निर्णय नं. १००६५ - लिखत दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००६५ - लिखत दर्ता बदर दर्ता भाग: ६० साल: २०७५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७५/०२/२८ ३६५१ सर्वोच्च अदालत संयुक्त इजलास सम्माननीय का.मु.प्र.न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री दीपककुमार कार्की फैसला मिति : २०७५।२।२८ ०७१-CI-१२९९ मुद्दाः लिखत दर्ता बदर दर्ता पुनरावेदक / वादी : जिल्ला बारा गा.वि.स. पिप्रा सिमरा वडा नं.४ बस्ने राजनाथ उपाध्यायको छोरा विनयकुमार उपाध्याय विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला म्याग्दी, झीं गा.वि.स. वडा नं.५ स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला, गोंगबु गा.वि.स. वडा नं.४ बस्ने मीना शेरचन बैंकसँगको ऋण कारोबारमा घरजग्गा नै लिलामी प्रक्रियासम्म पुगेको र लिलामको अन्तिम अवस्थामा घरको मुख्यसमेत अन्य अंशियाराले थाहा पाउन सक्ने अवस्थामा वादीले समेत थाहा नपाएको भन्ने प्रस्ट आधार नै नदेखिएको र त्यस्तो लिलामी प्रक्रियामा पुगी सम्पत्ति नै सोही प्रक्रियाबाटै हस्तान्तरण हुने अवस्थामा पनि बेवास्ता गर्ने कार्य आफैँमा हकाधिकार त्याग गर्न चाहेको अर्थमा बुझ्नु पर्ने । अंशको अधिकारको दाबी गर्नेले ऋण दायित्वतर्फ समेत उदासिन हुन मिल्ने हुँदैन । ऋण लगानी गरी बैंकले रोक्का राखेको सम्पत्ति २०५७ सालमा अंश मुद्दा परेको कारणले मात्र सोपूर्वको सगोलको व्यवहार देखिएबाट बैंकको ऋण असुली प्रक्रिया स्वाभाविक देखिएको मान्नुपर्ने । (प्रकरण नं.६) घरको मुख्यसमेतको सहमतिमा सगोलको बैंकको ऋण तिरी दिएबापत दाबीको घरजग्गा राजीनामा गरी हक हस्तान्तरण भई हालको अवस्थामा हक टुटिसकेको र तेस्रो पक्षमा सम्पत्ति उचित हस्तान्तरण (Just Transfer) भएको देखिएकोले अंश दपोट भन्ने आधारमा वास्तविक परिस्थिति र सन्दर्भ लुकार्इ हकको दाबी गर्नु न कानूनसङ्गत, न न्यायसङ्गत र न व्यवहारसङ्गत नै मान्न सकिने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सूर्यजीतकुमार सिंह प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्या. श्री अवध विहारी सिन्हा बारा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल माननीय न्यायाधीश श्री सरीता शर्मा पुनरावेदन अदालत हेटौंडा फैसला का.मु.प्र.न्या.दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः मूल पुर्खा राजनाथ उपाध्यायको श्रीमती जेठी पानमतीदेवी, कान्छी ईन्द्रादेवी हुन् । पानमतीदेवीको तर्फबाट म फिरादी विनयकुमार उपाध्याय र ईन्द्रादेवीको तर्फबाट २ छोराहरू राजेन्द्रकुमार उपाध्याय र जीतेन्द्रकुमार भई जीतेन्द्र उपाध्यायको श्रीमती चण्डीकादेवीसमेतका उपर मैले २०५७ सालको दे.नं.७६० को अंश दर्ता मुद्दा दिई मिति ०५९।९।२९ मा फैसला भई वादीले ३ भागको १ भागको ६ भागको २ भाग अंश पाउने ठहरी फैसला भइसकेको छ । उपर्युक्त अंश मुद्दामा काठमाडौं जिल्ला अदालतले सम्पूर्ण सम्पत्तिको तायदाती फाँटवारी माग हुँदा विपक्षीमध्येका प्रतिवादी राजनाथ उपाध्यायले अंशको तायदाती फाँटवारी पेस गर्दा स्व. ईन्द्रादेवी उपाध्यायको नाम दर्ताको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.९ सि.नं.११०७ कि.नं.४५७ ज.वि.०–१२–२–१ दपोट गरी नदेखाई दबाई छिपाई अंश दपोट गर्नु भएकोमा दिएको अंश दपोट हक कायम दर्ता मुद्दाबाट विपक्षीहरूमध्ये राजनाथ उपाध्यायसमेतले अंश दपोट गरेकोमा विपक्षीहरूले र.नं.४०३