निर्णय नं. १००३६ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००३६ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: असोज अंक: ६ फैसला मिति :२०७४/०१/०३ ३०७८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा आदेश मिति : २०७४।१।३ ०७०-WO-०३१५ विषयः उत्प्रेषण / परमादेश रिट निवेदक : कृष्णबहादुर श्रेष्ठको छोरा काठमाडौं जिल्ला नैकाप गा.वि.स. वडा नं. २ बस्ने वर्ष ४३ को रोशनकुमार श्रेष्ठ विरूद्ध विपक्षी : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड केन्द्रीय कार्यालय भद्रकाली प्लाजा काठमाडौंसमेत कुनै पनि संस्थाले कर्मचारीको नियुक्ति गर्दा केही उद्देश्य राखेको हुन्छ । कर्मचारीसम्बन्धी सेवा सर्तलाई कर्मचारीले पाउने र संस्थाले उपलब्ध गराउने सुविधाहरू लिपिबद्ध गरिराखेको अवस्थामा त्यस्तो सेवा सर्त प्रचलित कानूनसँग नबाझिएसम्म कर्मचारी तथा रोजगारदाता दुवैले समान रूपमा मान्नु पर्ने नै हुन्छ । कर्मचारीले सुविधाको दाबी गर्दै जाने र रोजगारदाताको लागि गर्नुपर्ने काममा लापरवाही गर्ने वा बद्नियत चिताई कुनै काम गर्ने वा तोकिएको काममा अटेर गरी बस्ने कर्मचारीलाई त्यस्तो सेवा सर्त एवं प्रचलित कानूनले पनि सुविधा दिन सक्दैन । सेवा सर्तले तोकेको पुर्वावस्थाहरू पूरा भएको अवस्थामा मात्र त्यसबमोजिमको सुविधाको माग गर्न मिल्ने । नयाँनयाँ कारण देखाई बिदा माग गर्ने, विना पूर्व सूचना अनुपस्थित हुने र कारबाही भएको निर्णयउपर रिट दर्ता गर्ने कार्यमा सफा हातसमेत देखिँदैन । यसर्थ ९० दिनभन्दा बढी बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित हुने कर्मचारीलाई भविष्यमा कम्पनीको सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गरी भएको निर्णय कानूनविपरीत भन्न मिल्ने देखिन नआउने । (प्रकरण नं.८) रिट निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बद्रीबहादुर कार्की र विद्वान् अधिवक्ता श्री पुष्पराम पौडेल विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री पिताम्बर भण्डारी र श्री सुरज अधिकारी अवलम्बित नजिर : सम्बद्ध कानून : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०६१ आदेश न्या. अनिलकुमार सिन्हा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार रहेको छः म निवेदक रोशनकुमार श्रेष्ठ तत्कालीन नेपाल दूरसञ्चार संस्थान हाल नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सहायक पदमा मिति २०४५।११।१० गते अस्थायी नियुक्ति भई २०५२।१०।१२ को निर्णयअनुसार सहायक स्तर ४(प्र.) पदमा स्थायी नियुक्ति पाई अनवरत रूपमा काम गर्दै आएकोमा मिति २०५९।१२।१३ को पदपूर्ति समितिको निर्णयअनुसार सहायक स्तर ५(प्र.) पदमा बढुवा भई कार्य गर्दै आएकोमा २०६७।४।२८ को निर्णयअनुसार अधिकृतस्तर ६(प्र)लेखा) सहायक लेखा अधिकृत पदमा बढुवा भई विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा अनवरत रूपमा सेवा गर्दै आएकोमा दूरसञ्चार कम्पनी लिमिटेड परासीको दरबन्दीमा रही दूरसञ्चार कम्पनी लिमिटेड पश्चिम क्षेत्रीय निर्देशनालय भैरहवा रूपन्देहीमा कार्यरत रहेको अवस्थामा मलाई घरायसी कारणबाट असाधारण बिदा चाहिएकोले मिति २०६७।९।६ देखि २०६९।९।५ सम्म असाधारण बिदा स्वीकृत गराई बिदामा बसेकोमा मेरो घरायसी काम समाप्त भइसकेकाले मिति २०६९।४।३१ को निर्णयअनुसार मिति २०६९।४।३१ गतेदेखि विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड पश्चिम क्षेत्रीय निर्देशनालय भैरहवा रूपन्देहीमा हाजिर गराई कामकाज गर्न पाउने गरी विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटे