निर्णय नं. १००१४ - बकसपत्र लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००१४ - बकसपत्र लिखत बदर भाग: ६० साल: २०७५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७३/०७/२३ ४३९२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा फैसला मिति : २०७३।७।२३ ०७०-CI-०४८८ मुद्दाः बकसपत्र लिखत बदर पुनरावेदक / प्रतिवादी : पर्सा जिल्ला, मुडली गा.वि.स. वडा नं. २ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने मन्जुर आलम विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. २० बस्ने कल्याण महत मुलुकी ऐन, अंशबन्डाको १ नं. हेर्दा, “अंशबन्डा गर्दा यस महलका अन्य नम्बरहरूको अधीनमा रही बाबु, आमा, लोग्ने, स्वास्नी, छोरा, छोरीहरूको जीयजीयैको अंश गर्नुपर्छ” भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ । सो कानूनी व्यवस्थाले बाबुआमा, छोराछोरी, लोग्ने स्वास्नीसम्मका नाता पुस्तामा जीवित अंशियारहरूको बीचमा नै अंशबन्डा हुने भन्‍ने देखिन्छ तापनि नातिको अंशहक आफ्नो बाबुमार्फत प्राप्त हुने हुँदा बाबुले प्राप्त गर्ने अंशहक सम्पत्तिमा नातिको अंशहक निहित रहन जाने । पैतृक सम्पत्तिमा आफ्नो बाबुको अंश हकमा नै असर पर्ने गरी बाजेले बिक्री व्यवहार हक हस्तान्तरण गरेको स्थितिमा सर्वप्रथम बाबुले नै आफ्नो हक खोज्न आएको देखिनुपर्ने । माथिल्लो पुस्ताका व्यक्तिहरू मिली तेस्रो पुस्ताका व्यक्तिको अंशहक नियतवश अहित गर्ने उद्देश्यले सम्पत्ति हिनामिना गर्ने कार्य भएको प्रमाणित हुने अवस्थामा तेस्रो पुस्ताका व्यक्तिको अंशहक अंशबन्डाको १ नं. ले संरक्षण गर्न नमिल्ने हुँदैन । पिता जीवित नरहेको अवस्थामा पिताको अंश हकमा तेस्रो पुस्ताका नातिले सो ऐनबमोजिम आफ्नो पितातर्फको अंशहक संरक्षण गर्न नपाउने भन्‍न नमिल्ने । (प्रकरण नं.४) मूल अंशियारमध्येका वादीका पिता जीवितै हुँदा पनि बदरमा दाबी लिई बदर गराउन सकेको पाइँदैन । हक प्राप्त गर्ने व्यक्तिको पनि सम्पत्तिमा हक सुनिश्‍चित नभएमा सम्पत्तिसम्बन्धी अधिकारमा अनिश्‍चितता रहन्छ । वादीले आफ्नो पिताबाट अंश हक प्राप्त गर्ने अवस्था रहेकै छ र वादीका पिताले पाउनेभन्दा बढी जग्गा सम्पत्ति दाता बाजेकै नाउँमा रहेको देखिने । (प्रकरण नं.९) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय श्री विजयकुमार बस्नेत र श्री हरिमोहन थापा प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०६८, नि.नं.८५८४, पृ.५१६ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री अच्युत विष्ट काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल माननीय न्यायाधीश श्री रामचन्द्र यादव पुनरावेदन अदालत पाटन फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- विपक्षीमध्येका मेरा एकाघर सगोलमा बस्ने हजुरबुबा नाता पर्ने गणेश भन्ने दिलबहादुर महत र पूर्णकुमारी महतबाट जायजन्म भएको सन्तानमा मेरो एकाघर सगोलमा बस्ने बुबा शरणकुमार महत एक मात्र सन्तान हुन् । बुबा शरणकुमार महतको सन्तान म फिरादी एक मात्र सन्तान (छोरा) हुँ । म फिरादीले आमालगायत हामीहरू जम्मा परिवार संख्या ५ यो फिराद गर्दाका मितिसम्म एकाघर सगोलमा बसिरहेका छौं । मेरो पिता पुर्खाको पालादेखि चल अचल सम्पत्ति हजुरबुबा गणेश भन्ने दिलबहादुरका नाउँ जिम्मामा रहि आएको छ । मेरो पिता शरणकुमा