निर्णय नं. १००४८ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००४८ - परमादेश भाग: ६० साल: २०७५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७४/०२/०१ २७२९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्‍ठ माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा आदेश मिति : २०७४।२।१ ०७१-wo-०७१५ मुद्दाः परमादेश निवेदक : भुटान देश कालीकोला घर भई शरणार्थी शिविर झापा बेलडाँगी सेक्टर नं.३ बसी हाल कारागार कार्यालय जगन्नाथदेवल त्रिपुरेश्‍वर काठमाडौंअन्तर्गत सेन्टरमा थुनामा रहेको रूद्रे भन्ने भिमबहादुर बस्नेत विरूद्ध विपक्षी : जिल्ला प्रहरी कार्यालय, कास्की, पोखरासमेत न्याय सम्पादनमा अनुसन्धानकर्ताको अत्यन्तै महत्त्वपूर्ण भूमिका हुन्छ । तथ्य र प्रमाणको स्वतन्त्र रूपमा अनुसन्धान तथा विश्‍लेषण गरी कानूनको प्रत्येक रीत पुर्‍याई अकाट्य वा तथ्यहरूको मालाकार रूपमा परिस्थितिजन्य प्रमाणहरू ग्रहण गरी ती प्रमाणहरूका साथ अभियोगपत्र कानूनले तोकिएको समयावधिभित्र वा त्यस्तो समय नतोकिएको अवस्थामा यथासम्भव चाँडो मुद्दा हेर्ने अधिकारी वा निकायसमक्ष प्रस्तुत गर्नु अभियोजन पक्षको प्रमुख दायित्व हुने । आफ्नो अधिकारको प्रयोग अत्यन्त जिम्मेवार ढंगले गर्नुपर्ने हुन्छ, अधिकार छ भन्दैमा असीमित अवधिसम्म वा अन्य परिस्थिति वा मौका हेरी मुद्दा दायर गर्ने प्रवृत्तिलाई विकसित गर्नु न्यायको रोहमा मान्य नहुने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.अनिलकुमार सिन्हा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गतको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं आदेश यसप्रकार रहेको छ:- म निवेदक मिति २०५७।१०।१३ गतेबाट हालसम्म थुनामा रही आएको छु । मेरा विरूद्ध कविता के.सी.को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी म निवेदक भएको जिउ मास्ने बेच्ने मुद्दामा विशेष अदालत काठमाडौंको मिति २०६०।२।२३ को फैसलाले कैद वर्ष १२ र जरिवाना २,४०,०००।- ठहर भएको मुद्दा-१, बिमला राइका जाहेरीले वादी नेपाल सरकार प्रतिवादी म भएको ऐ. मुद्दा र ऐ. मितिको फैसलाले कैद वर्ष १२ जरिवाना रू.१,४४,०००।- ठहर भएको मुद्दा -१, कल्पना गुरूङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी म निवेदक भएको ऐ. मुद्दा र ऐ. मितिको फैसलाले कैद वर्ष १२ र जरिवाना रू.१,२८,०००।- ठहर भएको मुद्दा-१, नविना बस्नेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी म निवेदकसमेत भएको ऐ. मुद्दामा ऐ. मितिको फैसलाले कैद १२ वर्ष र जरिवाना रू.९६०००।- ठहर भएको मुद्दा-१, रमिला बस्नेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी म निवेदकसमेत भएको ऐ. मुद्दाको ऐ. मितिको फैसलाले १२ वर्ष कैद र रू.९६,०००।- जरिवाना ठहर भएको मुद्दा-१ र मुना मगरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी म निवेदकसमेत भएको ऐ. मुद्दाको ऐ. मितिको फैसलाले कैद वर्ष १५ र जरिवाना रू.६४,०००।- ठहर भएको मुद्दासमेत थान ६ मुद्दामा जम्मा कैद ७५ वर्ष र जरिवाना रू.७,६८,०००।- भएकोमा मुलुकी ऐन दण्ड सजायको ४१ नं. बमोजिम कैद हद गरी ठूलो कैद वर्ष १५ र जरिवाना रू.७,६८,०००।- भएको बेहोरा अनुरोध गर्दछु । म निवेदक मिति २०५७।१०।२३ गतेबाट थुनामा रहेको र मिति २०७२।१०।१२ गते लागेको कैद १५ वर्ष भुक्तान गरी जरिवाना तिरी थुनामुक्त हुने अवस्थामा छु भने, मिति २०६७।११।१५ गते मुद्दा मिसिल नं. ६३/०५७/०५८ च.नं. ६१५ विषय मानिस उपस्थित गराई दिने सम्बन्धमा, विशेष अ