निर्णय नं. ४३३४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३३४ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४८/०८/१० १९६१ निर्णय नं. ४३३४ ने.का.प. २०४८ अङ्क ८ पूर्णइजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४६ सालको रि.पू.इ.नं. ३८ आदेश भएको मिति: २०४८।८।१०।३ मा निवेदक/प्रत्यर्थी : जि.पर्सा भोराटार गा.वि.स. वडा नं. बस्ने हिरालाल रौनियारसमेत विरुद्ध विपक्षी/रिटनिवेदक : ऐ.ऐ.बस्ने किसुन राउत कुर्मी विषय : उत्प्रेषण (१) कूत बालीमा मुद्दा परेपछिको सालमा मोहीले जग्गा जोतेको छैन भनी निवेदक जग्गाधनीले भन्न सकेको छैन यस्तोमा विपक्षी रिट निवेदकले कूत नबुझाएको भन्न र मोही निष्काशन हुन्छ भन्न न्यायको दृष्टिले नमिल्ने । (प्रकरण नं. १०) निवेदक, प्रत्यर्थीहरुतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षी, रिटनिवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती भू.सु. कार्यालय तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्र कोइराला अवलम्बित नजीर : ने.का.प. २०३४, अंक १०, पृष्ठ २९५ आदेश न्या.हरगोविन्द सिंह प्रधान १. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत संयुक्तइजलासबाट भएको आदेश पूर्णइजलासबाट दोहराई हेरी पाउँ भनी निवेदकहरुले चढाएको बिन्तिपत्रमा व्यहोरा साँचो भए पूर्णइजलासबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४६।२।२३ गतेमा तोक लागी आई पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएकोमा तथ्य यस प्रकार छ :– २. मेरा नाम दर्ता भोराटार गा.वि.स. वडा नं. ६ स्थित कि.नं. १५१ को ज.वि. ०–९–०, कि.नं. १७२ को ज.वि. ०–६–१२, कि.नं. १७८ को ज.वि. ०–४–६, कि.नं. २२५ को ज.वि. ०–१–० समेत ज.वि. १–०–१८ समेतको मोही किसुन राउत कुर्मी भएकोमा २०२७ सालको कूतबाली नबुझाएकोले बाली भराई मोही निष्काशन गरी पाउँ भन्ने विपक्षी सत्यनारायणको निवेदन (साविक पेज नं. ३९१) भू.सु.का., पर्सामा परेकोमा मोही निष्काशन गर्ने गरी २०२८।८।१० मा निर्णय गर्यो । उक्त निर्णय उपर मेरो निवेदन परी सम्मानीत अदालतबाट २०२९।१२।१९ मा विपक्षी भू.सु.का.को निर्णय उत्प्रेषणको आदेशद्वारा बदरगरियो । सो निर्णय अनुरुप उक्त जग्गा मा मेरो मोहियानी यथावत राखी पाउँ भन्ने मेरो निवेदन परे पश्चात एउटै विषयमा विपक्षी सत्यनारायणको छुट्टै निवेदनपत्र परी छुट्टै प्रतिवाद भई विपक्षी भू.सु.का., पर्साबाट मोही निष्काशन गर्ने गरी मिति २०४३।४।९ मा फैसला गरे । ३. विपक्षी भू.सु.का.को मिति २०२८।८।१० गतेको निर्णय बदर भई अन्तिम भई बसे पश्चात १४ वर्ष पछि सोही मिति २०२८।८।१० गतेको फैसलाबाट आधार लिई मोही निष्काशन गरेको न्यायिक मनको अभाव भई अ.बं. १८५ नं. समेतको गम्भीर त्रुटि छ । २०२७ सालको भर्पाई लामो समयसम्म रहन सक्ने स्थिति नभई हराउन गएको हो । त्यस पश्चात साल सालै बाली बुझी भर्पाई गरी दिनु पर्ने बाली भराई मोही निष्काशनमा फिराद गरेकोमा वादी दावी नपुग्ने गरी जि.अ. तथा अं.अ.बाट निर्णय हुनुपर्ने थिएन । २०२७ सालपछि मलाई मोही मानी राख्नु भएको छ । न्यायिक मन प्रयोग नगरी प्रमाण ऐन, २०३१ को दफा ३, ३४, ५४, अ.बं. १८४(क), १८५, १८९ भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख), २५, २९, अदालतका पूर्व फैसला, सम्बद्ध नजीर समेत विपरीत हुन गएको विपक्षी भूमिसुधार कार्यालय, पर्साको मिति २०४३।३।९ गतेको निर्णय उत्प्रेषणको