निर्णय नं. १००६० - अपहरण उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००६० - अपहरण उद्योग भाग: ६० साल: २०७५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७५/०५/०८ ३५३३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७५।५।८ ०७२-CR-१४७१ मुद्दा : अपहरण उद्योग पुनरावेदक / वादी : सुरेन्द्रकुमार झाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला महोत्तरी, सोनमा गा.वि.स. वडा नं.२ घर भई हाल जिल्ला धनषा, जनकपुर उपमहानगरपालिका वडा नं.८ बस्ने रामबाबु यादवको छोरा हाल कारागार कार्यालय जलेश्वरमा थुनामा रहेको त्रिलोककुमार यादवसमेत न्यायालयले ऐन बनाउने होइन, संशोधन गर्ने र खारेज गर्ने पनि होइन । व्याख्याको माध्यमबाट ऐनमा रहेको प्रस्ट प्रावधानलाई निष्क्रिय गर्ने काम पनि अदालतले गर्न हुँदैन । कानूनको प्रयोग गर्ने क्रममा अदालतले विधायिकाको मनसाय, भावना र उद्देश्यलाई आत्मसात् गरी व्याख्या गर्नुपर्ने हुन्छ । कानूनको व्याख्या गर्दा “र” एवं “वा” को प्रयोग वा अर्थ के हो भन्ने कुरा सामान्य समझबाट बुझिने कुरा हो । यस्ता कुरामा त्रुटि देखिनु शोभनीय हुँदैन । यसप्रकारको प्रवृत्तिबाट निर्णयकर्ताको क्षमता सम्बन्धमा प्रश्न उठने अवस्था रहने । न्यायको मकसद पूरा हुने भन्ने कुराको आडमा कानून प्रतिकूल निर्णय गर्न हुँदैन । अदालतबाट कानूनअनुकूल, कानूनको सीमा र परिधिभित्र रही न्याय सम्पादन गर्नुपर्दछ । कानूनको दायरा नाघेर स्वेच्छाचारी तवरले "मकसद" को नाममा गरिएका कार्यको औचित्य प्रमाणित हुन सक्दैन । त्यस प्रकारको प्रवृत्ति बढ्दै गयो भने न्यायिक अन्यौल, अनिश्चितता र अराजकताको स्थिति पैदा हुने खतरा रहन्छ । कैद र जरिवाना दुवै सजाय अनिवार्य रूपमा गर्नुपर्ने गरी भएको कानूनी व्यवस्थालाई न्यायको मकसद पूरा हुने भनी कैदको मात्र सजाय गर्दा न्यायको उद्देश्य परास्त हुन जाने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री वीरेन्द्रप्रसाद साह अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं., ५ नं. सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री मुकेश उपाध्याय धनुषा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री शेषराज सिवाकोटी माननीय न्यायाधीश श्री मेघनाथ भट्टराई पुनरावेदन अदालत जनकपुर फैसला न्या. ईश्वरप्रसाद खतिवडा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्राप्‍त भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- जिल्ला धनुषा, जनकपुर नगरपालिका, वडा नं.७ स्थित उत्तर मोहडा भएको २ तल्ले सुरेन्द्र झाको पक्की घर रहेको, सो घर कोठाहरू मध्येको माथिल्लो तल्लाको उत्तर पश्चिम कुनाको घर कोठामा सुरेन्द्रकुमार झालगायतका निजका छोराछोरी सुत्ने गरेको घर कोठा रहेकोमा सोही घर कोठामा ९८०४८३२२३८ नम्बरको मोबाइलमा ९८०४८५३५६१ नम्बरको मोबाइल फोनबाट बलराम त्यागी भन्‍नेलगायत ३/४ जना व्यक्तिहरूले पटकपटक फोन गरी नगद रू.५,००,०००/- मागेको, नदिएमा छोराछोरीसमेतलाई अपहरण गर्ने धाकधम्की दिएको भन्‍ने बेहोराको घटनास्थल मुचुल्का । मिति २०६९।२।७ गते राति म जाहेरवालालगायतका घर परिवारका मानिसहरू खाना खाई घरमा घरायसी कुराकानी गरी बसिरहेका थियौं । राति ९ बजेर ५९ मिनेट जाँदाको स