निर्णय नं. १००३५ - अंश दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००३५ - अंश दर्ता भाग: ६० साल: २०७५ महिना: असोज अंक: ६ फैसला मिति :२०७५/०३/१८ ६९२३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७५।३।१८ मुद्दाः- अंश दर्ता ०६६-CI-११५१ पुनरावेदक / प्रतिवादी : उदयपुर जिल्ला, त्रियुगा न.पा. वडा नं.१ बस्ने प्रेमप्रसाद तिम्सिनासमेत विरूद्ध प्रत्यर्थी / वादी : उदयपुर जिल्ला, त्रियुगा न.पा. वडा नं.१७ बस्ने रामानन्द तिम्सिना ०६६-CI-११५२ पुनरावेदक / प्रतिवादी : उदयपुर जिल्ला, त्रियुगा न.पा. वडा नं.१ र १७ दोघर गरी बस्ने मैनादेवी तिम्सिना विरूद्ध प्रत्यर्थी / वादी : उदयपुर जिल्ला, त्रियुगा न.पा. वडा नं.१७ बस्ने रामानन्द तिम्सिना ०६७-CI-१०६८ पुनरावेदक / प्रतिवादी : उदयपुर जिल्ला, त्रियुगा न.पा. वडा नं.१ बस्ने डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिना विरूद्ध प्रत्यर्थी / वादी : डिल्लीप्रसादको छोरा ऐ.ऐ. बस्ने रामानन्द तिम्सिनासमेत अंशबन्डा वा मानो छुट्टिएको लिखत कानूनबमोजिम रजिस्ट्रेसन नभएको अवस्थामा विधिवत् अंशबन्डा भएको वा मानो छुट्टिएको भनी मान्न नमिल्ने । (प्रकरण नं.३) मानो छुट्टिएको लिखतले मान्यता प्राप्त गर्न अनिवार्यरूपमा रजिस्ट्रेसनको महलको १ नं. अनुसार पारित भएको हुनुपर्दछ । व्यवहार प्रमाणबाट कार्यान्वयन नै हुन नसकेको, अस्तित्वमा नै नआएको घरसारमा भएको भनिएको अंशबन्डाको लिखतका आधारमा मानो छुट्टिएको मिति कायम गर्न नमिल्ने । (प्रकरण नं.४) स्वआर्जन गरेको भन्ने कुरा सो सम्बन्धमा जिकिर लिने पक्षले नै प्रमाणित गर्नु पर्दछ । त्यसरी अन्यथा प्रमाणित गरिएको अवस्थामा बाहेक एकाघर सगोलमा रहँदा आर्जन गरेको जुनसुकै अंशियारका नाउँमा दर्ता रहेको भए पनि सबै अंशियारको बराबर हक लाग्ने सम्पत्ति हो भनी अदालतले अनुमान गर्नुपर्ने । कसैको निजी आर्जनको सम्पत्तिलाई पैतृक (अंशबन्डा लाग्ने) सम्पत्तिमा मिसाइयो (Blended in Common Stock) भने त्यस्तो सम्पत्तिले समेत पैतृक सम्पत्ति अर्थात् सबै अंशियारको हक लाग्ने साझा सम्पत्तिको स्वरूप धारण गर्दछ । यो अंशसम्बन्धी विधिशास्त्रीय मान्यता हो । त्यसैले कुनै निजी आर्जनको सम्पत्ति बन्डा नलाग्ने मानिनका लागि त्यस्तो सम्पत्तिमा अन्य अंशियारहरूको समेत साझा हक लाग्ने पैतृक सम्पत्ति मिसाइएको (Blended) हुन नहुने । (प्रकरण नं.५) पारित लिखतमा “बकसपत्र” भन्ने शब्द प्रयोग गरिएको छ भन्दैमा एकासगोलका अंशियारका नाउँमा रहेको सम्पत्तिलाई निजी आर्जनको, बन्डा नलाग्ने सम्पत्ति भन्न हुँदैन । बकसपत्र दिनुको प्रयोजन पनि तार्किक रूपमा पुष्टि हुनुपर्ने । (प्रकरण नं.६) अन्य अंशियारको समेत अंश हक लाग्ने सम्पत्ति कुनै अंशियारले अर्को अंशियारलाई बकसपत्र गरी दिँदैमा त्यस्तो सम्पत्ति बन्डा नलाग्ने हुँदैन । एक अंशियारले अर्को अंशियारलाई बकसपत्रकै माध्यमबाट अन्य अंशियारहरूको समेत अंशहक लाग्ने सम्पत्ति हस्तान्तरण गरेको र त्यस्तो बकसपत्र लिखत कायम रहेको (बदर नभएको) अवस्थामा पनि सो सम्पत्ति अंशबन्डा लगाउन कानूनी बाधा नपर्ने । (प्रकरण नं.८) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, श्री कृष्ण सापकोटा र विद्वान् अधिवक्ता श्री कृष्ण थापा वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री गंगाप्रसाद पोखरेल अवलम्बित नजिर : नेकाप २०५२, अंक २, नि.नं.५०४७ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री देवराज श्रेष्ठ