निर्णय नं. १००६८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००६८ - उत्प्रेषण भाग: ६० साल: २०७५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७४/०९/०९ ३११६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७४।९।९ ०६७-WO-०४०७ मुद्दाः- उत्प्रेषण निवेदक : उदयपुर जिल्ला वेल्तार गा.वि.स. वडा नं.३ घर भई विमानस्थल सुरक्षागार्ड लामिडाँडा खोटाङमा प्रहरी जवान पदबाट हटाइएको राजेशकुमार खतिवडा विरूद्ध प्रत्यर्थी : प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंसमेत कुनै पनि न्यायिक अधिकारको प्रयोग गर्ने अधिकारी वा निकायले सारवान् कानूनका साथै कार्यविधि कानूनको पनि अक्षरश: पालना अनुशरण गर्नुपर्ने हुन्छ । कानूनी कारबाहीमा स्वच्छता, पारदर्शिता एवं निष्पक्षताको अपेक्षा गरी विधायिकाले कानून प्रयोग गर्ने तौरतरिकामा उचित प्रक्रिया (Due process) व्यवस्थित गरेको हुन्छ र त्यस्तो कानून कार्यविधि कानूनको रूपमा रहने । (प्रकरण नं.५) सामाजिक मानवीय आवश्यकतालाई सम्बोधन गर्दा भएका कतिपय कमीकमजोरीहरूमा उच्चतम हदको सजाय तोक्नभन्दा उत्तरदायी बनाउने न्यूनतम हदको सजाय तोक्न सक्ने अधिकार पनि निर्णय गर्ने अधिकारीलाई नै रहेको अवस्थामा सजाय तोक्ने नीति, सिद्धान्तको आधारमा गल्तीको कारक तत्त्व (Cause of misconduct) र सोको समानुपातिक मात्रा (Proportionality of misconduct) लाई हेरेर पनि सजाय तोक्नु पर्छ । गल्तीको असरलाई मात्र अर्थात्‌ अड्डामा गैर हाजिरीको दिनलाई मात्र आधार मानी उच्चतम् हदको सजाय गर्दा सेवाबाट नै वञ्चित हुन जाने हुँदा उचित र न्यायसङ्गत नदेखिने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री बल्लभ बस्नेत प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री नारायणप्रसाद पौडेल अवलम्बित नजिर : ने.का.प. २०६८, अंक ८, नि.नं.८६६३ सम्बद्ध कानून : प्रहरी नियमावली, २०४९ आदेश न्या.सपना प्रधान मल्ल : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः म निवेदक नेपाल प्रहरीको प्रहरी जवान पदमा २०५८ सालमा भर्ना भई खटाइएबमोजिम सेवा गर्दै आइरहेकोमा जिल्ला प्रहरी कार्यालय खोटाङ दरबन्दी भई विमानस्थल सुरक्षा गार्ड लामिडाँडामा काजमा कार्यरत रहेको थिएँ । यस्तैमा घरमा असहज अवस्था उत्पन्‍न भएको खबर पाएपछि आफूभन्दा माथिल्ला अधिकारीसँग स्वीकृति लिई मिति २०६५।६।९ मा घर गएको थिएँ । पारिवारिक कारणले तुरून्तै कार्यालय फर्कन नमिलेको हुँदा टेलिफोनमार्फत आफूभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारीसँग थप बिदाको लागि मौखिक स्वीकृति लिइरहेको थिएँ । यसरी बिदा बसी कार्यालयमा फर्की आएकोमा हाजिर नगराई भविष्यमा सरकारी नोकरीका लागि अयोग्य नहुने गरी सेवाबाट हटाउने निर्णय भयो । म निवेदकलाई नोकरीबाट हटाउने गरी निर्णय हुँदा प्रहरी नियमावली, २०४९ को नियम ८८(ङ) र (झ) को कसुरमा निर्णय गरेको पाइन्छ । नियम ८८(ङ) ले आफ्नो पदको जिम्मेवारीअनुसार आचरण नगरेमा र नियम ८८(झ) ले मनासिब कारण नभई वा बिदा नलिई गैरहाजिर भएमा भन्‍ने व्यवस्था गरेकोमा म निवेदकले के कसरी पदीय आचरण उल्लङ्घन गरेको हो सो सम्बन्धमा निर्णयमा केही उल्लेख भएको पाइन्‍न । आफ्नो पदको के कुन जिम्मेवारीमा म निवेदक उदासीन रहेको वा जिम्मेवारी उल्लङ्घन गरी पदीय आचरण उल्लङ्घन गरेको हो भन्‍ने सम्बन्धमा केही उल्लेख नै नगरी कानूनसम्म उल्लेख गरी कसुर कायम गरी नोकरीबाट हटाउने निर्णय गरेको हुँदा आधारह