निर्णय नं. ४३३२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३३२ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४८/०७/१८ २०७२ निर्णय नं. ४३३२ ने.का.प. २०४८ अङ्क ७ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा सम्वत् २०४८ सालको रिट नम्बर १५८४ आदेश भएको मिति : २०४८।७।१८।३ मा निवेदक : जि.झापा कोहवरा गा.वि.स. वार्ड नं. ८ बस्ने हरिलाल भण्डारी विरुद्ध विपक्षी : प्रहरी नायब महानिरीक्षक, ध्रुवबहादुर प्रधान, पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरसमेत विषय : उत्प्रेषण (१) प्रहरी जस्तो पेशामा रहेको र उसमाथि पनि क्वाटर गार्डको चपटे भई बसेको व्यक्तिले कार्यालयको कोठाभित्र अनैतिक कार्य गरेको क्षम्य मान्न सकिने देखिँदैन, अतः निवेदकलाई नोकरीबाट हटाउने गरी गरेको निर्णय र सो सदर गरेको निर्णयमा कुनै कानुनी त्रुटि नदेखिँदा माग बमोजिम विपक्षीहरुबाट लिखितजवाफ मगाई रहन नपर्ने । (प्रकरण नं. ५) (साविक पेज नं. ३८७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विदुरकुमार थापा आदेश न्या.मोहनप्रसाद शर्मा १. नेपाल अधिराज्यको संविधानको धारा २३।८८ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. म निवेदक प्रहरी जवानको पदमा मिति २०४४।५।८ देखि स्थाई नियुक्ति पाई २०४७ मंसिरदेखि जि.प्र.का. सुनसरी मातहतको इलाका प्रहरी कार्यालयमा कार्यरत रहँदा म समेतका प्रहरी जवान ३ जना विरुद्ध मिति २०४७।११।१७ गते राती क्वाटर गार्डमा खटिएका अवस्थामा गुण्डाहरुले हातपात गर्न खोजेको भनी रातको २३.४५ बजे रिपोर्ट गर्न आउने अपरिचित महिलालाई ललाई फकाई कार्यालय भवनमा ल्याई अनुचित करणी गरी भगाएको भन्ने बुझिएकोले कारवाही गरी पाउँ भनी इ.प्र.का. धरानका प्र.ह.रत्नबहादुर तामाड्डले मिति २०४७।११।१८ मा पेश गरेको प्रतिवेदनका आधारमा म निवेदक समेतलाई जि.प्र.का. सुनसरीमा मिति २०४७।११।१८ गते च.नं. ८४२ को पत्रसाथ कारवाहीका लागि पठाएको र उक्त मितिदेखि बिना सूचना बिना पुर्जी थुनामा राखी २०४७।११।२० गते च.नं. २६४३ र २०४७।१२।१ गते च.नं. २८३३ मा क्रमशः पहिलो र दोश्रो स्पष्टीकरण सोधिएको र त्यसको जवाफ पनि म आफैंलाई लेख्न नदिई प्र.ना.उ.रोहित थापाको आदेश पाई प्र.स.नि. रमेश चापागाईले कागज लेखी ल्याई कुटपिट गरी सहिछाप गराएका थिए । त्यसपछि जि.प्र.का. सुनसरीबाट म निवेदकलाई प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.५ को (ङ) र (च) अनुसारको कसूर गरेकोले र नियमावली ९(१) को देहाय (च) को सजायँ गर्ने भनी र अन्य २ जना प्र.ज.लाई ऐ.ऐनको परिच्छेद ९ को नियम ९.४ को देहाय (ख) र (ग) को कसूर गरे बापत २ वर्ष समेत २ ग्रेड रोक्का हुने गरी कारवाही गर्ने गरी अञ्चल प्रहरी कार्यालय धरानमा आरोपपत्र साथ म निवेदकलाई २०४७।१२।१८ मा पठाइएको अञ्चल प्रहरी कार्यालय धरानले २०४७।१२।२१ गतेका दिन प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.५ को देहाय (ङ) र (च) को कसूर गरेको ठहराई ऐ.नियमावली ९.१ को देहाय (च) बमोजिम भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने निर्णय गरेको, सो निर्णयमा चित्त नबुझी पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा पुनरावेदन गर्दा मिति २०४८।३।१६ गते च.नं. २२६ र च.नं. २३३ मा दुइपल्ट स्पष्टीकरण सोद्धा आफ्नो भएको व्यहोरा खुलाई अघि दिइएका स्पष्टीकरण डर, धाक र कुटपिट गरी दिलाइएको भनी म हिरासतबाट छुटेपछि तत्काल सु.जि.अदालत मार्फत मिति २०४७।१२।२८ गते इनरुवा अस्पतालबाट गराएको घाउ जाँच केश फाराम छ बुझी पाउँ भनी जिकिर लि