निर्णय नं. १०००९ - अपुताली हक कायम दर्ता चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०००९ - अपुताली हक कायम दर्ता चलन भाग: ६० साल: २०७५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७४/०२/०९ ४६१७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की फैसला मिति : २०७४।२।९ ०७१-CI-००५६ मुद्दाः अपुताली हक कायम दर्ता चलन पुनरावेदक / वादी : रौतहट जिल्ला, इनरवारी गाउँ विकास समिति, वडा नं. ५ बस्ने नन्दलाल प्रसाद यादव विरूद्ध प्रत्यर्थी / प्रतिवादी : रौतहट जिल्ला, इनरवारी गाउँ विकास समिति, वडा नं. ६ बस्ने ओमप्रकाश राय यादवसमेत अंश र अपुतालीका विषयहरू झट्ट हेर्दा उस्तै देखिने भए पनि पृथक विषयहरू हुन् । अंशको विवादमा अंशियार हुनलाई नाता सम्बन्ध महत्त्वपूर्ण हुन्छ । तर अपुतालीको सम्बन्धमा स्याहार सम्भार गर्ने व्यक्तिलाई मर्ने व्यक्तिको सम्पत्तिको हकदार मानिएको देखिन्छ । बाँचुञ्जेल मर्ने व्यक्तिलाई स्याहार सम्भार नगर्ने, आफ्नो कर्तव्य निर्वाह नगर्ने तर मरेपछि मर्ने व्यक्तिसँग केवल नाता र हकदार हुनुको आधार देखाएर अपुतालीको सम्पत्ति दाबी गर्ने र त्यस्तो सम्पत्तिमा हक प्राप्त गर्ने कुरालाई प्रस्तुत कानूनी व्यवस्थाले अनुमति दिएको नदेखिने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा. जिल्ला न्यायाधीश श्री बाबुराज कार्की रौतहट जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी पुनरावेदन अदालत, हेटौंडा फैसला न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः- मूल पुरूष रामपृत राय यादवको ४ छोरा भएकोमा जेठा सुरूज राय यादव, माहिला हामी फिरादीहरूको स्व.बाबु अंचीत राय यादव, साहिला जादु राय यादव र कान्छा प्रतिवादीहरूको सगोलको बाबु रामप्रसाद राय यादव भएकोमा रामपृत राय यादवको मृत्युपछि चारै दाजु भाइ २०३७।८।४ मा रौतहट जिल्ला अदालतबाट अंशबन्डा भई भिन्दै बसी आउनु भएकोमा जेठा सुरूज राय यादवको एक मात्र छोरा विश्वनाथ राय यादव भएको निज विश्वनाथ राय यादवको एक मात्र श्रीमती सुनरी देवी भएको र विश्वनाथ राय र सुनरी देवीको छोरा छोरी कोही नभई विश्वनाथ राय यादवको मिति २०६५।५।६ र सुनरी देवी मिति २०६५।६।१० मा आफ्नो कालगतीले स्वर्गबास भई सक्नुभएको र माहिला अंचीत रायको दुई छोरा भएकोमा जेठा विन्दालाल राय यादव, कान्छा नन्दलालप्रसाद यादव भएको र साहिला जादु राय यादव र निजको श्रीमती चुनुचुनीया देवी लोग्ने स्वास्नी नि:सन्तान भई स्वर्गवास भएको र कान्छा रामप्रसाद राय यादवको एक मात्र श्रीमती हेमचली देवी भएको र निजहरूको २ छोरा भएकोमा जेठा जयप्रकाश राय यादव, कान्छा ओमप्रकाश राय यादव भएकोमा रामपृत राय यादव लोग्ने स्वास्नी, सुरूज राय यादव लोग्ने स्वास्नी र निज सुरूज राय यादवको छोरा विश्वनाथ राय यादव र निजको एक मात्र श्रीमती सुनरी देवी, माहिला अंचीत राय यादव लोग्ने स्वास्नी, साहिला जादुराय यादव निःसन्तान भई लोग्ने स्वास्नी, रामप्रसाद राय यादवसमेत अघिपछि गरी आ-आफ्नो कालगतीले स्वर्गबास भई सक्नुभएको छ । विश्वनाथ राय यादव र निजको श्रीमती सुनरी देवीको छोरा छोरी नभई विश्वनाथ राय यादव र सुनरी देवीको अपुताली खाने बेहोर्ने हकवाला हामी वादी र प्रतिवादीहरू मात्र हकवाला भएको र निज विश्वनाथ राय यादव