निर्णय नं. १००५३ - राजीनामा लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००५३ - राजीनामा लिखत बदर भाग: ६० साल: २०७५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७४/११/३० ४५२७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७४।११।३० ०७२-CI-१८८० मुद्दा: राजीनामा लिखत बदर पुनरावेदक / वादी : जिल्ला नवलपरासी सुक्रौली गा.वि.स. वडा नं.२ बस्ने मालतीकुमारी सैथवारसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला नवलपरासी सुनवल गा.वि.स. वडा नं.४ बस्ने कलावती सापकोटासमेत यान्त्रिक रूपमा प्रतिवादीका नाउँमा भएको जग्गाको कूल क्षेत्रफललाई हेरी बिक्री गरेको जग्गाको क्षेत्रफल कूल क्षेत्रफलको आधाभन्दा कम रहेको भनी निष्कर्षमा पुगेकोलाई न्यायको रोहमा उचित ठान्न नसकिने । (प्रकरण नं.५) नाबालिगको संरक्षण गर्ने पहिलो दायित्व निजहरूकै बाबुआमाको हो । बाबुआमाले सन्तानको संरक्षण नगरेको अवस्थामा मात्र अन्य व्यक्तिहरू संरक्षकको रूपमा अगाडि देखा पर्ने । बाबु स्वयम्ले आफ्ना सन्तानको भविष्यका बारेमा सोच विचार नगरी जग्गा राजीनामा पारित गरिदिई हक छाडिदिएको अवस्थामा त्यस्ता नाबालिगहरूको अंश हकको संरक्षणतर्फ सक्रियता देखाउनु अदालतको कर्तव्य र दायित्व पनि हो । बालबालिकाको अन्तिम संरक्षक राज्य हो । राज्यले बालबालिका सर्वोत्तम हितको लागि कार्य गर्नुपर्दछ । अदालत राज्यको एउटा महत्त्वपूर्ण अंग हो । त्यसैले अदालतले पनि बालबालिकाको सर्वोत्तम हितलाई ख्यालमा राखी न्यायिक निष्कर्षमा पुग्नु वाञ्छनीय हुन जाने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामवन्धु शर्मा प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भोजराज भट्ट अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्नेः माननीय न्यायाधीश श्री राजेन्द्र प्रसाद खरेल नवलपरासी जिल्ला अदालत पुनरावेदन फैसला गर्नेः- मा. न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री मनोजकुमार शर्मा पुनरावेदन अदालत, बुटवल फैसला न्या.सारदाप्रसाद घिमिरे : साबिक पुनरावेदन अदालत बुटवलको फैसलाउपर, साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा १२ हाल प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी पर्न आएको निवेदनमा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड हामीहरूको समेत अंशहक लाग्ने विपक्षी शिवदासको नाउँमा दर्ता रहेको जि.न.प. सुक्रौली गा.वि.स. वडा नं.२क कि.नं.८८० को ज.वि. ०–१७–० जग्गा हामीहरूलाई थाहा जानकारी नदिई गुपचुपमा विपक्षी शिवदास सैथवारले विपक्षी कलावती सापकोटालाई मिति २०६८।८।२० मा र.नं.५५०५ बाट हकछाडी राजीनामा पारित गरिदिएको कुरा मिति ०६८।९।१४ मा नक्कल सराई लिई थाहा हुन आएकोले प्रस्तुत फिराद गर्न आएका छौं । निजहरूलाई झिकाई उक्त कि.नं.८८० को ज.वि. ०–१७–० जग्गामध्ये हामीहरूको अंशहकमा पर्ने ६ भागमध्ये ३ भाग राजीनामा लिखत बदर गरिपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी । विपक्षीको फिरादमा उल्लिखित नाता सम्बन्धबाहेक अन्य सम्पूर्ण बेहोरा झुठ्ठा एवं बनावटी हो । विपक्षीमध्ये मालती कुमारी र रामदास नाबालक भएको र हामी बाबुआमासँगै बसेको हुँदा एवं निजहरूको लिखत बदरको नालेस गर्ने हक नपुगेको हुँदा लिखत बदर हुनुपर्ने कुरै भएन । अर्का विपक्षी राममिलनको हकमा म बाबुबाट आफूले मनि ट्रान्सफर खोली कारोबार गरी आर्थिक आर्ज