निर्णय नं. १००५८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००५८ - कर्तव्य ज्यान भाग: ६० साल: २०७५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७४/०५/१९ ३९८४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा फैसला मिति : २०७४।५।१९ ०७१-CR-१३०७ मुद्दाः कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : जिल्ला दार्चुला, धुलीगडा गाउँ विकास समिति वडा नं. घर भई हाल कारागार कार्यालय दार्चुलामा कैदमा रहेका आन सिंह ठगुन्ना विरूद्ध प्रत्यर्थी / वादी : नरेन्द्र सिंह ठगुन्नाको जाहेरीले नेपाल सरकार आवेशप्रेरित हत्याको कुरामा तत्काल उठेको रिसको आवेगमा कुनै प्रतिक्रियात्मक कार्य गर्दा मानिसको मृत्यु भएको अवस्था हुन्छ । मृतकले गरेको कुनै कार्यको परिणामस्वरूप अभियुक्त तत्काल आवेगमा आई कसुरजन्य कार्य गर्न पुगेको अवस्था देखिनु आवेशप्रेरित हत्या ठहर हुनका लागि आवश्यक हुन्छ । मृतकले गरेको कार्यबाट आवेशमा आउने अवस्था थियो वा थिएन भन्ने कुरा Reasonable person standard बाट परीक्षण गरिनुपर्दछ । केवल मृतकको व्यवहार वा कार्यका कारणबाट आवेशमा आएर ज्यान लिएको हुँ भनी प्रतिवादीले गरेको जिकिरलाई नै आवेशप्रेरित हत्या भनी मान्ने निर्णायक आधारको रूपमा ग्रहण गर्न नसकिने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री शोभा कार्की प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सुरेन्द्र थापा अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री जयानन्द पनेरू दार्चुला जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय मुख्य न्यायाधीश श्री पोषनाथ शर्मा मा. न्यायाधीश श्री रामेश्वरनाथ अमात्य पुनरावेदन अदालत, महेन्द्रनगर फैसला न्या. ईश्वरप्रसाद खतिवडा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदक प्रतिवादी आन सिंह ठगुन्नाको पुनरावेदन यस अदालतमा दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ:- तथ्य खण्ड पूर्वमा जय सिंह ऐरीको आवादी जमिन, पश्चिममा निजकै खरफागलो, उत्तरमा निज जय सिंह ऐरीको आवादी जमिन, दक्षिणमा धुलिगडा गाउँबाट दार्चुला खलंगा जाने गोरेटो बाटो यति चार किल्ला सिमानाभित्र दक्षिण मोहडा भएको भूमिराज मन्दिर, सो मन्दिरको बाहिरपट्टि फूल र धूपका कभरहरू तथा चामल रहेको, सो नजिकै आगो बालेको खरानी जलेका दाउरा रहेका, सो स्थान नजिकै फलामको कराई र दाउराको थुप्रो रहेको, सोही स्थानमा जिल्ला दार्चुला धुलिगडा गाउँ विकास समिति वडा नं. १ बस्ने पदम सिंह ठगुन्ना उत्तानो अवस्थामा रहेको निजको अनुहारको बायाँपट्टि र टाउको पछाडि रगत जस्तो रातो पदार्थ बगिरहेको, निज आगो बालेको स्थानमा बसिरहेको अवस्थामा खानेपानीको विषयलाई लिएर वादविवाद हुँदा विपक्षी आन सिंह ठगुन्नाले सोही स्थाननजिक रहेको दाउराको थुप्रोबाट दाउराको चिरपट समाती निज पदम सिंह ठगुन्नाको टाउकोमा प्रहार गरी सख्त घाइते बनाएको, घटनास्थलमा प्रयोग गरेको लम्बाई २ फिट, गोलाई अं. ५ ईन्च भएको रातो रगत जस्तो दाग लागेको रूइस काठको चिरपट प्रहरीले घटनास्थल मुचुल्कासाथ उठाई लगेको भन्ने बेहोराको घटनास्थल मुचुल्का । पूर्वमा चौलानी नदी, पश्चिममा गोकुलेश्वर अस्पतालको भवन, उत्तरमा बहुमुखी क्याम्पस जाने रोड, दक्षिणमा सोही अस्पतालको शौचालय, यति चारकिल्लाभित्र उक्त गोकुलेश्वर अस्पतालको लास घर, सो लास घरको उत्तरपट्टिको बरण्डामा खैरो रङको कम्बलले छोपी उत्तानो अ