निर्णय नं. १००४० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००४० - कर्तव्य ज्यान भाग: ६० साल: २०७५ महिना: असोज अंक: ६ फैसला मिति :२०७५/०२/२१ ५२२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७५।२।२१ ०६५-CR-००५० मुद्दाः- कर्तव्य ज्यान पुनरावेदक / वादी : मानविर इजम लिम्बूको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सुनसरी जिल्ला इटहरी न.पा. वडा नं.४ बस्ने स्व. धनप्रसाद इजम लिम्बूको श्रीमती लिला इजम लिम्बूसमेत भारतको इलाकाभित्र वारदात घटी उपचारकै क्रममा भारतमा नै मृत्यु भएको र नेपालमा ल्याई सतगतसम्म गरेको अवस्थामा नेपालमा मुद्दा चलाउने प्रयोजनका लागि भनी तयार भएका अनुसन्धानका कागज वस्तुनिष्ठ प्रमाणबाट पुष्टि नभएसम्म सोलाई प्रमाणमा लिई क्षेत्राधिकार ग्रहण गर्न न्यायोचित पनि नहुने । (प्रकरण नं.५) नेपालबाहिर भएको वारदातलाई नेपालभित्र भएको भन्ने कृत्रिम वारदात र सो आधारमा कृत्रिम नै कागजातहरू खडा गरी मुद्दा चलाएकै आधारमा मात्र त्यस्तो मुद्दाले नेपालभित्रको अदालतको अधिकारक्षेत्र ग्रहण गर्न सक्दैन । फौजदारी मुद्दामा नेपालको अदालतको अधिकारक्षेत्र सृजना हुनको लागि वारदात नेपालभित्र नै भएको तथा निर्विवाद एवं शंकारहित तबरबाट वस्तुनिष्ठ आधारमा नै पुष्टि हुन जरूरी छ, यस सम्बन्धमा रत्तिभर कुनै पनि विवाद हुन र सो देखिन नहुने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री प्रकाश कोइराला, विद्वान्‌ अधिवक्ता श्री हरिन्द्रप्रसाद राई प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, डा. श्री रजितभक्त प्रधानाङ्ग र श्री लभकुमार मैनाली अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री टेकराज नेपाल सुनसरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री विनोदप्रसाद ढुंगेल मा. न्यायाधीश श्री सुरेन्द्रवीर सिंह बस्न्यात पुनरावेदन अदालत विराटनगर फैसला न्या.तेजबहादुर के.सी.: तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- घटनास्थल जि. सुनसरी इटहरी न.पा. वडा नं ४ स्थित बुढीखोलामा रहेको राजमार्गको पक्की पुलको पश्चिम किनारामा पर्ने पूर्वमा खोला (बुढी) बगर, उत्तरमा काँचो छाला संकलन केन्द्रको गोदाम घरदेखि दक्षिण पश्चिममा पुलमुनि भित्ता साथै माथि राजमार्गमा उक्लने सिमेण्टीको सिँडी भएको दक्षिणमा खोलाको बगर यति ४ किल्लाभित्र भुइँमा बालुवा तथा माटो केही घसारिएको मानिसको झगडा परी कुस्ती खेले जस्तो देखिएको रगत भुइँमा प्रसस्त मात्रामा लागेको रगत आलो आलै देखियो, घटनास्थलमा जिन्सी सामान केही फेला नपरेको सो पुल मुनि इटहरी ४ बस्ने मरणासन्न अवस्थामा रहेको धनप्रसाद इजम लिम्बूलाई तत्काल भारत स्थित साधन सम्पन्न रहेको नर्थ बंगाल मेडिकल कलेजमा पठाइएको भन्नेसमेत बेहोराको मिति २०५४।११।१३ को घटनास्थलको विवरण प्रति मुचुल्का । मेरो एका घरको जेठो छोरा धनप्रसाद इजम लिम्बू मिति २०५४/११/१३ गते बिहानको खाना खाई इटहरी चोकमा एकछिन काम छ, भनी घरबाट निस्की हिँडेको बेलुकी ६ बजेसम्म पनि घर फर्की नआएको कारण आस पास एरियामा खोज तलास गर्दै गर्दा एक अपरिचित रिक्सावालाले राई लिम्बू जातको हेर्दा लाउरे जस्तो देखिने एउटा मानिस बुढीखोलामुनिको कस्ले धारिलो हतियारले काटी मरणासन्न अवस्थामा पारी छाडेको छ, मानिसहरूको