निर्णय नं. १००५७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००५७ - कर्तव्य ज्यान भाग: ६० साल: २०७५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७४/०५/१९ ६०२२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा फैसला मिति : २०७४।५।१९ ०७२-CR-२१२८ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : हिरे कामीको छोरा जिल्ला रूकुम गरायला गा.वि.स. वडा नं. ५ घर भई हाल कारागार कार्यालय, नेपालगञ्जमा थुना कैदमा रहेको किरण वि.क. विरूद्ध प्रत्यर्थी / वादी : मोहमद फुर्कान अन्सारीको जाहेरीले नेपाल सरकार कुनै प्रतिवादीले आफू संलग्न वारदातका सम्बन्धमा अनुसन्धान अधिकारीसमक्षको बयानमा आरोपित कसुर स्वीकार गरी अदालतसमक्षको बयानमा असत्य वा झुठो कुरा व्यक्त गर्न सक्दछ तर परिस्थिति र तथ्यले कहिल्यै झुठो बोल्दैन भन्ने मान्यताको जगमा परिस्थितिजन्य प्रमाणको सिद्धान्त अडेको हुन्छ । अप्रत्यक्ष प्रमाणको आधारबाट पनि अदालतले विवादको सही निरूपण गर्नुपर्ने हुन्छ । अपराधीले सदा कसैले देख्ने गरी अपराध नगर्ने र अपराधसँग सम्बन्धित दशी प्रमाणसमेत नष्ट गर्ने प्रयास गर्ने हुँदा फौजदारी मुद्दामा परिस्थितिजन्य प्रमाणबाट पनि दोषी पत्ता लगाउनु पर्ने बाध्यता रहने । कुनै पनि प्रतिवादीले प्रत्यक्ष प्रमाण (Direct Evidence) नष्ट गर्न सक्ने र प्रत्यक्षदर्शीको अभाव रहेको अवस्थामा पनि दोषी पत्ता लगाउनु पर्ने अवस्थामा परिस्थितिजन्य (Circumstantial Evidence) प्रमाणको सहारा लिनु पर्ने हुन्छ । यस्तो अवस्थामा प्रतिवादीले परिस्थितिजन्य प्रमाणलाई दबाउन, लुकाउन वा तोडमोड गर्न कठिन हुने हुँदा प्रत्यक्ष प्रमाणभन्दा यो बढी विश्वासयोग्य मानिने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : नेकाप २०६८, अंक ९, नि.नं.८६८७ सम्बद्ध कानून : सुरू तहमा निर्णय गर्ने : माननीय न्यायाधीश श्री हरिप्रताप के.सी. बाँके जिल्ला अदालत पुनरावेदन तहमा निर्णय गर्ने : माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल माननीय न्यायाधीश श्री वीरबहादुर डाँगी पुनरावेदन अदालत, नेपालगञ्ज फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र रही प्रतिवादी किरण वि.क.को पुनरावेदन परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ:- जिल्ला बाँके, कचनापुर गाउँ विकास समिति वडा नं. ९ राजपुर स्थित वनशक्ति सामुदायिक जंगलमा पूर्व पश्चिम वनशक्ति सामुदायिक जंगल, उत्तर दक्षिण राजमार्ग सडक खण्ड र राजपुर गाउँ जोड्ने ग्रावेल बाटो यति चार किल्लाभित्र पर्ने उक्त बाटोमा उत्तरतर्फ फर्काइ राखेको सेतो रंगको बोलेरो गाडी रहेको सो गाडीको अगाडिको भारतीय नम्बर लेखिएको नम्बर प्लेटमा रातो इनामेलले पोती पछाडिपट्टीको नम्बर प्लेट निकाली सो प्लेट राखेको स्थानमा इनामेलले लिपेको दुवै ठाउँ अगाडि पछाडि हातले बा.७.च.०७६४ नं. को लेखिएको सो गाडी शंकास्पद लागि उक्त गाडीको ढोका खोली हेर्दा सो गाडीभित्रको सिटमा भारतीय UP40T0072 नं. लेखिएको नम्बर प्लेट फेला परेको शंकास्पदमा अवस्थामा प्रहरी टोलीले फेला पारी हामीहरूको रोहबरमा बरामद गरी लिएको भन्ने खानतलासी तथा बरामदी मुचुल्का । म निवेदकको घर भारत जिल्ला बहराइच नानपारा बजारमा रहेको र मेरो ४ जना छोराहरू रहेकोमा जेठो छोरा मोहम्मद हसन अन्सारीले भारतकै नानपारा बस्ने विनोद कुर्मीको भारतीय नम्बर UP40T0072 नं. को