निर्णय नं. १००५६ - विद्युत्‌ चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००५६ - विद्युत्‌ चोरी भाग: ६० साल: २०७५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७४/०७/१५ २७५७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७४।७।१५ ०६७-CR-०४७७ मुद्दाः- विद्युत्‌ चोरी पुनरावेदक / प्रतिवादी : दाङ जिल्ला, धनौरी गा.वि.स. वडा नं.६ बस्ने मान सिंह डाँगी विरूद्ध प्रत्यर्थी / वादी : दीपकजङ्ग चौधरीको जाहेरीले नेपाल सरकार कानूनमा स्पष्‍टसँग पुनरावलोकनको निवेदन नपरेमा सो म्याद समाप्‍त भएको मितिले ७ दिनभित्र अनुसन्धान अधिकारीले कायम गरेको रकम बुझाउन ल्याउनु भनी सूचना जारी गरी उक्त म्यादभित्र बुझाउन नल्याए ३० दिनभित्र अभियोग पत्र दायर गर्नुपर्नेमा हदम्याद सिर्जना गर्नको लागि पछिल्लो मितिमा सूचना जारी गरी सोबाट हदम्याद कायम गरेकोलाई मान्‍न मिल्ने नदेखिने । (प्रकरण नं.४) कानूनले सृजना गरेको कुनै पनि निकाय वा पदाधिकारीले कानूनले तोकिदिएअनुसार मात्र काम गर्नुपर्ने हुन्छ । कानूनले कुनै काम गर्न निश्‍चित समयावधि र प्रक्रिया तोकिदिएको अवस्थामा सो समयावधि र प्रक्रियाको अनिवार्य पालना गर्नु पर्दछ । अन्यथा त्यस्तो कामले वैधता प्राप्‍त गर्न सक्ने देखिँदैन । कानूनअनुसारको समयावधिभित्र गर्नुपर्ने काम नगरी समयावधि नघाई काम गरेकोमा त्यस्तो कार्यको पालना गर्न कुनै पनि व्यक्तिलाई बाध्य पार्न सकिँदैन । सुरूको कुनै कामले वैधता प्राप्‍त गर्न नसक्ने अवस्थामा सोका आधारमा भए गरेका पछिका अन्य कामले पनि वैधता नपाई स्वतः अमान्य नै हुने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्‍ठ अधिवक्ता श्री रमणकुमार श्रेष्‍ठ प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री राजेन्द्र सिंह भण्डारी अवलम्बित नजिर : सम्बद्ध कानून : विद्युत् चोरी नियन्त्रण ऐन, २०५८ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्‍ठ दाङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री भीमबहादुर बोहोरा माननीय न्यायाधीश श्री पवनकुमार शर्मा पुनरावेदन अदालत तुलसीपुर फैसला न्या.हरिकृष्ण कार्की : पुनरावेदन अदालत तुलसीपुरको मिति २०६६/०९/१३ को फैसलाउपर तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादी मान सिंह डाँगीको तर्फबाट यस अदालतमा पुनरावेदन पत्र दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य यसप्रकार छ । मिति २०६२/०८/१४ गतेका दिन नेपाल विद्युत्‌ प्राधिकरण प्रशाखा तुलसीपुरबाट खटिई गएको निरीक्षण टोलीहरू धनौरी गा.वि.स. वडा नं.६ स्थित कासीपुरको गंगा राइस एण्ड आयल मिलमा निरीक्षण गर्दा, उक्त मिलको मिटरवक्सको टर्मिनल कभर नभएको, मिटरको अन्तिम अङ्क नदेखिने गरी प्वाल पारेको र मिटरको माथिबाट पनि प्वाल पारी चक्‍का नघुम्ने गरी काठको किलाले रोकेको भन्‍नेसमेत बेहोराको मिति २०६२/०८/१४ को मुचुल्का । मिति २०६२/०८/१४ गते धनौरी गा.वि.स. वडा नं.६ काशीपुर स्थित गंगा राइस एण्ड आयल मिल (ग्राहक नं.२-१८-५०२) को मिटर निरीक्षण गर्दा विद्युत्‌ मिटर रिडिङ अङ्कको अन्तिम अङ्क माथिबाट प्वाल पारेको, मिटरको माथिबाट चक्‍कामा सटायर किल्ला गाडेको र मिटर चालु अवस्थामा रहेको भन्‍नेसमेत बेहोराको मिटरको रेखाभित्रसहितको मुचुल्का । गंगा राइस एण्ड आयल मिल (ग्राहक नं.२-१८-५०२) ले मिटर बिगारी अनियमितता गरेको देखिएकोले आवश्यक कारबाहीका लागि स्थलगत मुचुल्का साथै ग्राहक लेजर पेस गरेको भन्‍नेसमेत बेहोराको दिपकजंग