निर्णय नं. १००६७ - लागु औषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००६७ - लागु औषध भाग: ६० साल: २०७५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७३/१२/२१ ५८१५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७३।१२।२१ ०७१-CR-०७३८ मुद्दाः लागु औषध पुनरावेदक / प्रतिवादी : जिल्ला नुवाकोट वेतिनी गा.वि.स. वडा नं.७ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा कैदमा रहेका सङ्गबहादुर तामाङ विरूद्ध प्रत्यर्थी / वादी : प्र.ना.नि.हरिप्रसाद भट्टसमेतको जाहेरीले नेपाल सरकार कानूनले लागु औषधको कसुरलाई Possessory Crime को रूपमा परिभाषित गरी प्रमाणको भार प्रतिवादीमा निहित राखिदिएको र प्रतिवादीले लगाएको ट्रयाकसुटको खल्तीबाट ५९ ग्राम लागु औषध खैरो हिरोइन बरामद भएको अवस्थामा निजको अदालतको इन्कारी बयानलाई मात्र आधार मानी अभियोग दाबीको कसुर निजले गरेको रहेनछ भनी मान्न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री नवराज थपलिया र श्री पुष्पराज पौडेल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू फैसला गर्ने:- माननीय न्यायाधीश श्री भोजराज शर्मा काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री भिमबहादुर बोहरा मा. न्यायाधीश श्री सहदेवप्रसाद बास्तोला पुनरावेदन अदालत, पाटन फैसला न्या.ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- मिति २०६९।५।२७ को दिउँसो अं. १६:०० बजेको समयमा का.जि. गंगबु गा.वि.स. वडा नं. ४ गंगबु चोकस्थित सार्वजनिक सडक खण्डमा एकजना व्यक्ति ना १० प ९३५५ नं. को निलो रंगको १५० सि.सि. को पल्सर मोटरसाइकलमा यताउती हेरी शंकास्पद अवस्थामा बसेको देखी निजलाई नियन्त्रणमा लिई निजले लगाएको पाइन्टको बायाँपट्टिको पछाडिको खल्तीमा निजकै नामको सवारीचालक अनुमति पत्र, ना १० प ९३५५ नं. को मोटरसाइकलको सवारी दर्ता किताब र शरीरको माथिल्लो भागमा लगाएको ट्रयाकको दायाँ साइडको खल्तीमा सेतो रंगको प्लास्टिक फेला परेको उक्त प्लास्टिक खोली हेर्दा लागु औषध खैरो हिरोइन जस्तो पदार्थ फेला परेकोले उक्त पदार्थ सम्बन्धमा निजलाई सोधपुछ गर्दा उक्त लागु औषध वीरगञ्जबाट सेवन, बिक्री वितरणको लागि साथमा बोकी लिई आएको भनी बताएको हुँदा नजिकै रहेको धौलागिरी सुनचाँदी पसलमा लगी प्लास्टिकसहित तौल गर्दा ६१ ग्राम रहेको र प्लास्टिक हटाई तौल गर्दा ५९ ग्राम खैरो हिरोइन जस्तो पदार्थ फेला परेको हुँदा निज सङ्गबहादुर तामाङलाई पक्राउ गरी दाखिला गरेका छौं कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको खानतलासी बरामदी मुचुल्का तथा प्रहरी प्रतिवेदन । प्रतिवादी सङ्गबहादुर तामाङको साथबाट बरामद भई आएको ५९ ग्राम लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थमध्येबाट परीक्षण प्रयोजन, अदालत प्रयोजन, अनुसन्धान अधिकृत प्रयोजनको लागि ३।३ ग्रामको दरले र बाँकी रहेको ५० ग्राम नष्टको लागि छुट्टाछुट्टै खाममा खामबन्दी गरी नमुना छुट्याइएको भन्नेसमेत बेहोराको नमुना संकलन गरिएको मुचुल्का । प्रतिवादी सङ्गबहादुर तामाङको साथबाट बरामद भई आएको लागु औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ नमुना छुट्याई बाँकी रहन गएको ५० ग्राम लागु औषध खैरो हिरोइन जस्तो पदार्थ नष्ट गरिएको भन्नेसमेत बेहोराको नष्ट मु