निर्णय नं. १०००८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०००८ - कर्तव्य ज्यान भाग: ६० साल: २०७५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७३/०८/०३ २४९१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की फैसला मिति : २०७३।८।३ मुद्दाः- कर्तव्य ज्यान ०७०-CR-०४७२ पुनरावेदक / प्रतिवादी : इलाम जिल्ला, चुलाचुली गा.वि.स. वडा नं.२ घर भई हाल कारागार कार्यालय झापामा थुनामा रहेको देवीप्रसाद पराजुली विरूद्ध प्रत्यर्थी / वादी : दिलिप लिम्बू खजुमको जाहेरीले नेपाल सरकार ०७०-CR-०५२१ पुनरावेदक / प्रतिवादी : इलाम जिल्ला, चुलाचुली गा.वि.स. वडा नं.२ घर भई हाल कारागार कार्यालय झापामा थुनामा रहेको छविलाल पराजुली विरूद्ध प्रत्यर्थी / वादी : दिलिप लिम्बू खजुमको जाहेरीले नेपाल सरकार ०७०-CR-०५२२ पुनरावेदक / वादी : दिलिप लिम्बू खजुमको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : इलाम जिल्ला, चुलाचुली गा.वि.स. वडा नं.२ बस्ने देवीप्रसाद पराजुली ज्यानसम्बन्धीको १३(४) नं. अनुसारको “ज्यान मार्नमा वचन दिने” भन्ने शब्दको निरपेक्ष अर्थ नगरी समय सापेक्ष अर्थ गर्नुपर्ने हुन्छ । ‘मार’ भनी भनेकोलाई सबै सन्दर्भ परिस्थितिमा कानूनअनुसार सजाय गर्दा व्यावहारिक नहुने र यसो गर्दा अन्यायसमेत पर्न जान्छ । त्यसैले ‘मार् हान्’ भनी भनेको कुरा साँच्चिकै मार्ने मनसायसहित भनेको हो, होइन ? यसरी ‘मार्’ भनी वचन दिएकोले मात्र मारेको हो, होइन ? भन्ने जस्ता कुरा यसमा विचारणीय हुन आउने । ज्यान मार्ने मनसायले नै मार् भनेको र मार् भनेका कारणले मात्र मारेको भन्ने नि:सन्देह पुष्टि नभएको यस्तो अवस्थामा यी प्रतिवादीले नेपाल सरकारको पुनरावेदन जिकिरअनुसार ज्यानसम्बन्धी महलको १३(४) नं. को कसुरमा सहभागिता रहेको हो भनी भन्न नसकिने । (प्रकरण नं.१०) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनी प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री बिमला यादव अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री शेखरचन्द्र अर्याल इलाम जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- मा. मुख्य न्या. श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री उदयप्रकाश चापागाइँ पुनरावेदन अदालत इलाम फैसला न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः- इलाम जिल्ला, चुलाचुली गा.वि.स. वडा नं.२ स्थित कच्ची सडकको बीच भागमा झारपातहरू माडिएको, सो भागमा रगतजस्तो तरल पदार्थ जमेको, सोही स्थानदेखि १० मिटर टाढा २ फिट ३ इन्च लामो खुर्पा रहेको, सो खुर्पाले देवेन्द्र खजुमलाई मिति २०६८/०५/२२ मा छविलाल पराजुलीले घाँटीमा प्रहार गरी गम्भीर घाइते बनाएको र उपचारको लागि दमकस्थित लाइफ लाइन अस्पतालतर्फ पठाएको भन्नेसमेत बेहोराको मिति २०६८/०५/२२ को घटनास्थल मुचुल्का । झापा जिल्ला, दमक नगरपालिका वडा नं.१० स्थित दमक लाइफ लाइन अस्पतालको इमरजेन्सी कोठाभित्र बेडमा मृतक देवेन्द्र खजुमको शव दक्षिण टाउको, उत्तर गोडा भई बेडमा उत्तानो अवस्थामा रहेको, मृतकका लासको दाहिने साइडको घाँटीमा ७ इन्च लामो ५ इन्च गहिरो काटेको चोट रहेको, घाँटी पछाडि पूरै काटी रगत बगिरहेको भन्नेसमेत बेहोराको मिति २०६८/०५/२२ को लास जाँच मुचुल्का । मेरो छोरा इलाम जिल्ला, चुलाचुली गा.वि.स. वडा नं.२ बस्ने वर्ष २६ को देवेन्द्र खजुम र प्रतिवादी छविलाल पराजुलीबीच मिति २