निर्णय नं. ४३३१ - जग्गा खिचोला हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३३१ - जग्गा खिचोला हक कायम भाग: ३३ साल: २०४८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४८/०७/१३ २३६३ निर्णय नं. ४३३१ ने.का.प. २०४८ अङ्क ७ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४४ सालको दे.पु.नं. ६२३ फैसला भएको मिति : २०४८।७।१३।४ मा पुनरावेदक/प्रतिवादी : का.न.पा. वार्ड नं. ६ बस्ने सुभद्रादेवीको मु.स.गर्ने गोविन्दभक्त प्रधान विरुद्ध प्रत्यर्थी/वादी : ऐ.वार्ड नं. ३१ पुतलीसडक डेरा गरी बस्ने शंकरमानको मु.स. गर्ने सन्तुमाया जोशी मुद्दा : जग्गा खिचोला हक कायम (१) वादीको आलाचो दर्ताको जग्गा कहाँनेर छ भनी देखाउने दायित्व प्रतिवादीको छ भन्ने हो भने प्रतिवादीको दर्ताको लंदाडोल भन्ने कित्ता विवादित भन्दा अन्त छ भनी देखाउने दायित्व वादीको हुँदैन भन्न अतार्किक हुन जाने । (प्रकरण नं. १९) (२) विवादित जग्गालाई वादीले आफ्नो दर्ताको आलाचो जग्गा हो भनी प्रमाणित हुने सबूद पेश गर्दैन तबसम्म सर्भेमा विधिवत नापी दर्ता गराई प्रमाण पुर्जा लिई (साविक पेज नं. ३८२) सकेको प्रतिवादीको दर्ता बदर गरी वादीको कायम गर्नु न्यायसंगत नहुने । (प्रकरण नं. २०) पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल फैसला न्या.गोविन्दबहादुर श्रेष्ठ १. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. मेरा दाजु आशाराम २०२३ सालमा र भाउजू पञ्चमाया २०२५ सालमा परलोक भएको निजहरुको अन्य सन्तानहरु कोही नभई सबैभन्दा नजिकको हकवाला म भई अपुतालीबाट दाजु भाउजूको सम्पत्तिमा मेरो हक लाग्ने निर्विवाद छ । साविकमा जिल्ला ज्यावहाल १०४।९१ नं. लगतमा मेरा दाजु आशारामका नाउँमा दर्ता रहेको आलाचो समेत जग्गाको तिरो भरो दाजुले गरी आएको प्रमाणित छ । दाजु आशारामबाट उक्त आलाचो जग्गा र अरु अरु जग्गा समेत रैकरमा परिणत गरी हा.नं. ८२२ मा मौजा स्वयम्भूबाट दर्ता रही सोही अनुसार तिरो तिरी आएकोमा स्व. दाजु आशारामले हा.नं. ८२२ को आलाचो कालीमाटीमा पर्ने कुरा समेत देखाई ७ नं. फाराम भरी कालीमाटी गा.पं. मा दिनु भएको हो । दाजु भाउजूको मृत्यु पश्चात जग्गा भोग चलन गरी आएको हुँ । कालीमाटी गा.पं. वडा नं. ९ अन्तर्गतको आलाचो भन्ने जग्गाको २०२८ सालको बाली भराई पाउँ भनी पुनमाया उपर नालेश गरेकोमा पुनमायाले २०२८ सालको बाली बुझाउन नपरोस् भन्ने हेतुले त्यसबेला जग्गाको जग्गाधनीमा विपक्षी मध्येका सुभद्रादेवीलाई देखाएको र सोही अनुसार सुभद्रादेवीले सो जग्गामा आफ्नो हक देखाई सो जग्गाको जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेको छु भन्दै काठमाडौं जिल्ला अदालतमा बयान गरिन् । सो जग्गा सुभद्रादेवीले मिति २०२९।२।२१ मा दर्ता गरेको कुरा मिति २०३९।९।१० मा गरेको बयानबाट थाहा हुन आएको हुँदा मैले दिएको बिन्तिपत्र तथा बक्स भएको हुकुम प्रमांगीबाट कारवाही चलेको अवस्थामा जग्गाको दर्ता भएबाट जग्गा मिच्नेको १८ नं. तथा जग्गा पजनीको १७ नं. को म्याद २ वर्ष भित्र दर्ता बदर तथा आफ्नो हक कायम गर्न फिराद गर्न आएको छु । तसर्थ कालिमाटी गा.पं. वार्ड नं. ९(ख) कि.नं. ९ बाट नाप भएको जग्गा पहिले १०४।९१ र त्यसपछिको ८२२ नं. मा काठमाडौं माल दोश्रामा दर्ता भएको जग्गा भई त्यस्तो जग्गा विपक्षहरुले बिना हक प्रमाणको आधारमा उपरोक्त जग्गा काठमाडौं भूमिप्रशासन कार्यालयका लगतमा दर्ता गराएको हुँदा सो दर्ता बदर गरी उपरोक्त कि.नं. ९ को जग्गा रोपनी २–१३