निर्णय नं. १००४७ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००४७ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७४/०६/२५ ३२४१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा आदेश मिति : २०७४।६।२५ ०७३-WO-१२०० विषयः- उत्प्रेषण / परमादेश निवेदक : जिल्ला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ घर भई हाल जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतमा कार्यरत वर्ष ३६ को नवराज पौडेलसमेत विरूद्ध विपक्षी : लोक सेवा आयोग, अनामनगर, काठमाडौंसमेत कुनै ऐन वा दफामा भएको सामान्य कानूनी व्यवस्थालाई विशेष कानूनी व्यवस्थाले override (नियन्त्रित वा परिसीमित) गर्ने र त्यस्तो भएमा override गर्ने कानूनी व्यवस्था लागू हुने अवस्थामा सामान्य कानूनी व्यवस्था लागू हुन सक्दैन । ऐनका दफा, उपदफा वा कानूनी व्यवस्थाहरू प्रायः स्वतन्त्र हुने भएपनि कुनै कानूनी प्रावधानलाई अर्को कानूनी प्रावधानले परिसीमित गरेको अवस्थामा सामान्य दफा, उपदफा वा कानूनी व्यवस्थाहरू लागू नभई परिसीमित (override) गर्ने विशेष कानूनी व्यवस्था नै लागू हुने । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २६(१) सामान्य कानूनी व्यवस्था भई सो कानूनी व्यवस्थालाई ऐ. उपदफा (२) ले परिसीमित (override) गरेको देखिएकाले उपदफा (२) को कानूनी प्रावधान नै लागू हुने । (प्रकरण नं.६) निवेदकतर्फबाट : विद्वान् अधिवक्ता श्री रामचन्द्र पौडेल विपक्षीतर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी अवलम्बित नजिर : सम्बद्ध कानून : नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ आदेश न्या.ओमप्रकाश मिश्र : नेपालको संविधानको धारा ४६ तथा १३३ बमोजिम दर्ता भई नियमानुसार पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः- हामी निवेदकहरू मध्ये म गगनसिंह पाण्डे मिति २०५६।८।१०, म नवराज पौडेल मिति २०६१।५।७ मा, म बेदराम ओली मिति २०६०।५।३०, म यादवप्रसाद शर्मा मिति २०५९।९।७, म विवेक बि.एम. मिति २०६६।२।२८, म वीरभान बोहरा मिति २०६५।१२।२१, म डिल्लीबहादुर के.सी. मिति २०५९।१२।२०, म विष्णुमाया थापा मिति २०६१।५।११, म सुरेशप्रसाद गैरे मिति २०५९।११।२८, म बलराम दाहाल मिति २०६६।३।४ मा, म विरोध पाण्डे मिति २०६६।२।२४, म डिलाराम भुषाल मिति २०५९।१०।१५, म गणेश बहादुर कुँवर मिति २०६६।२।३१ को निर्णयानुसार अ.हे.व. सहायक चौथो तहमा सुरू नियुक्ति तथा स्तरवृद्धि भई विभिन्न मितिमा सहायक पाँचौं तहमा तहमिलान तथा स्तरवृद्धि भई निवेदन खण्डमा उल्लिखित स्थानमा सेवारत रही आएका छौं । उल्लिखित बेहोराबमोजिम सेवारत रही पेसा रोजगारी गर्न पाउने र रोजगारीको अभ्यास गर्न पाउने हकलाई नेपालको संविधानको धारा १७, १८, ३३ एवं स्वास्थ्य सेवा ऐन, २०५३ र स्वास्थ्य सेवा नियमावली, २०५५ समेतले संरक्षण प्रदान गरेको छ । यसरी आफ्नो सेवामा सेवारत रही आएका हामी निवेदकहरूले कानूनबमोजिम रोजगारी गर्ने र रोजगारीको अभ्यास गर्ने हकलाई संविधान प्रदत्त मौलिक हक एवं स्वास्थ्य सेवा ऐन, २०५३ मा व्यवस्थित कानूनी हकको आधारमा प्रयोग गर्नलाई कसैले रोक्न सक्दैन । स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८ र दफा २६ लाई (स्वास्थ्य सेवा ऐन, २०५३ चौथो संशोधन २०७०।१२।१२) संशोधन गरी दफा ८(३) मा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति हुने कुनै तहको पदमा समान तहको वा समान तहमा स्तरवृद्धि भई पदनाम प्राप्त गरेको तर यो ऐनबमोजिम समायोजन भई पदस्थापना भई नसकेको कुनै कर्