निर्णय नं. १००५२ - मानव बेचबिखन तथा ओसारपसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००५२ - मानव बेचबिखन तथा ओसारपसार भाग: ६० साल: २०७५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७५/०३/२१ ६३९१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७५।३।२१ मुद्दाः मानव बेचबिखन तथा ओसारपसार ०६९-CR-०३०५ पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला सुन्दरादेवी गा.वि.स. वडा नं.५ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा रहेका दीपक भन्ने दीपेन्द्र पाठक विरूद्ध प्रत्यर्थी / वादी : मुना तामाङसमेतको जाहेरीले नेपाल सरकार ०६९-CR-०४८३ पुनरावेदक / वादी : मुना तामाङसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : नुवाकोट जिल्ला कालुका गा.वि.स. वडा नं.७ घर भई काठमाडौं जिल्ला मनमैजु गा.वि.स. वडा नं.८ डेरा गरी बस्ने दीपक नेपालीसमेत मानव बेचबिखन तथा ओसारपसार जस्तो संगीन अपराधमा पीडित सधैँ अभियुक्तहरूको नियन्त्रणमा रहने, आफू बेचिएको प्रमाणहरू राख्न असम्भव हुने, उनीमाथि भएको कसुरको उनीसँग हुने प्रमाण भनेको आफू / व्यक्ति स्वयं नै प्रमाण / साक्षीको रूपमा रहने हुँदा उनले दिएको जाहेरी र उनले गरेको बयानको प्रमाणमा धेरै ठूलो महत्त्व राख्दछ । बयानमा लेखिएका घटनाक्रमको वर्णन र प्रतिवादीको बयानमा Chain of Incident बाट पनि अभियोगहरू स्थापित हुन्छ । यस्तो अवस्थामा घटनाक्रम गलत हो, लगाइएको आरोप गलत हो भनी सफाइको माग गर्दा सोको प्रमाण पुर्याउने भार प्रतिवादीमै रहने । (प्रकरण नं.७) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री नारायण रिमाल र विद्वान् अधिवक्ताद्वय श्री शोभा पोखरेल र श्री सन्तोष महर्जन प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भीमप्रसाद ढकाल अवलम्बित नजिर : नेकाप २०७२, अंक १, नि.नं.९३३३ सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्या. श्री महेशप्रसाद पुडासैनी काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. मुख्य न्यायाधीश श्री टीकाबहादुर हमाल माननीय न्यायाधीश श्री प्रकाशराम मिश्र पुनरावेदन अदालत पाटन फैसला न्या. सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई प्रतिवादी दीपेन्द्र पाठक र वादी नेपाल सरकारको तर्फबाट समेत गरी दोहोरो पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट र ठहर यसप्रकार छः- तथ्य खण्ड जाहेरवालीहरू मध्ये म भीम कुमारीको सामाखुशीमा रहेको चिया होटलमा राजेश चिया खान आउँथे । एक दिन राजेशले भारतमा गएर जडिबुटीको व्यापार गरौं भनेर फकाउन थालेपछि मैले मेरो साथी मुनालाई बताएपछि निजले जान्न भनिन् । राजेशले मुनालाई भेटेर फकाएर गोपाल र कृष्णलाई लिएर आए । यी तीनै जना प्रतिवादीहरूले जडिबुटी बेच्न भारत जाने हो ३ दिनमा त घरमा फर्कन भ्याइन्छ, ३ दिनको ३०,०००।– दिन्छौं बाटोमा राम्रो ग्राहक भेटेमा ४०,०००।– नै दिन्छौं भनेपछि र दुवै जना जान तयार भई मिति २०६४।४।२ मा मुना, उसको १ छोरा, १ छोरी, भीमकुमारी, उनको छोरा, गोपाल, राजेश, कृष्ण भई माछा पोखरी छेउको गेस्ट हाउसमा गएर बस्यौं । धने, दीपक, कुमार, दीपेन्द्र, राजु र २ जना महिलाहरू पहिलादेखि नै गेस्ट हाउसमा बसेका रहेछन् । ऐ. ४ गतेका दिन साँझ हामी ४ जना महिलाहरूलाई १/१ पोका जडिबुटी हो भनेर बोक्न लगाइयो र लोकल बस चढी कलङ्की पुगी काँकडभिट्टा जाने बस चढी हामी ४ जना केटीहरू, हाम्रा ३ बच्चा र प्रतिवादीहरू भई भोलिपल्ट बि