निर्णय नं. १००१० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००१० - उत्प्रेषण भाग: ६० साल: २०७५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७४/०१/१९ २४४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७४।१।१९ ०६९-WO-१३३० मुद्दाः उत्प्रेषण निवेदक : ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. १९ बस्ने रत्नदास श्रेष्ठको छोरा नारायण दास श्रेष्ठसमेत विरूद्ध विपक्षी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंसमेत विवादित जग्गा नेपाल सरकारको नाउँमा आउनको लागि मुलुकी ऐन अपुताली महलको उल्लिखित १७ नं. ले तोकेको उल्लिखित प्रक्रिया पूरा गर्नुपर्ने स्पष्ट कानूनी व्यवस्था रहेको र सो कार्य गर्ने अधिकार अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई कुनै ऐनले नदिएको अवस्थामा प्रचलित कानूनविपरीत नेपाल सरकारको नाउँमा कायम गर्नु गराउनु भनी आदेश दिने कानूनी अख्तियारी अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई रहेको नदेखिने । अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२ख. मा सार्वजनिक पदधारण गरेको व्यक्तिले अनुचित कार्य गरेको ठहर भएपछि सो अनुचित कार्यबाट उत्पन्न दुष्परिणाम प्रचलित कानूनबमोजिम सच्याउनका लागि विपक्षी आयोगले दफा १२ख. बमोजिम लेखी पठाउन सक्ने देखिन्छ । विवादित जग्गाको विषयमा पक्षहरूका बीच खिचोला हक कायम मुद्दा चली सो मुद्दामा भएको अन्तिम फैसलाको आधारमा मालपोत कार्यालयले एकपटक व्यक्तिको नाममा दर्ता गरेको निर्णयलाई अदालतको अन्तिम भई बसेको फैसलासमेतको विपरीत हुने गरी उत्प्रेषण प्रकृतिको आदेश जारी गर्ने अधिकार प्रत्यर्थी आयोगलाई विद्यमान कानूनले प्रदान गरेको नदेखिने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री जगदिश चन्द्र पाण्डे विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री उद्धव पुडासैनी अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. केदारप्रसाद चालिसे : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ:- रिट निवेदनको बेहोरा ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. १३ बस्ने सानु धौमाकु श्रेष्ठको २०११ सालमा मृत्यु भएको र निज नि:सन्तान रही निजको अपूताली खाने नजिकका हकदार नभएको र निजको नाउँमा ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका साबिक वडा नं. १३ मा कि.नं. २०२ र २६१ को जग्गा रहेको थियो । उक्त जग्गामा हामीले निज जीवित रहेकै समयदेखि गुठी सञ्चालन गरी दशैंको खड्ग जात्रा र पाटनको कुमारी पूजालगायतका काम गर्दै आएका हुँदा निज सानु धौमाकुका हामी अपुताली खाने हकदार रहेकोमा कुनै विवाद छैन । २०१८ सालमा निज सानु धौमाकुको घर धरापमा परेको भनी जाँचकीबाट रिपोर्ट पर्न आएकोमा सर्जमिन गर्दा हामी निवेदकहरूका बाबु बाजे र ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. १९ बस्ने तुलसीलाल श्रेष्ठले हकदार भनी तत्कालित ललितपुर नगरपालिकासमक्ष बयान गरेको र नगरपालिकाले हकबेहकको लागि बाँडफाँड इलाका अदालतमा नालेस गर्न जानु भनी मिति २०२०/०५/१४ मा निर्णय पर्चा गरेको थियो । सो निर्णय पर्चाउपर तुल्सीलाल श्रेष्ठले मिति २०२१/०६/१५ मा जिल्ला पञ्चायत ललितपुरमा पुनरावेदन गरेकोमा मिति २०५४/०१/०८ गते जिल्ला विकास समिति ललितपुरबाट अपुतालीको हक बेहकसम्बन्धी निर्णय गर्ने अधिकार नभएकोले अदालतमा हकबेहक छुट्याउन जानु भनी निर्णय भएको थियो । उक्त जिल्ला विकास समितको निर्णयउपर मु.स. गर्ने हेमलाल श्रेष्ठले हामी