निर्णय नं. १००३४ - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००३४ - लिखत बदर भाग: ६० साल: २०७५ महिना: असोज अंक: ६ फैसला मिति :२०७४/०२/०८ ४९६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्‍ठ माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७४।२।८ ०६७-CI-०७३४ मुद्दाः लिखत बदर ०६७-CI-०७३४ पुनरावेदक / वादी : पाल्पा जिल्ला रामपुर गा.वि.स. वडा नं. ३ हाल वडा नं. ४ राङ्गभाङ्ग बस्ने वर्ष ७ को मदन दरै, वर्ष ५ को सुमन दरै र वर्ष १२ की मनिषा दरैसमेत जना ३ को हकमा संरक्षक भई निज नाबालकहरूकी आमा ऐ.ऐ. बस्ने धनमाया दरै विरूद्ध प्रत्यर्थी / प्रतिवादी : पाल्पा जिल्ला रामपुर गा.वि.स. वडा नं.४ राङ्गभाङ्ग बस्ने डिलबहादुर दरैसमेत ०६७-CI-०९६८ पुनरावेदक / प्रतिवादी : पाल्पा जिल्ला रामपुर गा.वि.स. वडा नं.४ राङ्गभाङ्ग बस्ने शिवराज डोटेल विरूद्ध प्रत्यर्थी / वादी : मदन, सुमन र मनिषा दरै जना ३ नाबालक र आफ्ना हकमा समेत ऐ.ऐ. बस्ने धनमाया दरै मूल्यको आधारमा सम्पत्तिको मूल्याङ्कन हुने हो । जग्गाको क्षेत्रफल ज्यादा हुने बित्तिकै वा आधाभन्दा बढी हुने बित्तिकै सम्पत्ति आधा हुने होइन । सम्पत्तिको मूल्याङ्कन क्षेत्रफलको आधारमा नभई खरिद बिक्री हुने मूल्यमा गर्नुपर्ने हुन्छ । सम्पत्तिको अर्थ नै मूल्य हो । मूल्यको आधारमा हेर्दा आधाभन्दा बढी मूल्यको जग्गा बिक्री गरेको देखिएको अवस्थामा केबल क्षेत्रफललाई मात्र आधार लिई आधाभन्दा कम जग्गा बिक्री भएको भनी व्याख्या गर्नु न्यायसम्मत देखिन नआउने । अचल सम्पत्तिमा आधीभन्दा बढी सम्पत्तिको व्याख्या केवल जग्गाको क्षेत्रफललाई मात्र आधार मानेमा बाटो मोहडातर्फ कित्ताकाट गरी दिएको जग्गाको मूल्य र पछाडिको बाटो मोहडा नभएको भित्री जग्गाको मूल्यमा धेरै फरक हुने हुँदा जग्गाको बिक्री कुन तर्फबाट कित्ताकाट भएको हो सोसमेत अंशबन्डाको १९(१) नं. को व्याख्या गर्दा ध्यान दिनुपर्ने । (प्रकरण नं.४) प्रतिवादीका तर्फबाट : वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री केदार गौतम अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अंशबन्डाको महलको १९ नं. सुरू तहमा फैसला गर्नेः मा.न्या. श्री हरिप्रसाद बगाले पाल्पा जिल्ला, अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय मुख्य न्यायाधीश श्री तर्कराज भट्ट माननीय न्यायाधीश श्री बलराम विष्‍ट पुनरावेदन अदालत, बुटवल, रूपन्देही फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड विपक्षी डिलबहादुर म धनमायाको श्रीमान् हुनुहुन्छ । निज र मबाट ३ छोराछोरीको जन्म भएको छ र हाल म ९ महिनाकी गर्भवतीसमेत छु । सानो छोरा जन्मिएपछि श्रीमान्‌ले मसँग अनाहकमा निहुँ खोज्ने, गाली गलौज गर्ने र हेला गर्न थाल्नुभयो । यसै क्रममा हामीलाई कुनै जानकारी नदिई मिति २०६४।९।१ गते विपक्षी डीलबहादुरले अर्का विपक्षी शिवराजलाई पाल्पा रामपुर-४ को कि.नं.१२६२ को १-०-०-० मध्ये उत्तरतर्फ मोहडाको ०-४-०-० जग्गाको हाल कि.नं. २२८५ कायम गरी रू.२,००,०००।- मा राजीनामा रजिस्ट्रेसन गराएको बेहोरा मिति २०६४।९।२२ मा उक्त राजीनामाको नक्‍कल लिएपछि थाहा भयो । यसरी छोराछोरीको संरक्षक आमा मलाई एक आखरसम्म नसोधी बाटोको मोहडाको मूल्यवान घडेरी जग्गा बिक्री गरी मूल्य नै नपर्ने भित्री पखेरो जग्गा मात्र बाँकी राखेकोले अन्यायमा परी अदालतको शरणमा आएकी छु । अत: हाल कायम कि.नं. २२८५ को ०-४-०-० मध्ये ३ छोराछोरी र मेरो