निर्णय नं. १००३८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००३८ - कर्तव्य ज्यान भाग: ६० साल: २०७५ महिना: असोज अंक: ६ फैसला मिति :२०७४/१२/१९ ३१५७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७४।१२।१९ मुद्दा: कर्तव्य ज्यान ०७२-CR-०५४० पुनरावेदक / प्रतिवादी : जिल्ला इलाम माइपोखरी गा.वि.स. वडा नं. ३ घर भई ऐ. वडा नं. २ पुवाखोला बजारमा बसोबास भई हाल कारागार कार्यालय इलाममा थुनामा बसेको विरेन राई विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला ताप्लेजुङ हाङदेवा गा.वि.स. वडा नं.७ बस्ने वीरबहादुर कार्कीको जाहेरीले नेपाल सरकार ०७२-CR-०९९८ पुनरावेदक / वादी : जिल्ला ताप्लेजुङ हाङदेवा गा.वि.स. वडा नं. ७ बस्ने वीरबहादुर कार्कीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला इलाम माइपोखरी गा.वि.स. वडा नं.३ घर भई ऐ. वडा नं.२ पुवाखोला बजार बस्ने जितबहादुर राईको छोरा विरेन राई भवितव्य ठहर्न, ज्यान लिने इविलाग वा मनसाय नभएको मात्र होइन प्रतिवादीले गरेको कार्यबाट पीडित मर्ला जस्तो पनि देखिनु हुँदैन । अर्थात्‌ गरेको कुनै कार्यबाट मर्ला जस्तो देखिन्छ, अर्थात्‌ गरेको कार्य र निस्केको परिणामबीच तादात्म्यता देखिन्छ र सोको जानकारी (Knowledge) भई कार्य गरेको छ भने त्यसलाई भवितव्य मान्‍न मिल्दैन । भवितव्य हो वा होइन भन्‍नेमा कारण र परिणामको के कस्तो सम्बन्ध छ सो हेरिनु पर्ने । (प्रकरण नं.९) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ताद्वय श्री गोपाल लामिछाने र श्री हरिशंकर ज्ञवाली प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री विजयकान्त मैनाली र विद्वान्‌ अधिवक्ता श्री शंकर लिम्बू अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने: मा. जिल्ला न्यायाधीश श्री प्रकाश ढुंगाना इलाम जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रमेश पोखरेल मा. न्यायाधीश श्री सहदेवप्रसाद बास्तोला पुनरावेदन अदालत, इलाम फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदनको रोहबाट पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार रहेको छः- जिल्ला इलाम इनरूवा नगरपालिका वडा नं. २ स्थित इलाम जिल्ला अस्पताल इलाममा रहेको पोस्टमार्टम घरको भित्र दक्षिण शिर र उत्तर खुट्टा दुवै हात सिधा अवस्थामा रहेको दाहिने गालामा निलडाम, निधारको दाहिनेतर्फ निलडाम, नाकको डाँडीमा निल डाम, चिउँडोमा खोस्रिएको चोट (दाग) बायाँ हातको नाडीमा खोस्रिएको दाग, दायाँ नलीखुट्टामा खोस्रिएको दाग रहेको मृतक जानुका राईको घटनास्थल लास जाँच मुचुल्का । पुवाखोला टोलस्थित पूर्वमा मोहनसिंह लिम्बूको मूल घर, पश्चिममा गोविन्द गुरूङको घर, उत्तरमा मेची राजमार्ग, दक्षिणमा मोहनसिंह लिम्बूको बारी यति चार किल्लाभित्र टिनको छाना भएको भुइँतल्लासहित दुई तला भएको मोहनसिंह लिम्बूको घरमा डेरा गरी घर भाडामा लिई बस्ने विरेन राईले आफ्नै श्रीमती जानुका राईलाई सोही डेरा कोठामा कुटपिट गरी घाइते बनाएको भनिएको घटनास्थल मुचुल्का विवरण ठिक छ । साथै सो घरको पश्चिम दक्षिणपट्टिको कोठाको फल्याक (भुइँमा) रगत जस्तो रातो पदार्थको थोपाहरू देखिएको र सानो बालकले लगाउने कपडाको सर्टमा रगत जस्तो पदार्थ लागि खाटमुनि फालिएको देखिएको साथै फल्याकमा लागेको रगतलाई काठसहित काटेर उठाएको प.चि.JR र कपडामा लागेको रगतसमेत उठाएको प.चि.JS र प्रहरीले लिई गएको भन्नेसमेत