निर्णय नं. १००४५ - हातहतियार खरखजाना
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००४५ - हातहतियार खरखजाना भाग: ६० साल: २०७५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७४/०१/१७ ४४४८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७४।१।१७ ०६८-CR-०१३३ मुद्दाः हातहतियार खरखजाना पुनरावेदक / वादी : स.प्र. वल वेश कैम्प हनुमाननगर सप्तरीको पत्र जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : भारत विहार राज्य सुपौल जिल्ला ग्राम पञ्चायत वडा नं. १७ मा बस्ने विश्वनाथ मुखियाको छोरा वर्ष २८ को सिताराम मुखियासमेत फौजदारी मुद्दामा कसुरसँग सम्बन्धित बरामदी मुचुल्कालाई महत्त्वपूर्ण प्रमाणको रूपमा लिने गरिन्छ । जुन बरामदी मुचुल्काका प्रतिवादीहरू घटनाका प्रत्यक्षदर्शी हुन् उनीहरूको भनाइले प्रमाण मूल्याङ्कनको रोहमा महत्त्व राख्ने । (प्रकरण नं.८) हातहतियार बरामद भएको अवस्थामा अपराध नमानिने जिकिर लिनको लागि आफूसँग हातहतियार रहनुपर्ने उचित कानूनी आधार देखाउन सक्नुपर्ने । (प्रकरण नं.९) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : हातहतियार खरखजाना ऐन, २०१९ सुरू तहमा फैसला गर्ने : श्री रामप्रसाद घिमिरे जिल्ला प्रशासन कार्यालय, सप्तरी पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री कुमार चुडाल पुनरावेदन अदालत राजविराज फैसला न्या.दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- मिति २०६५।३।२७ गते स.प्र. वल वेस क्याम्प हनुमाननगर सप्तरीको स.प्र.नि. सुमन पोखरेलको कमाण्डमा गएको संयुक्त टोलीले जिल्ला सप्तरी गोवरगाडा २ स्थित कोशी टप्पुमा शंकास्पद तवरले घुमफिर गरी रहेका निम्नानुसार मानिसहरूलाई घेरा हाली पक्राउ गरी शरीर तलासी लिँदा कटुवा पेस्तोल थान ४, ऐ. मा लोड हुने गोली ८ समेत बरामद हुन आएको हुँदा बरामद हुन आएको हतियार तथा गोलीसहित पक्राउ परेका भारत विहार राज्य सुपौल जिल्ला धरहरा ग्राम पञ्चायत १७ बस्ने सिताराम मुखियासमेत ४ जनालाई आवश्यक कारबाहीका लागि बरामदी मुचुल्कासहित यसैसाथ पठाइएको छ भन्नेसमेत बेहोराको सशस्त्र प्रहरी सुरक्षा वेस क्याम्प हनुमाननगर सप्तरीको च.नं. १०७ मिति २०६५।३।२७ गतेको पत्र र बरामदी मुचुल्का । मिति २०६५।३।२७ गतेको दिन मसमेत आफ्नो घर भारतबाट नेपाल गोवरगाडा गा.वि.स. तर्फ नाउ लिएर अन्य साथीहरूको साथमा आएको थिएँ । सोही नावमा भारत विहार राज्य सुपौल जिल्लाको वथनाहा ग्राम वडा नं. १९ बस्ने कारीकान्त मेहता र नेपाल जिल्ला सप्तरी रम्पुरा मल्हनिया ३ बस्ने महमद मियाँ २ जना काठ तस्करीका ठेकेदारहरू पनि थिए । हतियार उनीहरूले हामीलाई दिई नावमा राखिएको हो । पछि प्रहरीले गोवरगाडा २ स्थित कोशी टप्पुमा घेरा हालेपछि अन्य भागी गए । हामीहरू हतियारसहित पक्राउमा परी आयौँ भन्नेसमेत बेहोराको मिन्टु मुखियाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । मिति २०६५।३।२७ गतेको दिन मसमेतका अन्य साथीहरूलाई भारत देश विहार राज्य सुपौल जिल्लाको वथनाहा ग्राम वडा नं. १९ बस्ने कारीकान्त मेहता र नेपाल जिल्ला सप्तरी रम्पुरा मल्हनिया ३ बस्ने महमद मियाँले नेपालका कोशी टप्पुमा काठ आउँछ लिन जाउँ भनी भनेको हुँदा हामीहरू पानीमा सधैँ खेल्ने, नाउ चलाउने, माछा मार्ने काम गर्दै आएका हुँदा सो दिन पनि ज्यालाका लागि