निर्णय नं. १००२२ - गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००२२ - गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भाग: ६० साल: २०७५ महिना: असोज अंक: ६ फैसला मिति :२०७३/०९/१४ ४७९३ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७३।९।१४ ०७१-NF-०००२ मुद्दाः गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पुनरावेदक / प्रतिवादी : सप्तरी जिल्ला, धरमपुर गा.वि.स. वडा नं.६ बस्ने जयप्रकाश प्रसाद गुप्ता विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत चेतनाथ घिमिरेको प्रतिवेदनले नेपाल सरकार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पुनरावेदन पत्र दर्ता शाखामा बुझाइसकेपछि दर्ताको प्रक्रियामा गइसकेको मान्नुपर्ने हुन्छ । यस अदालतको पुनरावेदन दर्ता शाखामा वादी पक्षले पुनरावेदन पत्र बुझाई भरपाई लिएको र यस अदालतको पुनरावेदन दर्ता शाखाबाट अदालतको दर्ता दायरीमा रीतपूर्वक दर्ता नभएकै कारणले हदम्यादभित्र पुनरावेदन पर्न नआएको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.४) अदालतमा दाखिल भई अदालतले आफ्नो नियन्त्रण (Custody) मा लिइसकेको लिखत पुनरावेदन शाखामा पछि दर्ता हुन गएको मितिलाई हदम्यादको गणना गर्न मिल्ने होइन । अदालतको कार्यबोझ, बिदा पर्न गएको अवस्था तथा मानवीय भुलको कारणबाट पनि अदालतमा दाखिल भइसकेको लिखत स्रेस्तामा रीतपूर्वक समयमा दर्ता गर्न कठिनाई हुन जाने अवस्थालाई परिकल्पना गरेर उक्त मुलुकी ऐन, अ.बं. १८ नं. को कानूनी व्यवस्था भएको देखिन्छ । अन्यथा अदालतमा लाभ माग्न आउने व्यक्तिको कुनै गल्ती नभएको स्थितिमा पनि अड्डाको भुलको कारण न्याय प्राप्त गर्ने हकमा कुठाराघात पर्न जाने हुन्छ । त्यसैले अड्डाको भुलको कारणले कसैको हक अधिकारमा असर पर्न जाने अवस्था हुन नहुने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, बद्रीबहादुर कार्की, रामकृष्ण निराला, सतिशकृण खरेल तथा विद्वान्‌ अधिवक्ता श्री परशुराम कोइराला, सुरेन्द्रकुमार महतो प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री राजनप्रसाद भट्टराई तथा विद्वान्‌ उपन्यायाधिवक्ता श्री पुण्यप्रसाद पाठक अवलम्बित नजिर : नेकाप २०६२, अंक ३, नि.नं.७५०६ नेकाप २०६४, अंक ९, नि.नं.७८७७ सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०४८ विशेष अदालत ऐन, २०५९ सुरू फैसला गर्नेः अध्यक्ष श्री भूपध्वज अधिकारी सदस्य श्री कोमलनाथ शर्मा सदस्य श्री चोलेन्द्र शमशेर ज.ब.रा. यस अदालतको संयुक्त इजलासबाट फैसला गर्नेः माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री तर्कराज भट्ट फैसला न्या.दीपककुमार कार्की : यसमा यस अदालतबाट मिति २०६८/११/०९ मा भएको फैसलाउपर मुद्दा पुनरावलोकन गरी हेरिपाउँ भनी पर्न आएको निवेदन मिति २०७१/०६/०८ मा इजलाससमक्ष पेस हुँदा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६(१) बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । पूर्व मन्त्री जयप्रकाश प्रसाद गुप्ताले आफ्नो हैसियतभन्दा बढी सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेको र मन्त्री पदको आडमा गैरकानूनी कार्य गरी भ्रष्टाचार गरेको भन्ने बेहोराको उजुरी दर्ता नं.२२५२ मिति २०५९।५।२४ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पर्न आएको उजुरी । आयोगमा पेस भएको व्यक्तिगत विवरण मैले पेस गरेको हो । म