निर्णय नं. १००७० - मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००७० - मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी भाग: ६० साल: २०७५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७४/०५/०२ ६६९६ सर्वोच्‍च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा फैसला मिति : २०७४।५।२ ०७२-CR-०८१० मुद्दाः- मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी पुनरावेदक / वादी : संकेत नाम बौद्ध ९५ को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सिन्धुपाल्चोक, गा.वि.स. पान्ताङ वडा नं.५ बस्ने प्रेम भन्‍ने शंकर वि.क. मुख्यतः अपराधका चारवटा चरणहरू हुन्छन् । पहिलो हो अपराध गर्ने मनसाय चरण; यस चरणमा कसैले कुनै अपराध गर्ने बारेमा सोच्दछ वा मनसायको उत्पत्ति गर्दछ । दोस्रो हो तयारी चरण; यसमा मनले सोचेको कुरालाई कार्य रूप दिनका लागि आवश्‍यक पूर्वाधारहरू तयार वा वातावरण निर्माण गरिन्छ । तेस्रो हो उद्योग चरण; यसमा अपराधको तयारीपश्‍चात् तयारीकर्ताले मनसायपूर्वक अपराध घटाउन वास्तविक कार्यमा उत्रन्छ तर केही अवरोधका कारणबाट अपराध पूरा हुन नपाई खाली पूर्ण अपराधको प्रयत्न मात्र हुन्छ । चौथो तथा अन्तिममा; यसरी अवरोध नआएको भए पूर्ण रूपमा आपराधिक कार्य सम्पन्न हुन्छ । यसबाट अभियुक्तलाई लगाइएको कसुरप्रति निजको अन्तिम प्रयास असफल भएको अवस्था नै आपराधिक उद्योग हो भन्ने स्पष्ट हुन्छ । यदि उद्योग सफल भएको भए उसको इच्छित अपराध पूरा हुने थियो भन्ने अवस्था नै अपराधको उद्योग हो । यसरी अपराधको उद्योग भन्‍नाले अपराध गर्नको लागि आपराधिक मनसायसहित आपराधिक कार्य प्रक्रिया सुरू गरिसकेको तर कुनै कारणवश इच्छित परिणाम प्राप्त गर्न नसकेको अवस्था हुने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री भोजराज शर्मा काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री चण्डीराज ढकाल माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ पुनरावेदन अदालत पाटन फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- काठमाडौ जिल्ला, बौद्ध स्थित मेरो बुबाले सञ्चालन गरेको तामाको भाँडा बनाउने पसलमा दुई वर्ष अगाडिदेखि काम गर्दै आएका प्रेम भन्‍ने शंकर वि.क. सँग बोलचाल हुँदै जाने क्रममा म तिमीलाई माया गर्छु विवाह गर्छु भन्दै नाटक गरी मायाजालमा पारी पटकपटक शारीरिक सम्पर्कसमेत गरेको र कसैलाई भने विष खाएर मर्छु भन्‍ने जस्ता कार्यहरू गरी विभिन्न नाटक गरी भारततर्फ जानुपर्छ भनी मिति २०६९।११।२५ गते मलाई शकंर वि.क.ले चाबहिलमा बोलाई काठमाडौं चाबहिलबाट स्वयम्भूमा लगी ऐ. २५ र २६ गतेसम्म स्वयम्भु स्थित गेष्टहाउसमा राखी शारीरिक सम्पर्क गरी ऐ. २७ गते काठमाडौं स्वयम्भुबाट सिधै भारत दिल्ली जाने रात्री बसमा मेरो नामथरसमेत फरक पारी छुट्टाछुट्टै दुईवटा टिकट काटी जाँदा नचिनेझैं गरी बस्ने भनी सिकाई त्यहाँबाट मलाई भारत दिल्ली लैजाने क्रममा काठमाडौं जिल्ला, नागढुङ्गामा प्रहरी र माइती नेपालका कर्मचारीहरूले सोधपुछ गर्दा विवाह गर्ने बहानामा शंकर वि.क.ले मलाई भारत दिल्ली लैजान लागेको भन्‍ने खुल्न आएकोले यसरी झुठ्ठा प्रलोभन देखाई बिक्री गर्न लैजाने शंकर वि.क.लाई कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको संकेत नाम बौद्ध ९५ को ज