निर्णय नं. १००१९ - जबरजस्ती करणी र अप्राकृतिक मैथुन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००१९ - जबरजस्ती करणी र अप्राकृतिक मैथुन भाग: ६० साल: २०७५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७४/११/०६ ६८६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७४।११।६ ०७२-CR-१८९३ मुद्दाः- जबरजस्ती करणी र अप्राकृतिक मैथुन पुनरावेदक / प्रतिवादी : पर्वत जिल्ला तिलाहार गा.वि.स. वडा नं.८ घर भई हाल जिल्ला कारागार कार्यालय, कुश्मामा थुनामा रहेको बमबहादुर खत्री विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित जिल्ला ४४ को कुश्मा (घ), कुश्मा (ङ) र कुश्मा (च) को जाहेरीले नेपाल सरकार सामान्यत: महिला र पुरूषबीच स्वभाविकरूपमा हुने यौन एवं मैथुनको क्रियालाई प्राकृतिक मैथुन मानिने र प्राकृतिक तवरमा गरिने स्वभाविक मैथुनको क्रियाबाहेक अन्य अस्वभाविक एवं अप्राकृतिक तरिकाबाट हुने विभिन्न प्रकारका यौनजन्य क्रियाकलाप र मैथुनलाई अप्राकृतिक मैथुन भनी बुझ्नुपर्ने हुन्छ । यो क्रियामा पुरूषको लिङ्ग महिला एवं स्त्रीको योनिमा प्रवेश गराउने क्रियादेखि बाहेक अन्य क्रियाकलापहरू जस्तै पुरूषको लिङ्ग खेलाउन लगाउने, लिङ्ग चुसाउने, लिङ्गलाई योनिबाहेक गुद्द्वार एवं मुखमा हाल्ने, निकाल्ने क्रिया गर्ने, लिङ्गलाई स्तन, मुख एवं गुद्द्वारको वरिपरि दल्ने, नाबालिका केटीहरूको स्तन समाउने, यौनाङ्ग मुसार्ने, स्त्री यौनाङ्गमा औंला छिराउने आदि जस्ता क्रिया पर्ने । एकै पटकको क्रियामा पीडितको योनि र गुदद्वारलगायत शरीरका अन्य भागमा लिङ्ग दलदाल एवं घर्षण गर्नुको अतिरिक्त लिङ्गसँग सम्बन्धित उपर्युक्त प्रकृतिका अन्य अप्राकृतिक किसिमका क्रियाकलापहरू गरेको अवस्था नै अप्राकृतिक मैथुनको कसुर गरेको मानिन जाने । (प्रकरण नं.६) पुरूष वा महिला नाबालक भनी उल्लेख नगरेबाट दुवै लिङ्गका नाबालकलाई बुझ्नुपर्ने र यस्ता नाबालकउपर गरेको अस्वभाविक यौन क्रियाकलापलाई अप्राकृतिक मैथुनको दर्जामा राखेको पाइने । (प्रकरण नं.९) पुनरावेदक / प्रतिवादीका तर्फबाट : वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- मा. जिल्ला न्यायाधीश श्री मोहनराज भट्टराई पर्वत जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री भीमबहादुर बोहरा माननीय न्यायाधीश श्री लोहितचन्द्र शाह पुनरावेदन अदालत, बागलुङ फैसला न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- हाम्रा नाबालिका नातिनी, भतिजी, बहिनी परिवर्तित नाम थर कुश्मा (छ), कुश्मा (ज), कुश्मा (झ) समेत श्री ज्ञानेन्द्र प्रा.वि.मा अध्ययन गर्ने गरेकामा उक्त विद्यालयका शिक्षक प्रतिवादी बमबहादुर खत्री क्षेत्रीले विगतदेखि पटकपटक डर‚ धाक‚ धम्की दिई विद्यालयको लाइब्रेरी कोठामा पालैपालो लगी आफ्नो लिङ्ग समाई खेलाई दिने, मुखमा राखी चुस्न लगाउने र नाबालिकाहरूको शरीर, योनिमा समेत घर्षण गराई वीर्य स्खलन गराउने गरेका तथा मिति २०७२।२।२१ को विद्यालय समयमा पनि निज प्रतिवादीले पीडित नाबालिकाहरू माथि सोही किसिमको दुर्व्यवहार गरेको भन्ने कुरा पीडितहरूले बताई थाहा भएको हुँदा प्रतिवादीलाई मु.ऐ. जबरजस्ती करणी महलको १ नं. तथा ९ नं (क) बमोजिमको कसुरमा सोही महलबमोजिम हदैसम्मको कारबाही गरी पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको मिति २०७२।२।२५ को परिवर्तित