निर्णय नं. १००३२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००३२ - उत्प्रेषण भाग: ६० साल: २०७५ महिना: असोज अंक: ६ फैसला मिति :२०७४/०९/०२ ३३४९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा आदेश मिति : २०७४।९।२ ०६६-WO-००७० मुद्दाः- उत्प्रेषण निवेदक : बाँके जिल्ला, नेपालगञ्ज न.पा. वडा नं. ३ मा कार्यालय रहेको कृष्‍णा इन्टरनेशनल, बाँकेका प्रो. ऐ. ऐ. बस्ने सपना अग्रवाल विरूद्ध विपक्षी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ११ थापाथलीमा कार्यालय रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालसमेत व्यवसाय गर्ने हक स्वतन्त्रताको प्रचलनको नामबाट यस्तो अत्यावश्यक सेवा दिने निकायबाट हुने औषधी एवं ‍औषधोपचारसम्बन्धी यन्त्र उपकरण इत्यादिजस्ता सामग्रीमा सार्वजनिक खरिद ऐनका विभिन्‍न प्रावधान तथा कार्यविधि देखाई खरिद प्रक्रिया प्रभावित गर्ने जस्ता परिपाटी वास्तवमै जनहितमा नहुने । सार्वजनिक खरिद ऐन नियम तथा अन्य प्रचलित कानूनको कार्यविधि आदिको नाम मुद्दा मामिला परी नागरिकहरूले स्वास्थ्य सेवामा सरल तथा सहज पहुँच पाउन सक्ने अधिकारबाट वञ्‍चित हुनु परेमा बोलपत्रका केही प्रतिस्पर्धीको स्वार्थपूर्ति हुने भएपनि बृहत्तर जनताको हितमा नहुने हुँदा सानातिना विवादमा अदालतले हस्तक्षेप गरिहाल्नु पनि हुँदैन । यसको अर्थ अदालतले सबै कार्यविधिगत त्रुटि वा अपारदर्शी रूपमा गरिएका एवं खरिद प्रक्रियामा अपनाइएका पूर्वाग्रहयुक्त कारबाही र असमान व्यवहारमा सदैव मौन रहनुपर्ने वा पन्छिएर बस्नुपर्छ भन्‍ने पनि होइन । खरिद गर्ने सार्वजनिक निकाय आफैँ पनि विना कुनै पूर्वाग्रह र उत्तरदायी प्रकृतिबाट प्रस्तुत हुन सकेन भने खरिद प्रक्रिया स्वच्छ, पारदर्शी एवं प्रभावकारी बन्‍न नसक्ने । (प्रकरण नं.३) खरिद कार्य सम्पन्‍न भइसकेको अवस्थामा निवेदनको औचित्य नहुने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री पदमबहादुर गिरी र श्री सरोज गिरी अवलम्बित नजिर : सम्बद्ध कानून : सार्वजनिक खरिद ऐन, २०६३ आदेश न्या.अनिलकुमार सिन्हा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम दर्ता भई नियमानुसार पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्‍य र आदेश यसप्रकार छ:- म निवेदिका विभिन्‍न वस्तुहरूको खुद्रा एवं औषधीको थोक व्यापार गर्ने, सर्जिकल, मेडिकल, डिस्पोजल, हस्पिटल उपकरणलगायतका वस्तुहरूको खुद्रा तथा थोक व्यापार गर्ने उद्देश्यले जिल्ला बाँके वाणिज्य कार्यालय, नेपालगञ्जमा प्रा.फ.नं. १२३४४/०६०/०६१ दर्ता रहेको कृष्णा इन्टरनेशनल नामको प्रा.फ.सञ्चालन गरी आएको छु । उक्त फर्ममार्फत विभिन्‍न अस्पतालहरूलाई आवश्यक हस्पिटल उपकरण एवं औषधीहरू बिक्री वितरण गर्दै आएको छु । विपक्षी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले मिति २०६६।१।८ गतेका दिन गोरखापत्र दैनिक पत्रिकामा प्रथम पटक प्रकाशित गोप्य बोलपत्रमार्फत ७१ थान औषधीको गोप्य बोलपत्र आह्वान गरिएकोमा सोबमोजिम विभिन्‍न प्रकारका औषधी तथा उपकरणहरू बिक्री गर्ने उद्देश्यले म निवेदिकाको फर्म कृष्णा इन्टरनेशनलको तर्फबाट पनि मागबमोजिमकै सम्पूर्ण प्रक्रिया पुर्‍याई औषधीहरूको गोप्य सिलबन्दी बोलपत्र भरी उक्त कार्यालयमा पेस गरेको थिएँ । उक्त कार्यालयबाट ११ प्रकारका आइटमलाई मात्र बोलपत्र स्वीकार गरेको र अन्य आइटमका सम्बन्धमा कुनै जानकारीसमेत नगराएको साथै म निवेदिकाले भरेको बोलपत्रलाई विपक्षीले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ विपरीत