निर्णय नं. १००११ - लागु औषध खैरो हेरोइन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००११ - लागु औषध खैरो हेरोइन भाग: ६० साल: २०७५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७४/०३/०१ ७१५६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ फैसला मिति : २०७४।३।१ मुद्दाः लागु औषध खैरो हेरोइन ०७१-CR-१२१७ पुनरावेदक / प्रतिवादी : गोकुलप्रसादको छोरा, दाङ जिल्ला, (त्रिभुवननगर) घोराही नगरपालिका वडा नं.११ दिपशिखा टोल घर भई हाल कारागार कार्यालय जगन्‍नाथदेवलमा थुनामा रहेको शोभित गौतम विरूद्ध प्रत्यर्थी / वादी : प्रहरी नायब निरीक्षक कृष्णकुमार यादवसमेतको प्रतिवेदनले नेपाल सरकार ०७२-CR-०५९१ पुनरावेदक / प्रतिवादी : फणिन्द्रराज के.सी.को छोरा दाङ जिल्ला, त्रिभुवन (घोराही) नगरपालिका वडा नं. ११ जनप्रतिभा टोल घर भई हाल कारागार कार्यालय जगन्‍नाथदेवल त्रिपुरेश्‍वरमा थुनामा रहेको रंजित के.सी. विरूद्ध प्रत्यर्थी / वादी : प्रहरी नायब निरीक्षक कृष्णकुमार यादवसमेतको प्रतिवेदनले नेपाल सरकार कुनै आपराधिक कार्य गर्ने व्यक्तिले त्यस्तो कार्य गरेको वा गरिरहेको अवस्थामा अन्य सो अपराधमा संलग्नता नै नभएका व्यक्ति विभिन्‍न कारण, प्रयोजन वा संयोगको कारणबाट त्यस्तो आपराधिक कार्य गर्ने व्यक्तिसमक्ष पुग्न सक्ने वा रहन सक्ने सम्भावना रहन्छ । यसबाट कुनै आपराधिक क्रिया भएको समयमा त्यस्तो कार्य गर्ने व्यक्तिसमक्ष पुगेकै वा रहेकै आधारमा निजको समेत त्यस्तो अपराधमा निरपेक्षरूपमा सो आपराधिक कार्य गर्ने व्यक्तिसरह आपराधिक दायित्व हुन्छ भन्‍नु फौजदारी अपराधमा व्यक्तिगत दायित्व हुन्छ भन्‍ने फौजदारी न्यायको मान्य सिद्धान्तसमेतको विपरीत हुन जान्छ । प्रस्तुत मुद्दामा यी प्रतिवादी अभियोग दाबीमा इन्कार रहेको, निजबाट लागु औषध बरामद नभएको अवस्था रहेको र वादी पक्षले यी प्रतिवादीको मौकाको साबितीलाई पुष्‍टि गर्ने अन्य प्रमाण गुजार्न सकेको अवस्था नहुँदा यी प्रतिवादीले आरोपित कसुर गरेको स्थापित हुन नआउने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्ण सापकोटा, विद्वान्‌ अधिवक्तात्रय श्री मदनबहादुर कार्की, अधिवक्ता श्री प्रकाश पन्थी, अधिवक्ता श्री नेत्र आचार्य प्रत्यर्थी / वादीका तर्फबाट : सहन्यायाधिवक्ता श्री श्‍यामकुमार भट्टराई अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री पशुपति आचार्य काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की माननीय न्यायाधीश श्री नारायणप्रसाद शाह पुनरावेदन अदालत पाटन फैसला न्या.सारदाप्रसाद घिमिरे : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छः- काठमाडौं जिल्ला, महाँकाल गा.वि.स. वडा नं.९ गल्फुटार स्थित गल्फुटार चोकदेखि १०० मिटर दक्षिणतर्फ सडकको पूर्व रहेको प्रतिक्षालय नजिक मिति २०६९/०६/१७ गतेका दिन १६:०० बजेको समयमा शंकास्पद रूपमा फेला परेका रञ्‍जित के.सी.र शोभित गौतमलाई नियन्त्रणमा लिई निजहरूको शरीर तलासी लिँदा रञ्‍जित के.सी.ले लगाएको जिन्स पाईन्टको अगाडि दाहिने खल्तीमा कालो प्लाष्‍टिकको पोको फेला परेकोले प्लाष्‍टिक पोका निकाली हेर्दा लागु औषध खैरो हेरोइन फेला परेको हुँदा उक्त लागु औषध तौल गर्दा जम्मा ४० (चालीस) ग्राम लागु औषध खैरो हेरोइन भएको, निजको साथमा रहेका शोभित गौतमको साथमा कुनै अवैध