निर्णय नं. ४३२८ - उत्प्रेषण मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३२८ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३३ साल: २०४८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४८/०७/२६ २६१४ निर्णय नं. ४३२८ ने.का.प. २०४८ अङ्क ७ संयुक्तइजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको रिट नं. १४२० आदेश भएको मिति : २०४८।७।२६।३ मा निवेदक : जि.भोजपुर देउराली गा.पं.वा.नं. २ बस्ने धर्मराज थापाकी श्रीमती शान्ती विद्या थापा क्षेत्री विरुद्ध विपक्षी : जि.का.मोरंग विराटनगरसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश (साविक पेज नं. ३६९) (१) एकपटक क्षेत्राधिकार ग्रहण गरिसकेपछि आएको संशोधनले अरु निकाय वा अदालतमा सो विषयको क्षेत्राधिकार दिएकोमा त्यस्तो मुद्दा सर्ने भन्ने व्यवस्था नभएकोमा क्षेत्राधिकार ग्रहण गरिसकेको अड्डा अदालत हेर्नु पर्ने । (प्रकरण नं. ११) (२) रिट क्षेत्रबाट कसैको अधिकार क्षेत्र सार्न वा सृजना गर्न नमिल्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान अधिवक्ता श्री राजन ढुड्डना विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ, विद्वान अधिवक्ता श्री श्रीहरी अर्याल आदेश न्या.केदारनाथ उपाध्याय १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. जि.मोरंग डाँगीहाट गा.पं. साविक वडा नं. ९(घ) हाल नापी अनुसार वडा नं. ९ को हाल दोहोरा नाप नक्शा ९(ट) कायम गरिएको क्षे.फ. २०–१३–२ बिगहा जग्गा २०२१।९।३० मा जाहेरी बिन्तिपत्र अनुसार स्व. श्री ५ बाट कृष्णकुमारी बोगटी–१, सूर्य ब. बस्नेत–१, शंकरकुमार थापा–१ का नाममा सामुहिक हु.प्र.बक्स भई सो बमोजिम मिति २०२४।२।३१।४ मा मोरंग मालबाट नापीं नम्बरी दर्ता भई २०१८ साल देखि २०२४ साल तक ६ वर्षको मालपोत धरौटी रही मालबाट जमाबन्दी र बिलेबन्दी समेत भएको हो भन्ने कुरा तत्कालीन जिमिदार प्रथा अनुकूल जिमिदार पट्वारीलाई श्रेस्ता तयार गर्ने आदेश पूर्जी भई मो.मा.का.बाट धरौटी रसिद भई बोधार्थ प्रमाण पुर्जी भएको र ज.ध.प्र.पुर्जा हुन बाँकी रहेको अवस्थामा निवेदक मध्ये म शान्ति विद्या थापाको एकाघरको छोरा उक्त जग्गाधनी शंकरकुमार थापा कालगतिले स्वर्गीय भएको हो । शंकरकुमार स्वर्गीय भएकोले एकाघरकी म आमा शान्ति विद्याका नाममा उक्त जग्गाको ज.ध.प्र.पु. गरी नामसारी दर्ता गराई पाउँ भनी श्री ५ मा बिन्तिपत्र दिंदा मिति २०३५।८।२८ मा श्री ५ बाट कोशी अञ्चलाधीशका नाममा दिन मिल्ने भए तुरुन्तै नामसारी ज.ध.प्र.पु.दिनु र दिन नमिल्ने भए कारण व्यहोरा निवेदकलाई सूचना दिई अविलम्ब मौसूफमा जाहेर गर्नु भन्ने हु.प्र.बक्स भयो । मोरंग वन डिभिजन कार्यालयबाट मिति ०३५।९।१३ मा उक्त जग्गा वन क्षेत्र बाहिरको हाल आवादी भएको ठहर गरेको छ र क्षेत्रीय बसोवास कार्यालय समेतले आवादी नम्बरी ठहराएको छ । यस्तैमा मोरंग मालपोत कार्यालयले गैरकानुनी किसिमबाट उक्त ०३६।८।२३ मा आदेश पर्चा खडा गरी उक्त जग्गामा मिति ०३७।११।१६ मा दोहरो नापी गरायो जम्मा २०–१३–२ बिगहा जग्गा मध्ये मृतक छोरा शंकरकुमारको नाममा ६–१३–२ बिगहा हुनु पर्नेमा घटाई २–१७–० बिगहा जग्गा मात्र बाँकी राखी पछि ठहरे बमोजिम गर्ने भनी आदेश समेत गयो । उक्त जग्गा मृतक शंकरकुमारको नाममा भएको हो भन्ने ठहर गरिसकेपछि पुनः जग्गा धनी २ जनाको दावीले दुविधा भई हक बेहक देखिएको हुँदा अदालतबाट हक बेहक गराई आउनु भनी सुनाएकोमा विपक्षी शंकर थापाको नालिश नै नपरेकोले ज.ध.प्र.पु. पाउँ