निर्णय नं. १००५९ - अपहरण तथा शरीर बन्धक

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००५९ - अपहरण तथा शरीर बन्धक भाग: ६० साल: २०७५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७४/०७/०६ ३७७४ सर्वोच्‍च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७४।७।६ मुद्दाः अपहरण तथा शरीर बन्धक ०६९-CR-०६५६ पुनरावेदक / प्रतिवादी : जिल्ला सर्लाही सुदामा गाउँ विकास समिति वडा नं. ९ घर भई हाल कारागार शाखा कार्यालय महोत्तरीमा थुनामा रहेकी कोशिला देवी महतो विरूद्ध प्रत्यर्थी / वादी : सिताराम महतोको जाहेरीले नेपाल सरकार ०७०-CR-०२२२ पुनरावेदक / प्रतिवादी : जिल्ला सर्लाही सुदामा गाउँ विकास समिति वडा नं. ९ घर भई हाल कारागार शाखा कार्यालय महोत्तरीमा थुनामा रहेकी अनितादेवी धोबी बैठा विरूद्ध प्रत्यर्थी / वादी : सिताराम महतोको जाहेरीले नेपाल सरकार ०७१-CR-०१७१ पुनरावेदक / वादी : सिताराम महतोको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सर्लाही सुदामा गाउँ विकास समिति वडा नं. ९ घर भई हाल कारागार शाखा कार्यालय महोत्तरीमा थुनामा रहेकी अनितादेवी धोबी बैठा सामान्यतया अनुसन्धान अधिकारीसमक्ष गरेको साबिती बयानको आधारमा मात्र कसुर ठहर गर्न पर्याप्त प्रमाण होइन । तर अनुसन्धान अधिकारीसमक्षको बयान कुनै दबाब प्रभावविना आफ्नो अन्तर हृदयबाट स्वस्फूर्त रूपमा आरोपित कसुरसँग स्वभाविक सामाञ्जस्यता हुने गरी बयान गरी सो बयानलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भइराखेको छ भने अनुसन्धान अधिकारीसमक्ष गरेको बयानलाई प्रमाणमा ग्रहण नगर्ने हो भने सो बयान गर्न पर्ने कानूनी व्यवस्थाको कुनै अर्थ र प्रयोजन देखिन नआउने । (प्रकरण नं.६) कसुरजन्य कार्यमा कसुरदारको सहभागिताको संख्याले थप सजाय हुने र पीडित नाबालक वा महिला विरूद्ध कसुर गरेकोमा हुने थप सजायको कानूनी व्यवस्थाले अलगअलग आपराधिक दायित्व रहने भएर नै अलगअलग थप सजायको कानूनी व्यवस्था गरिएको हो । उक्त ७ र ९ नं. मा उल्लिखित अलगअलग प्रकृति र तत्त्वहरू विद्यमान भएको अवस्थामा कुनै एउटा कानूनी व्यवस्थाले गर्नुपर्ने थप सजाय मात्र गरिने हो भने अलगअलग थप सजाय हुने कानूनी व्यवस्थाको कुनै प्रयोजन नै रहन नजाने । (प्रकरण नं.१४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ शाखा अधिकृत श्री प्रतिमा दाहाल अवलम्बित नजिर : नेकाप २०६१, नि.नं.७४११, पृ.८९३ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री ओमकार उपाध्याय सर्लाही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री पोषनाथ शर्मा माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल पुनरावेदन अदालत जनकपुर फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एव ठहर यसप्रकार रहेको छः- मिति २०६७/४/२ गते मेरो काकाको कालगतिले मृत्यु भई उक्त दिन श्राद्ध परेको हुँदा म र मेरो जेठो छोरा दिनभरि काकाको घरमा कामकाज गरिरहेका थियौं । मेरो भर्खर जन्मेको छोरा अविनाश महतोको रेखदेख गर्नको लागि मेरो श्रीमती कसैकीमा सोही दिन अन्दाजी १७:३० बजेको समयमा नाबालक छोरालाई घरमा एक्लै छोडी श्राद्ध हेर्न गएको अवस्थामा मेरो गाउँकै कोशिलादेवी महतो र अनिता धोबीले नाबालक छोरालाई अपहरण गरी लगी जिल्ला सर्लाही मधुवनगोठ गाउँ विकास समिति वडा नं. ३ मा बस्ने रामभरोस रायको एकान्तमा रहेको गो