निर्णय नं. १००६२ - सामूहिक जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००६२ - सामूहिक जबरजस्ती करणी भाग: ६० साल: २०७५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७४/११/०६ ३१०७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७४।११।६ ०७४-CR-००५० मुद्दाः- सामूहिक जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : कञ्चनपुर जिल्ला बाईसीविचवा गा.वि.स. वडा नं. ....... घर भई हाल कारागार कार्यालय कञ्चनपुरमा कैदमा रहेको तिर्थलाल राना विरूद्ध प्रत्यर्थी / वादी : नाम परिवर्तित शिवाको जाहेरीले नेपाल सरकार सामूहिक क्रियाबाट भएको जबरजस्ती करणी जस्तो कसुरमा पीडित र प्रतिवादीहरूले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष साथै अदालतमा गरेको कागज र बयान, प्रतिवादीहरूले एक अर्कामा गरेको पोल र वादी पक्षका साक्षीहरूसमेतले अदालतमा वारदातको तथ्य र त्यसमा प्रतिवादीहरूको संलग्नताको सम्बन्धमा गरेको बकपत्रहरूबीच देखिने बढीभन्दा बढी सामञ्जस्यतामा तथ्य र सत्य पहिल्याएर नै कसुरदार ठहर्‍याउनु पर्ने । अझ सामूहिक जस्ता क्रिया सबै वारदात र कसुरमा प्रत्यक्ष, ठोस एवं भौतिक प्रमाणहरू नै हुन्छन् भन्न सकिने अवस्था हुँदैन । प्रतिवादीले आफूलाई कसुरबाट निर्दोष साबित गराउन भरमग्दुर प्रयास गरे पनि निजहरूलाई कसुरदार ठहर्‍याउने यी यस्ता प्रकृतिका प्रमाणहरू नै पर्याप्त आधार हुने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वैतनिक अधिवक्ता श्री शोभा कार्की प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- मा. जिल्ला न्या. श्री भोजराज अधिकारी कञ्चनपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल माननीय न्यायाधीश श्री विरेन्द्रकुमार कर्ण उच्च अदालत दिपायल फैसला न्या. तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- मिति २०७१।११।०३ गते भजौरा रानाको छोरा नन्दलाल रानाको विवाहमा मेरी छोरी वर्ष २० की नाम परिवर्तित कञ्चनपुर ‘७५जे’ निम्ता मान्न गएकी थिइन् । उल्लिखित प्रतिवादीहरूले मेरी छोरीलाई विवाह घरबाट जबरजस्ती उठाई रामबहादुर तामाङको उखुबारीमा लगेर राजेश भन्ने गोविन्द रानासमेतका व्यक्तिहरूले जबरजस्ती करणी गरेकाले सो कुरा मेरी छोरीले सुमित्रा रानालाई सुनाएपछि बेहोस भइन् । सुमित्रा रानाले हामीलाई खबर गरेपछि बेहोस अवस्थामा फेला परिन् । तसर्थ मेरी छोरीलाई जबरजस्ती करणी गर्ने निज प्रतिवादीहरूलाई मुलुकी ऐन जबरजस्ती करणीको महलबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम शिवको जाहेरी दरखास्त । मिति २०७१ फाल्गुन ३ गते राति गाउँमा भएको विवाहमा बाजा बजाउन आएका बाईसीविचवा गा.वि.स वडा नं. ५ बस्ने राजेश भन्ने गोविन्द राना नाम भन्नेलगायतका ६ जनाले गाउँकै उखुबारी तथा गहुँबारीमा लगी जबरजस्ती सामूहिक बलात्कार गरेकाले कानूनी कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरवाला नाम परिवर्तित शिवको ठाडो उजुरी । मिति २०७१।११।०३ गतेका दिन म आफ्नो घर जिल्ला कञ्चनपुर पु.न.पा. १० उदरीबाट आफ्नै गाउँमा विवाहमा गएको अवस्थामा उक्त विवाहमा केटा पक्षबाट जन्तीमा आएको जिल्ला कैलाली ध.न.पा. अन्तर्गत धनगढी गाउँ बस्ने राजेश भन्ने गोविन्द रानाले मलाई विवाह जन्तीमा भएको अवस्थामा बोलाउँदा मैले एक दुई महिना फोनमार्फत निजलाई चिनेकीमा निजको साथमा जाँदा निजलगायत निजको साथम