निर्णय नं. १००२८ - अपहरण, कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००२८ - अपहरण, कर्तव्य ज्यान भाग: ६० साल: २०७५ महिना: असोज अंक: ६ फैसला मिति :२०७४/०३/२१ ५८२० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७४।३।२१ मुद्दाः अपहरण, कर्तव्य ज्यान ०७१-CR-०५४५ पुनरावेदक / प्रतिवादी : जिल्ला बाँके, नेपालगञ्ज नगरपालिका वडा नं.५ घर भई हाल कारागार कार्यालय नेपालगञ्जमा थुनामा रहेको सोनु हलवाई विरूद्ध प्रत्यर्थी / वादी : अजय श्रेष्ठको जाहेरीले नेपाल सरकार ०७१-CR-०६२४ पुनरावेदक / वादी : जिल्ला बाँके नेपालगञ्ज नगरपालिका वडा नं.१६ बस्ने अजय श्रेष्ठको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला बाँके, नेपालगञ्ज नगरपालिका वडा नं.१४ बस्ने अनमोल अग्रवालसमेत मृतकलाई मिति २०६७।५।३ गते षड्यन्त्रपूर्ण ढंगबाट छलकपट, झुक्यानमा पारी नेपालगञ्ज स्थित निजको घरबाट व्यापार गर्ने बहानामा नेपालको सीमा कटाई भारतको रूपैडिया हुँदै लखनउ लगी हत्या गरेबाट अपहरण तथा शरीर बन्धक लिनेको महलको १ नं. को कसुर नेपालमा नै भएको र सोही महलको ११ नं. ले नेपालबाहिर लैजाने कार्य गरेमा नेपालभित्रै कसुर गरेसरह मानी सजाय गर्न मिल्नेसमेत देखिने । प्रतिवादीबाट अपहरण गर्ने, सम्पत्ति लिने, खाने, मास्ने र हत्या गर्नेसमेतका जुन कसुर भएको भनी अभियोग पत्र पेस भएको छ सो एउटै कारोबार (Single transaction) को शृङ्खला हुँदा यहाँ भारतमा लास फेला परेको भन्ने मात्र कारणले नेपालमा मुद्दा नचल्ने भन्न मिल्ने देखिँदैन । त्यसो भन्ने हो भने कसैलाई नेपालमा नै अपहरण गरी हत्या गरेमा मुद्दा चल्न सक्ने तर विदेश लगी हत्या गरेमा मुद्दा नचल्ने एउटा विसङ्गतिपूर्ण निर्णय निष्कर्षमा हामी पुग्छौं, जुन कानून, न्याय र न्यायका मान्यता प्राप्त सिद्धान्तसमेत अनुकूल हुने नदेखिने । (प्रकरण नं.४) प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री श्याम लाल र श्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’ वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री यामबहादुर बानिया अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा. जिल्ला न्या. श्री कृष्णकमल अधिकारी बाँके जिल्ला, अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री माधवप्रसाद पोखरेल माननीय न्यायाधीश श्री दिनेशप्रसाद यादव पुनरावेदन अदालत, नेपालगञ्ज फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन,२०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः– मिति २०६७/५/३ को बिहान ९:३० बजेको समयमा मेरो श्रीमती नर्मदा श्रेष्ठ (निर्मला श्रेष्ठ)ले नगद गरगहना गरी जम्मा रू.२,०२,०००।– बराबरको धन सम्पत्ति लगी बेपत्ता भएकीले खोजतलास गरिपाउँ भन्ने अजय श्रेष्ठको निवेदन पत्र । मेरो श्रीमती निर्मला श्रेष्ठलाई मिति २०६७/५/३ मा घरमा जाँदा नदेखेपछि खोजतलास गर्दासमेत कहीँकतै फेला नपरेको र म जाहेरवालाको पत्नीले प्रयोग गर्ने गरेको मोबाइल नं. ९७२८१५४२००, ९८४८०४२५२६, ९८०४५४७६४२ नम्बरहरूमा अनमोल अग्रवालले प्रयोग गर्ने गरेको फोन नं.९८४८०७३४२७ नम्बरबाट लामो समयसम्म फोन आउने गरेकोले निज श्रीमतीलाई नेपालगञ्ज नगरपालिका वडा नं.१४ मा बस्ने अनमोल अग्रवाल, अक्रम हल्वाईसमेतको मिलोमतोमा र योजनामा अन्यायी सोनु हलुवाईले मेरो श्रीमतीलाई विभिन्न प्रलोभन दिई, छलकपट गरी, झुक्यानमा पारी मिति २०६७/५/७ का राति १०:०० बजेको समयमा नमालुमको व्