निर्णय नं. १००२९ - मोही दर्ता नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००२९ - मोही दर्ता नामसारी भाग: ६० साल: २०७५ महिना: असोज अंक: ६ फैसला मिति :२०७५/०३/१९ ३६७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७५।३।१९ ०७२-CI-१८९४ मुद्दाः मोही दर्ता नामसारी पुनरावेदक / वादी : जिल्ला सप्तरी, पटेर्वा गाउँ विकास समिति, वडा नं. ७ बस्ने रामप्रसाद चौधरी विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला सप्तरी, पर्टेवा गाउँ विकास समिति, वडा नं. ६ बस्ने नथुनीप्रसाद यादव मोहीको हक जग्गा कमाउने व्यक्तिले कानूनले तोकेको सर्तहरू पालन गरी पूरा गरेको अवस्थामा मात्र प्राप्त हुने हक हो । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ अनुसार मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्नी, छोरा, बाबु, धर्मपुत्र आदिमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने कानूनी व्यवस्था भएकोले वादीको पिताको मोही हक कायम भइसकेको अवस्थामा जग्गाधनीले पत्याएमा निजको नाममा नामसारी हुने हो । निजका बाबुले नै मोही हक दाबी गरी हक प्राप्त नगरेको मोही हक स्वर्गीय पिताको नाममा कायम गराई आफ्ना नाममा नामसारी गराइ पाउँ भनी भन्नलाई भूमिसम्बन्धी ऐन, २०२१ ले वादीलाई त्यस्तो हक प्रदान गरेको नदेखिने । वादीका बाबुले नै आफ्नो नाममा मोहियानी हक कायम नगराएको अवस्थामा बाबुको मृत्युपछि मृतक व्यक्तिलाई मोही कायम गरी वादीका नाउँमा नामसारी गरी मोही दर्ता गरी दिने अवस्था देखिन नआउने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सनद देवकोटा प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : स.अ.बुलेटिन २०६९, पूर्णाङ्क ४८२, साउन १६-३२ सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ सुरू तहमा निर्णय गर्ने : भूमि सुधार अधिकारी श्री पुष्करकुमार थापा भूमिसुधार कार्यालय, सप्तरी पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री मु. साबिक हुसैन माननीय न्यायाधीश श्री बालकृष्ण उप्रेती पुनरावेदन अदालत, राजविराज फैसला न्या.केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) र (ख) बमोजिम वादीको मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन परी उक्त निवेदनमा निस्सा प्रदान भएको र पुनरावेदन दायरीमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- साबिक जग्गाधनी गनपैत सिंह नाउँको नरसिंहदेखि दक्षिण पैन सो पश्चिम नरसिंह दास गडेरीदेखि पूर्व गणेशसिंहदेखि उत्तर चार किल्लाभित्रको ०-७-० जग्गाको मेरो स्व. पिता सवुरलाल चौधरीले १ नं. फारम भरी २ नं. अनुसूची प्रकाशित भई सो २ नं. अनुसूचीमाथि जग्गाधनीले नियम ७ बमोजिम उजुर नगरीको सर्भे नापी हुँदा गाउँ विकास समिति, पटेर्वा वडा नं. ७ (ख) को कि.नं. १३८ को ०-१०-११/४ कायम भएको उक्त २ नं. भित्रको नरघटी सो जग्गा जोत आवाद गरी कुतबाली बुझाई आइरहेकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(२) बमोजिम मोही दर्ता गरी सोही ऐनको दफा २६(१) बमोजिम मोही नामसारी गरी मोही प्रमाणपत्र पाउँ भन्ने मिति २०६६।११।१६ को फिरादपत्र रहेको र मुद्दा चल्दाचल्दैको अवस्थामा उल्लिखित कित्ता जग्गा यिनै विपक्षी नथुनीप्रसाद यादवको नाउँमा कायम हुन आएको हुँदा निजलाई बुझी कानूनबमोजिम कारबाही गरिपाउँ भनी वादीको मिति २०६७।६।११ को निवेदनपत्र । मेरो नाउँ दर्ताको जिल्ला सप्तरी, पटेर्वा गाउँ विकास समिति, वडा नं. ७(ख) को कि.नं. १३८ को ०-१०-१५१/२ जग्गा र.नं. ३००९ मिति