निर्णय नं. १००६९ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००६९ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७५/०५/२० ३०२८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७५।५।२० ०७४-WO-००५९ विषयः उत्प्रेषण / परमादेश निवेदक : नुवाकोट जिल्ला, कल्याणपुर गाउँ विकास समिति, वडा नं.५ को हाल परिवर्तित विदुर नगरपालिका, वडा नं.१३ घर भई तत्कालीन जिल्ला प्रहरी कार्यालय, काठमाडौंबाट गैरकानूनी तवरले हटाइएका प्रहरी जवान मदन नारायण श्रेष्ठ विरूद्ध विपक्षी : प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंसमेत निवेदकलाई कर्तव्य ज्यान तथा जबरजस्ती करणी मुद्दामा लागेको कसुर कायम हुन नसकी यस अदालतबाट सफाइ पाएको प्रहरी कर्मचारीलाई मुद्दाको कारणबाट निलम्बनमा राखी बर्खास्त गरेकोमा सफाइ पाएपछि स्वतः पदमा पुनर्स्थापनाको हक रहिरहने । (प्रकरण नं.५) निवेदकको उमेर ४८ वर्ष पूरा भइसकेकोले निज स्वतः अवकाश भइसकेकोले निजलाई साबिक पदमा पुनर्बहाली गरी हाजिर गराई रहनु पर्ने नदेखिने । निलम्बन भएका मितिदेखि अवकाश मितिसम्मको तलबभत्ता तथा अन्य सुविधासमेत दिनु पर्ने । (प्रकरण नं.५ र ६) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रजितभक्त प्रधानाङ्ग, विद्वान् अधिवक्ताहरू श्री नन्दप्रसाद अधिकारी, श्री लक्ष्मीदेवी दाहाल विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल अवलम्बित नजिर : सम्बद्ध कानून : प्रहरी नियमावली, २०४९ आदेश न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: नेपालको संविधानको धारा ४६ तथा १३३(२)(३) बमोजिम पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः म निवेदक २०४८।८।१५ मा प्रहरी जवानमा भर्ना भई साबिक जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा दरबन्दी भई सोहीअन्तर्गतको वडा प्रहरी कार्यालय महाराजगञ्जमा कार्यरत रही आफ्नो कर्तव्य पालना गरिरहेको अवस्थामा २०६०।७।८ गते गोंगबु स्थित न्यू पर्वत स्पार होटलमा रिता लामा (मोक्तान) को मृत्यु हुन गएको घटनामा तत्कालीन प्रहरी अधिकृतले जबरजस्ती रिसइवीका कारण मलाई दोषी करार गरी चरमयातना दिई उक्त घटनामा मेरो संलग्नता रहेको भन्ने कागजात खडा गरी मेरो विरूद्ध कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दा चलाएका कारण म मिति २०६०।७।२६ देखि निलम्बनमा परी मेरो विरूद्ध चलेको उल्लिखित मुद्दामा मलाई सुरू जिल्ला अदालत र पुनरावेदन अदालत पाटनबाट सर्वस्वसहित जन्मकैद हुने ठहर भए पनि सम्मानित सर्वोच्च अदालतबाट सफाइ पाउने ठहरी मिति २०७४।१।११ मा फैसला भएको र फैसलापश्चात् म निवेदकले पुनर्बहालीका लागि मिति २०७४।२।२६ मा मेरो साबिक दरबन्दी रहेको र मलाई निलम्बन गर्ने विपक्षीसमक्ष निलम्बन फुकुवा गरी नोकरीमा पुनर्बहाली गरिपाउँ भनी निवेदन दिएको थिएँ । मिति २०७४।३।२५ मा विपक्षी महानिरीक्षकसमक्ष निवेदन दर्ता गरिसकेपछि प्रहरी प्रधान कार्यालयबाट च.नं.१४३० मिति २०७४।३।२६ का दिन मदननारायण श्रेष्ठले पत्र बुझेको भरपाई पठाइदिनु हुन भनी विपक्षीमध्येका महानगरीय प्रहरी परिसर टेकु काठमाडौंलाई पत्र लेखिएको भनी मैले बर्खास्तीको निर्णय पाए नपाएको सम्बन्धमा सोधिएको पत्रको फोटोकपी उपलब्ध गराइएको थियो तर सोपश्चात् पटकपटक विपक्षीसमक्ष गई मेरो पुनर्बहालीको निर्णय सम्बन्धमा सोध्दा कुनै सुनुवाइ नभएकोले मेरो विरूद्ध भएको निर्णयसहितको कागजातको नक्कलसमेत माग गरी मिति २०७४।४।२० का दिन निवेदन दिँदा मैले विपक्षी महानगरीय प्रहरी परिसर हनुमानढोकामा द