निर्णय नं. १००३७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००३७ - कर्तव्य ज्यान भाग: ६० साल: २०७५ महिना: असोज अंक: ६ फैसला मिति :२०७५/०३/२० १०१०६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७५।३।२० ०७३-CR-०१६८ मुद्दाः- कर्तव्य ज्यान पुनरावेदक / वादी : कास्की जिल्ला, माछापुच्छ्रे गा.वि.स. वडा नं.७ बस्ने जितबहादुर परियारको जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी : कास्की जिल्ला, माछापुच्छ्रे गा.वि.स. वडा नं.७ बस्ने कुम्भसिंहको छोरा पदमबहादुर गुरूङसमेत जाहेरीलाई अभियोग प्रमाणित गर्ने एक महत्त्वपूर्ण प्रमाण मानिन्छ तर जाहेरी दरखास्तमा उल्लेख भएको बेहोरा अन्य संकलित प्रमाणबाट समर्थित भएको हुनुपर्दछ । जाहेरी दरखास्त स्वयंमा निश्चयात्मक (Conclusive) प्रमाण होइन । अभियोग लगाइएको कुनै पनि व्यक्तिका विरूद्ध प्रमाणको रूपमा ग्रहण गर्नुपूर्व जाहेरी दरखास्तको न्यायिक परीक्षण आवश्यक हुने । प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम त्यस्तो जाहेरी दिने व्यक्ति स्वयम् साक्षीका रूपमा अदालतमा उपस्थित भई आफूले जाहेरी दरखास्तमा लेखाएको कुरालाई अदालतमा बकपत्र गरी समर्थन गरेको स्थिति पनि विद्यमान हुनुपर्दछ । अन्यथा जाहेरीको बेहोराले अपराध पुष्टि गर्ने प्रामाणिक महत्त्व ग्रहण गर्न सक्ने नदेखिने । (प्रकरण नं.३) सहअभियुक्तको पोल आफैँमा सारभूत प्रमाण होइन, यो न्याय निर्क्योल गर्न एउटा थप आधार मात्र हो । यसैलाई मूल प्रमाण मानी इन्साफ गरिने पनि होइन । सहअभियुक्तको पोल स्वतन्त्र प्रमाणबाट समर्थित हुनुपर्छ तब मात्र त्यसलाई प्रमाणको रूपमा लिन सकिन्छ । त्यसरी समर्थित नभएमा प्रमाणमा लिन मिल्ने देखिँदैन । सहअभियुक्तले अपराध गर्नमा समान दायित्व कवुल गरी पोल गरेको नदेखिएको अवस्थामा सहअभियुक्तको पोल कसुर कायम गर्ने आधारभूत प्रमाणको रूपमा स्थापित हुने नदेखिने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : शाखा अधिकृत श्री नुमराज खनाल विपक्षी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री पुरूषोत्तम प्रसाद ढकाल कास्की जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री सत्यराज गुरूङ माननीय न्यायाधीश श्री द्वारिकामान जोशी पुनरावेदन अदालत पोखरा फैसला न्या.ईश्वरप्रसाद खतिवडा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- जाहेरी दरखास्त: मिति २०६१/१/२८ गते साँझ विनोद गुरूङले मेरो छोराहरूसँग मकै खन्न नआएको भनी निहुँ खोजी विनोद गुरूङसमेतका व्यक्तिहरूले छोरा रामबहादुर परियार र किसान परियारलाई हात मुक्का तथा दाउरासमेतले हानी सख्त घाइते बनाएकोमा तत्काल उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याई उपचार गराएकोमा किसान परियारको सोही चोट पीडाबाट मृत्यु भएको र रामबहादुर परियारको स्वास्थ्यमा केही सुधार आएको हुँदा विनोद गुरूङसमेतका व्यक्तिहरूउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्त । लास जाँच मुचुल्काः पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको मुर्दा घरभित्र किसान परियारको उत्तानो अवस्थामा मृतक लास रहेको, टाउकोको अगाडि काटेको घाउ, गाला सुन्निएको, नाकबाट रगत आई सुकेको, सर्ट तथा पाइन्टमा रगत लागेको भन्नेसमेत बेहोराको लास जाँच मुचुल्का । रामबहादुर परियारको कागजः मिति २०६१/१/२८ गते विनोद गुर