निर्णय नं. ४३२९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३२९ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४८/०७/२४ २४९४ निर्णय नं. ४३२९ ने.का.प. २०४८ अङ्क ७ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको रिट नं. ९२० आदेश भएको मिति: २०४८।७।२४।१ मा निवेदक : जि.सुर्खेत वीरेन्द्रनगर न.पं. वडा नं. ६ बस्ने टेकबहादुर खड्का विरुद्ध विपक्षी : राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालयसमेत विषय : उत्प्रेषण (१) राष्ट्रिय वाणिज्य बैंकको निर्णय र त्यस निर्णयको फलस्वरुप निवेदकलाई दिइएको भुक्तानीको काम कारवाही एउटै विषयवस्तु भएकोले हिसाब गराई पाउँ भन्ने मुद्दा भन्दा उक्त निर्णयको पृथक अस्तित्व छ भन्न नसकिने । (प्रकरण नं. १०) (२) जिल्ला अदालतमा विचाराधिन मुद्दामा असर पर्ने गरी प्रस्तुत रिटनिवेदनमा असाधारण अधिकार क्षेत्र प्रयोग गरी निर्णय गर्न नमिल्ने । (प्रकरण नं. १०) रिट, निवेदकतर्फबाट : विद्वान अधिवक्ता शिवराज अधिकारी विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणी राजसिंह मल्ल आदेश न्या.केदारनाथ उपाध्याय १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । (साविक पेज नं. ३७५) २. मैले विपक्षी सुर्खेत शाखासंग मिति २०२३।३।१७ मा भएको शर्तनामा बमोजिम खजान्ची पदमा नोकरी शुरु गरी विभिन्न शाखा कार्यालयहरुमा सरुवा भई कामकाज गरी आएको विपक्षी सुपरीवेक्षण कार्यालयमा कार्यरत हुँदा विपक्षी केन्द्रीय कार्यालय, प्रशासन तथा कर्मचारी विभागको मिति २०४४।७।१० को पत्रानुसार मेरो सेवा आवश्यक नभएको भनी मिति २०४४।७।९ को निर्णयानुसार मिति ०४४।७।१८ देखि अवकाश दिएकोमा मेरो यस अदालतमा रिटनिवेदन परी कारवाही हुँदा मलाई करार सेवाको कर्मचारी मान्न नमिल्ने मेरो हकमा पनि राष्ट्रिय वाणिज्य बैंक कर्मचारी (सेवा शर्त) नियमावली, २०४३ नै लागू हुने र मलाई कानुनी व्यवस्थाको परिधिभित्र रही अवकाश दिइएको देखिँदा रिटनिवेदन खारेज हुने ठहर्छ भनी यस अदालतबाट २०४५।८।५ मा मेरो रिटनिवेदन खारेज भएको थियो । त्यसपछि मैले पाउनु पर्ने निवृत्तिभरण, संचय कोष, सुन, चाँदी ग्यारेण्टी कमिशन, खजान्ची जमानत र बिदाको रकम समेत भुक्तानी पाउँ भनी मिति २०४६।२।३ मा विपक्षी केन्द्रीय कार्यालय समक्ष निवेदन गरेकोमा विपक्षी केन्द्रीय कार्यालय कर्मचारी प्रशासन विभागको मिति २०४६।६।१५ को बोधार्थ पत्रानुसार विपक्षी सुपरिवेक्षण कार्यालयले मैले पाउनु पर्ने मिति २०४४।७।१९ देखि मिति २०५१।७।१८ सम्म मासिक रु. ५६२।१८ दरले ७ वर्षको एकमुष्ट निवृत्तिभरण रु. ४७,२२३।१२, संचय कोष रु. ३७,९२४।३४, सुन जाँदी ग्यारेण्टी कमिशन रु. ३,३१९।७३, खजान्ची जमानत रु. ३,२७१।४२, औषधी उपचार खर्च रु. ।९२ समेत जम्मा रु. ९३,५३९।४३ पाउनु पर्नेमा र त्यस मध्ये घर सापटी कर्जा साँवा रु. १९, ८३०।– र सो को ब्याज रु. ६,३११।०९ र ५% थप ब्याज रु. ३,६१०।१५, विभिन्न सुन जाँदी कुधातु तथा असूल उपर हुन नसकेको भनिएको रकम रु. १२,९९४।०७ भ्रमण भत्ताको अस्वीकृत रु. ४,१७०।२०, तलब पेश्की रु. ४००।७९, असाधारण बिदा अवधिको तलब भत्ता रु. ६८९।३१, क.सं. कोषको बढी रकम रु. ५५।८६ कट्टा हुनु पर्ने सण्डी डेटर्स विविध रु. ८२।२३ समेत गरी जम्मा रु. ४८,१४३।८० कट्टा गरी बाँकी रु. ४५,३९।७३ मात्र विपक्षी नेपालगंज शाखा मार्फत मिति २०४६।६।२० मा मलाई भुक्तानी दियो । सो हरहिसाब र भुक्तानी रकम चित्त नबुझी विपक्षी सुपरिवे