निर्णय नं. १००४९ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००४९ - जबरजस्ती करणी भाग: ६० साल: २०७५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७४/१०/२६ ४२३० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७४।१०।२६ ०६७-CR-०१०६ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / वादी : नवलपरासी जिल्ला हरपुर गा.वि.स. वडा नं.५ बस्ने सतार खाँको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : नवलपरासी जिल्ला हरपुर गा.वि.स. वडा नं.३ बस्ने मुस्ताक खाँको छोरा सोहरत खाँ पठान कुनै पुरूष व्यक्तिले कम उमेरका कुनै नाबालिका केटी (बालिका) लाई जबरजस्ती करणी गर्दा निजको उत्तेजित लिङ्ग नाबालिग बालिकाको अविकसित यौन अंगमा प्रविष्ट हुन सक्ने स्थिति अवस्था र कारण नै हुन सक्दैन भने यस स्थितिमा पुरूषको उत्तेजित लिङ्ग त्यस्तो अविकसित यौन अंगमा प्रवेश हुनसके पनि वा नसके पनि वा त्यस्ता पीडित यौन अंगमा जबरजस्ती गर्ने पुरूषको वीर्य स्खलन भएपनि नभए पनि त्यसरी लिङ्ग प्रवेश हुन नसकेको कारणले मात्र जबरजस्ती करणीको उद्योग ठहर्‍याउनु पीडितउपर अन्यायपूर्ण र विधायिकाले त्यस्ता प्रकृतिका प्रतिवादीहरू विरूद्ध गरेको सजायको व्यवस्थाको मनसायविपरीत पनि हुन जाने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : वैतनिक अधिवक्ता श्री देवी रेग्मी अवलम्बित नजिर : नेकाप २०७१, अंक ६, पृ.८७९ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जि.न्या. श्री भीमबहादुर बोहरा नवलपरासी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री दिपकराज जोशी मा. न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय पुनरावेदन अदालत बुटवल रूपन्देही फैसला न्या. चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी पर्न आएको निवेदनमा यस अदालतबाट निस्सा प्रदान हुने आदेश भएबमोजिम पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः मिति २०६४।१२।२ गतेका दिन सोहरत खाँ ले मेरो नातिनी वर्ष ४ की ......................लाई बिस्कुटसमेत दिई आफ्नो घरको कोठाभित्र लगी निजलाई बिस्तरामा सुताई नातिनीको योनाङ्गमा आफ्नो लिङ्ग दल्नुका साथै मुखमा समेत लिङ्ग पसाई करणी गरेको हुँदा निजलाई पक्राउ गरी कानूनबमोजिम गरिपाउँ भन्‍नेसमेत बेहोराको ......................को जाहेरी दरखास्त । जिल्ला नवलपरासी हरपुर गा.वि.स. वडा नं.३ स्थित पूर्वमा पतरू कहारको घर, पश्चिममा सन्तोष ठाकुरको घर, उत्तर ओवाहा खाँको घर, दक्षिण सतार खाँ को घर यति चार किल्लाभित्र पर्ने सोहरत खाँको घरको कोठामा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भन्‍नेसमेत बेहोराको घटनास्थल मुचुल्का । मिति २०६४।१२।२ गतेका दिन मेरो छोरी वर्ष ५ की रूक्साना भन्‍ने साइना खातुनलाई घरनजिकै खेल्दै गरेको अवस्थामा प्रतिवादी सोहरत खाँ पठानले आफ्नो घरतर्फ लगेको देखेको हुँ । केहीबेरपछि छोरीलाई बोलाउँदा छोरी नबोलेपछि मैले तत्काल ससुरालाई खबर गरेँ । ससुरा निज प्रतिवादी सोहरता खाँ पठानको घरमा गई बोलाउँदा पनि छोरी नबोलेपछि जबरजस्ती ढोका खोलेर हेर्दा करणी गरेको अवस्थामा ससुराले फेला पारी निजबाट छुटाएका हुन् भन्‍ने ......................को कागज । मिति २०६४।१२।२ गतेका दिन प्रतिवादीले मलाई बिस्कुटसमेत खान दिई घरको कोठामा लगी ओछयानमा सुताई निजको लिङ्ग मेरो योनाङ्गमा