निर्णय नं. १००६३ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००६३ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७४/०९/१४ ३३९० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७४।९।१४ ०७२-WO-०३६९ मुद्दाः उत्प्रेषण / परमादेश निवेदक / पक्ष : बैतडी जिल्ला दुर्गास्थान गा.वि.स. वडा नं. ९ घर भई केन्द्रीय प्रहरी विशेष कार्यदल नक्साल दरबन्दी भई प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखामा प्रहरी हवल्दारको पदमा कार्यरत रहेको अवस्थामा बर्खास्त गरिएको चन्द्री चन्दको नाति हरि चन्दको छोरा तारा चन्द विरूद्ध विपक्षी / प्रत्यर्थी : प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंसमेत कर्मचारीलाई गम्भीर कसुर कायम गरी सजाय गर्दा गम्भीर प्रकृतिको नै कसुर गरेको वा सामान्य प्रकृतिको कसुर पटकपटक गर्ने गरेको र त्यसअघि पनि त्यस्तो कसुर दोहोरिने गरेकोमा कारबाहीमा परी सचेत गराउँदागराउँदै पनि अटेर गरी त्यस्तै कसुरहरू पटकपटक दोहोरिई रहे मात्र गम्भीर प्रकृतिको विशेष सजाय गर्नु कानूनअनुकूल हुन जाने । (प्रकरण नं.७) निवेदक / पक्षका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री भेषराज पन्त विपक्षी / प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता नारायण पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : प्रहरी नियमावली, २०७१ आदेश न्या.तेजबहादुर के.सी.: नेपाल संविधान २०७२ को धारा १३३(२) र (३), तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ तथा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ४०(१) बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः- म मिति २०५९।०४।०५ मा प्रहरी जवान पदबाट प्रहरी सेवामा प्रवेश गरी मिति २०७१।१०।२३ मा मलाई निलम्बन गर्नुपूर्वसम्म प्रहरी सेवामा कार्यरत व्यक्ति हुँ । मैले सेवा अवधिमा The United Nations Medal लगायत विभिन्न प्रशंसा पत्र पाउनुका साथै प्रहरी अतिरिक्त महानिरीक्षक श्री प्रताप सिंह थापाज्यूको अंगरक्षकका रूपमा कार्यरत थिएँ । मिति २०७१।१०।०६ मा ड्युटी सकिएपछि डेरामा जान लागेको अवस्थामा प्र.अ.म.नि. प्रताप सिंह थापाको सवारी चालकले सवारी साधन ग्यारेजमा राख्न लैजान लागेको अवस्थामा रातको समय र नेपाल बन्दको कारणबाट म सो सवारी साधनमा बसेको थिएँ । सवारी चालकले सवारी साधनमा नियन्त्रण गुमाई सवारी साधन दुर्घटना पर्न गएको थियो, जसमा मेरो कुनै भूमिका छैन । निज सवारी चालक प्रहरी जवान मेरो मातहतमा खटिएका व्यक्ति होइनन् । यही विषयलाई आधार बनाई मिति २०७१।११।०४ मा मलाई २४ घण्टे स्पष्टीकरण सोधिएको र स्पष्टीकरण पेस गरिसकेपछि मिति २०७१।११।२५ मा प्रहरी नियमावली, २०७१ को नियम ११३(१)को देहाय (क) र (ग) को कसुरमा ऐ. नियमावलीको नियम १०९(ख)(१) बमोजिम मलाई भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नहुने गरी सेवाबाट हटाउने निर्णय भयो । उक्त निर्णयउपर पुनरावेदन गरेकोमा विपक्षी प्र.ना.म.नि. कमल सिंह बमज्यूले मिति २०७२।०५।१५ मा प्रहरी ऐन, २०१२ को दफा ३४(क) आकर्षित भएकोले विचार गरिरहनु नपर्ने भनी सुरू निर्णय सदर गर्नुभएकोमा सो निर्णय गर्दा दफाको व्यवस्थाबमोजिम मलाई सजाय नगरी गरिएको सजायलाई बदर गरिपाऊँ । साथै प्रस्तुत निवेदनलाई अग्राधिकार दिई हेरिपाउँ भन्नेसमेत बेहोराको निवेदक तारा चन्दको रिट निवेदन । यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार, कारण र प्रमाण भए सोसमेत खुलाई सूचना म्याद प्राप्त भएका मितिले बाटाका म्यादबाहेक १५