निर्णय नं. १००४३ - सवारी ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००४३ - सवारी ज्यान भाग: ६० साल: २०७५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७४/०८/२८ ९४३१ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टरार्इ माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७४।८।२८ ०७३-CF-०००७ मुद्दाः सवारी ज्यान पुनरावेदक / वादी : ललितपुर जिल्ला, ललितपुर उपमहानरपालिका वडा नं. ८ बस्ने भरत महर्जनको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानरपालिका वडा नं. ८ बालकुमारी बस्ने सन्नी महर्जन सामान्य अर्थमा लापरवाहीपूर्ण कार्य (Reckless Conduct) त्यस्तो कार्य हो जसले परिणामलाई बेवास्ता गर्छ । अर्थात्, आफ्नो कार्यको परिणाम यस्तो हुनसक्छ भन्ने जान्दाजान्दै पनि त्यस्तो कार्य नगर्नुपर्ने सकारात्मक दायित्वको उल्लङ्घन गर्छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) मा लापरवाहीको अतिरिक्त “जानीजानी" भन्ने शब्द प्रयोग भएको छ । यसको व्याख्या पनि लापरवाहीसँग जोडेर गर्नुपर्ने हुन्छ किनभने यहाँ "जानीजानी" को अर्थ सो कार्यले ल्याउन सक्ने परिणामको सम्भावनाबारे ज्ञान भएको भन्नेसम्म हो । यस अर्थमा दफा १६१ को उपदफा (१) मा उल्लिखित मनसायपूर्ण कार्यमा सन्निहित ज्ञानबाट उक्त उपदफा (२) मा प्रयुक्त “जानी जानी” भन्ने शब्दलार्इ छुट्याउनुपर्ने हुन्छ । ऐ. दफाको उपदफा (१) मा “ज्यान मार्ने मनसाय लिई किची, ठक्कर दिई वा दुर्घटना गराई” भन्ने शब्दावली प्रयोग भएको छ । यहाँ ज्यान मार्ने मनसाय लिर्इ किच्दा, ठक्कर दिँदा वा दुर्घटना गराउँदा ज्यान मर्न सक्छ भन्ने कुराको ज्ञान त्यस्तो दुर्घटना गराउने व्यक्तिलाई हुन्छ । अर्थात् त्यस्तो हुन्छ भन्ने “जानीजानी” उसले ती कार्यहरू गरेको हुन्छ । त्यस अर्थमा ज्ञान (Knowledge) मनसायपूर्वक गरिने ज्यानसम्बन्धी कसुरको एक तत्त्व हुन सक्छ तर लापरवाहीमा भने त्यो ज्ञान अर्थात् “जानीजानी” गरिने कार्य लापरवाहीकै अङ्ग हुने । (प्रकरण नं.४) सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) मा लापरवाही (Recklessness) भन्ने शब्द प्रयोग भएको छ भने उपदफा (३) मा जानी जानी वा लापरवाही गरी भन्ने शब्दहरू प्रयोग गरिएको छैन । बरू “कसैको ज्यान मर्न सक्ने नदेखिएको” अवस्थाबारे चित्रण गरिएको छ । तर उपदफा (३) को अवस्था पनि दोषरहित दुर्घटना (Blameless Accident or Misfortune) को अवस्था होइन । यस उपदफाअन्तर्गत हुने दुर्घटना दोषपूर्ण नै हुन्छ । ऐनले यस्तो कार्यलार्इ दोषपूर्ण मानेको कारण उक्त उपदफामा हेलचक्र्यार्इं भन्ने शब्द प्रयोग नभए तापनि यहाँ सवारी चालकको कार्यलाई हेलचक्र्याईंपूर्ण (negligent) मानिएको रहेछ भनी अर्थ गर्नुपर्ने हुन्छ । वस्तुत: कानूनले सवारी चालकलाई कुनै कर्तव्य (positive Duty) तोकेको छ र सो कर्तव्य उसले पूरा गर्दैन भने उसको कार्य हेलचक्र्याईंपूर्ण नै हुन्छ । यस्तो हेलचक्र्याईंपूर्ण कार्यको परिणामस्वरूप देवानी वा फौजदारी दायित्व सृजना हुन सक्ने । (प्रकरण नं.५) अन्य व्यक्तिको जिउमा जोखिम पार्ने हक कसैलार्इ हुँदैन । त्यसैले कसैसँग अमूक साधन चलाउने सवारी अनुमतिपत्र छैन भने त्यसको सोझो अर्थ उसँग सो सवारी साधन चलाउने आवश्यक ज्ञान र सीप छैन भन्ने नै हुन्छ । कानूनको पनि त्यही अनुमान रहन्छ । त्यसै कारणले गर्दा सवारी चलाउने अनुमतिपत्रको व्यवस्थालार्इ ऐच्छिक नबनार्इ अनिवार्य बनाइएको पाइने । (प्रकरण नं.७) सवारीसम्बन्धी कानूनको