निर्णय नं. १००१७ - वैदेशिक रोजगार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००१७ - वैदेशिक रोजगार भाग: ६० साल: २०७५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७४/०८/१३ ५४२२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७४।८।१३ २०७०-CR-१५७७ मुद्दाः वैदेशिक रोजगार पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.१५ बस्ने भवानी काफ्ले तुलाधर विरूद्ध प्रत्यर्थी / वादी : रमेश पाण्डेको जाहेरीले नेपाल सरकार विवादमा आएको कुनै पनि लिखतमा लेखिएको बेहोरा अवस्था परिस्थितिअनुसार फरकफरक प्रकृतिबाट अन्य तथ्ययुक्त एवं वस्तुनिष्ठ प्रमाणबाट समर्थित हुनु पनि आवश्यक हुन्छ । सदैव लिखतको शब्दबाट मात्र फौजदारी दायित्व सृजना हुँदैन, यसको लागि मनसाय र क्रियाको साथसाथै पक्षहरूको परिस्थितिजन्य प्रमाणको विश्‍वसनीयता आवश्यक हुन्छ । व्यक्तिव्यक्तिबीच भएको लिखतको हरेक अवस्थामा वैदेशिक रोजगारी भन्‍ने शब्दको प्रयोग हुनासाथ यान्त्रिक तवरबाट सजाय गरिहाल्ने प्रवृत्ति विकास भएमा न्याय मर्ने सम्भावना रहन्छ । यस अवस्थामा पक्षहरूले आफ्ना लेनदेन वा अन्य मनसायबाट खडा भएको कुनै लिखतमा त्यसको कार्यान्वयन गर्न दबाब सृजना गर्ने उद्देश्यले वैदेशिक रोजगार शब्दको प्रयोग गर्दैमा स्वतः दण्डनीय अपराध मानिएमा यसको दुरूपयोग भई परिबन्धबाट निरपराधी पनि सजायको भागी हुन जानेतर्फ अनुसन्धान एवं अभियोजनकर्ता, अदालत तथा न्यायिक निकाय सदैव सचेत हुनुपर्ने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री विष्णुबहादुर गुरूङ प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री राम पाण्डे अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः सदस्य माननीय श्री अग्निप्रसाद थपलिया सदस्य माननीय श्री रवि शर्मा अर्याल वैदेशिक रोजगार न्यायाधिकरण फैसला न्या.अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर हुन आएको यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- प्रतिवादी भवानी काफ्ले तुलाधरले वैदेशिक रोजगारका लागि यु.के. पठाइदिन्छु भनी मिति २०६७।८।१५ गते मेरो सक्‍कल राहदानी र रू.१०,००,०००।– (दश लाख) लिई मिति २०६८।२।१८ मा रोजगार पठाउन नसकी रकमसमेत फिर्ता नगरी ठगी गरेकाले यी प्रतिवादीलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम सजाय गरी मेरो बिगो र हर्जानासमेत दिलाई भराई पाउँ भनी मिति २०६८।४।२२ को उजुरी । जाहेरवालालाई यु.के. पठाउन भनी मैले रकम लिएको होइन । यो जाहेरवालालाई चिनेको समेत थिइन । का.जि.का.म.न.पा वडा नं.१५ डल्लु बस्ने मन्जु नेपालीसँग २०६७ साल मङ्सिर पुसतिर जम्मा रू. ४,००,०००।– (चार लाख रूपैयाँ) घरायसी व्यवहार मिलाउन ऋण लिएकोमा गत जेठ महिनामा मन्जु नेपालीले १२ जना नचिनेका मानिसहरू समेत लगाई जबरजस्ती यी जाहेरवाला रमेश पाण्डेका नाउँमा वैदेशिक रोजगारको कागज गराएका हुन् । सो कागज गराएपश्चात् यी जाहेरवालाहरूलाई रू.७०,०००।– (सत्तरी हजार) फिर्ता गरिसकेको छु । सो बारेमा मन्जु नेपालीलाई बुझेमा सम्पूर्ण कुरा थाहा हुने नै हुँदा उक्त झुट्टा उजुरीबाट फुर्सद पाउँ भन्‍ने बेहोराको भवानी काफ्ले तुलाधरले वैदेशिक रोजगार विभागसमक्ष गरेको बयान । प्रतिवादी भवानी काफ्ले तुलाधरबाट नगद रू.१०,००,०००।– (दश लाख) धरौटी वा सो बराबरको जेथा जमानी दिए लिई तारेखमा राख्‍नु नदिए हिरासतमा राख्‍न वैदेशिक रोजगार न्यायाधिकरणबाट म्याद थप गर्ने गरी भएको वैदेशिक रोजगार