निर्णय नं. १००५० - बाटो खिचोला बाटो कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००५० - बाटो खिचोला बाटो कायम भाग: ६० साल: २०७५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७४/०८/२६ ९७०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७४।८।२६ ०७३-CI-१३८६ मुद्दा : बाटो खिचोला बाटो कायम पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३४ मीनभवन मार्ग बस्ने कमला बज्राचार्यसमेत विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३५ बस्ने शान्ति बैद्य (जोन्छे) न्यायका मान्य सिद्धान्तहरूतर्फ नजर गर्दा एकाको स्वामित्वको जग्गाबाट गैर स्वामित्व भएका अन्य व्यक्तिले अनन्तकालदेखि बाटोको रूपमा प्रयोग गरी आएको भए पनि सुविधाधिकारको सिद्धान्तअनुसार त्यस्तो बाटो बन्द गर्न नमिल्ने । (प्रकरण नं.५) महानगरपालिकाबाट कुनै भवन वा कुनै भाग भत्काउन नपर्ने गरी निर्णय भएको अवस्थामा सो निर्णयमा चित्त नबुझ्ने पक्षले पुनरावेदन गर्न पाउने व्यवस्था गरेको देखिएन । बाटो खुलाउन नपर्ने वा भवन वा कुनै भाग भत्काउन नपर्ने गरी नगरपालिका प्रमुखबाट भएको निर्णयउपर पुनरावेदन लाग्न सक्ने कानूनी व्यवस्था नभएको अवस्थामा एक पटक निर्णय भइसकेको भन्ने आधारमा मर्का पर्ने पक्षले कानूनको म्यादभित्रै कानूनी उपचारको बाटो अवलम्बन गर्न नपाउने भन्न नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री सुरेन्द्रकुमार बोगटी प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : स्थानीय स्वायत्त शासन ऐन, २०५५ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री नागेन्द्रलाल कर्ण काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की माननीय न्यायाधीश श्री शारड्गा सुवेदी पुनरावेदन अदालत पाटन फैसला न्या. टंकबहादुर मोक्तान : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम मुद्दा दोहोर्‍याई पाउँ भनी परेको निवेदनमा यस अदालतबाट निस्सा प्रदान गर्ने आदेश भएपश्‍चात् पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- म फिरादीले कानूनबमोजिम राजीनामा गरी खरिद गरेको कि.नं. १२४ र कि.नं. ४७८ को जग्गासम्म पुग्न पहिलेदेखि नै बाटो खोली हिँड्‍डुल, प्रयोग र उपभोग गरी आएको विवादित कच्ची मोटरबाटोको विषयमा काठमाडौं महानगरपालिकालाई निर्णय गर्ने क्षेत्राधिकार नै नभएको निकायले गरेको निर्णय आफैँमा क्षेत्राधिकारविहीन भई शून्य भएकोमा विवाद छैन । स्थानीय टोल छिमेकीहरूको समेत आग्रहमा हामी दुवै पक्षको सहमतिमा मिति २०६७/३/१० मा विपक्षीहरूले पहिलेको फलामे ढोका खुलाई म फिरादीसमेतले हिँड्‍डुल गर्न पाउने गरी मौखिक सहमति भएको थियो । पछि फेरि उक्त कच्ची मोटरबाटो मिति २०६७/५/२ बाट बन्द गरी म फिरादीलाई बाटो प्रयोग गरी घर निर्माण गर्न अवरोध पुर्‍याएको र उक्त बाटोबाट गएको अन्य व्यक्तिहरूको ढल, पानीको निकाससमेत बन्द गराएकोले उल्लिखित तरिकाबाट पहिला नै खुली म फिरादीले समेत प्रयोग गरी आएको कच्ची मोटर बाटोको मुखमा फलामे ढोकासमेत लगाई म फिरादीसमेतको निर्माणाधीन घरजग्गामा आवतजावत गर्न रोक लगाई विपक्षीहरूले उक्त बाटो खिचोला गरेको हुनाले विपक्षीहरूको बाटोको मुखमा फलामे ढोका राखी गरेको बाटोको खिचोला मेटाई उक्त ढोका खोली बाटो कायम गरिपाउँ भन्‍नेसमेत बेहोराको फिराद पत्र । काठमाडौ