निर्णय नं. १००४४ - मोही कायम नामसारी दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००४४ - मोही कायम नामसारी दर्ता भाग: ६० साल: २०७५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७५/०३/२४ ४६५७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७५।३।२४ ०६८-CI-०१४३ मुद्दा : मोही कायम नामसारी दर्ता पुनरावेदक / प्रतिवादी : गुठी संस्थान केन्द्रीय कार्यालय, डिल्लीबजारको तर्फबाट ऐ.का प्रशासक का.नि. जिल्ला महाँकाल गा.वि.स. वडा नं. ६ बस्ने दीपबहादुर पाण्डे विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. २१ बस्ने बलराम भन्ने विक्रमकुमार के.सी. दर्तावाला मोहीले वास्तविकरूपमै गुठी अधीनस्थ जग्गाको जोतभोग पनि गरिरहेको र साथै जोताहा मोहीले गुठी अधीनस्थको जग्गा जोत्न छाडी मोही हक दर्तावाला मोहीलाई लिखितरूपमै समर्पण गरेको अवस्थामा गुठी संस्थान ऐन, २०३३ को दफा २६ बमोजिम दर्तावाला मोहीको मोही हक स्थापित हुँदैन भनी ऐ. दफा २६ को व्यवस्थालाई शाब्दिक व्याख्याका आधारमा संकुचन गरिए वास्तविक न्यायको मर्मविपरीत हुन जाने । (प्रकरण नं.६) वस्तुतः गुठी संस्थान ऐन, २०३३ को दफा २६ ले जोतभोग गर्ने वास्तविक मोहीले मोहीयानी हक पाउने कानूनी निश्चितता प्रदान गरेको र दर्तावाला मोहीले जग्गाको जोतभोग गरेको अवस्थामा निज सो जग्गाको जोताहा मोहीमा परिणत हुन नसक्ने भनी स्पष्टरूपमा रोक नलगाएको स्थितिमा जग्गामा जसको जोतभोग प्रमाणित भइरहेको हुन्छ त्यही व्यक्ति नै वास्तविक मोही हो भनी मान्न न्यायोचित र कानूनको भावना र मर्मअनुकूल हुन जाने । (प्रकरण नं.१०) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सानुबाबु पोखरेल, विद्वान् अधिवक्ता श्री ज्ञानेन्द्र प्रसाद पोखरेल प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्नेः भूमि सुधार अधिकारी मुक्तिप्रसाद आचार्य भूमि सुधार कार्यालय ललितपुर पुनरावेदन तहमा फैसला गर्नेः मा. मुख्य न्यायाधीश श्री केशरीराज पण्डित माननीय न्यायाधीश श्री विश्वम्भर प्रसाद श्रेष्ठ पुनरावेदन अदालत पाटन, ललितपुर फैसला का.मु.प्र.न्या.दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम पुनरावेदन अदालत पाटनबाट भएको फैसला दोहोर्याई हेरिपाउँ भनी प्रतिवादीको तर्फबाट परेको निवेदनमा यस अदालतको मिति २०६८।४।११ को आदेशानुसार मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदनमा परिणत भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः तथ्य खण्ड जग्गाधनी जंग हिरण्य हेम नारायण गुठी ५०।१ खेत २५ दर्तावाला मोही तिर्थकुमारी जोताहा हेरामान महर्जन उल्लेख भई नापी भएको धापाखेल गा.वि.स. वडा नं. १(क) कि.नं. ९० क्षेत्रफल २–५–१–० जग्गा मिति २०३६।१।१० मा जोताहा हेरामानले गोरखापत्रमा मोही हक छोडपत्र गरी छोडी दिएको सोही आधारमा धापाखेल गाउँ पञ्चायतबाट २०३६।१।१२ मा जोताहा हेरामानको नाम खारेज गरी तिर्थकुमारी खत्रीनीका नाममा जोतपोत कायम गरी दिनु भनी भूमि प्रशासन कार्यालय, ललितपुरका नाममा पत्रसमेत पठाइएको हो । ललितपुर गुठी तहसिल तथा खर्च कार्यालयबाट मिति २०५०।४।१० मा मोही हेरामान महर्जनका नाममा ७ दिने म्याद जारी गरी पठाउँदा निजको मृत्यु भई हकदार कोही नभएको भनी म्याद फिर्ता भई हकदाबीसम्बन्धी मिति २०५०।५।२८ मा गोरखापत्रमा सूचना प्रकाशित गर्दासमेत कसैको दाबी नपरेपछि मोही हेरामानको नाम कट्टा गरी म निवेदक बलराम भन्ने विक्रम कुमार के.सी.लाई मोही कायम गर्ने