अवस्थाका अवोध बालिकाले अदालतमा समेत उपस्थित भई गरेको बकपत्रबाट पीडितउपर नै सो आपराधिक कार्य भएको रहेछ भनेर अन्यथा प्रमाणित भएमा बाहेक विश्‍वास गर्नुपर्ने । (प्रकरण नं.७) सात वर्षकी पीडितको अन्य कारणले कन्याजाली च्यातिएको भन्‍ने तथ्य वस्तुनिष्ट रूपबाट पुष्टि नभएकाले निजउपर भएको जबरजस्ती करणी वारदातका स्वरूप र प्रकृतिका कारण नै निजको कन्याजाली च्यातिएको भन्‍ने अर्थ गर्नुपर्ने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०६५, अंक ५, नि.नं.७९६८ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री भोजराज अधिकारी कञ्‍चनपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री हरिप्रसाद बगाले माननीय न्यायाधीश श्री रामेश्‍वरनाथ अमात्य पुनरावेदन अदालत महेन्द्रनगर फैसला न्या.ओमप्रकाश मिश्र : पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०७२।४।१७ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन परी नियमानुसार पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ :- मिति २०६८।११।१३ गते म जाहेरवाली घाँस काट्न भनी जंगलमा गएका अवस्थामा घरमा स-साना केटाकेटी र वृद्ध सासु मात्र रहेका थिए । मेरी वर्ष ७ की छोरी परिवर्तित नाम “आर कुमारी” घाँस काट्न भनी नजिकैको गहुँ बारीमा गएकी रहेछ । सोही अवस्थामा प्रतिवादी दिपक रावल सो ठाउँमा गई छोरीको डोको लुकाई दिएको र पछि निज अन्यायीले तिम्रो डोको म खोजी दिन्छु भनी छोरीलाई फकाई गहुँबारीमा लगी छोरीको मुख हातले छोपी जबरजस्ती करणी गरेको हो भन्‍नेसमेत बेहोराको पीडितकी आमा कमलादेवी खत्रीको जाहेरी दरखास्त । जिल्ला कञ्‍चनपुर रौतेली बिचवा गा.वि.स. वडा नं ९ स्थित बलबहादुर श्रेष्ठको गहुँबारी खेतको पूर्वमा नागु लुहारको जमिन‚ पश्‍चिम कमलादेवी खत्रीको जमिन उत्तर कुम्भराज खड्काको खेत दक्षिण शेरबहादुर विष्टको खेत यति चार किल्लाभित्र कञ्‍चनपुर रौतेली बिचवा ९ बस्ने बलबहादुर श्रेष्ठको गहुँबारी खेतमा पीडित “आर कुमारी” लाई मि