निर्णय नं. १००७१ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००७१ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७४/०९/३० २६१० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत आदेश मिति : २०७४।९।३० २०७३-WO-१३७२ मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : महोत्तरी जिल्ला हलखोरी गा.वि.स. वडा नं.८ परिवर्तित एकडारा गाउँपालिका वडा नं.४ बस्ने बृज मोहन शुक्ला विरूद्ध विपक्षी : उच्च अदालत, जनकपुर, धनुषासमेत सगोलमा छँदा खाएको ऋण असुलउपर गर्न लेनदेन मुद्दाको फैसलाले कायम गरेको बिगो भरिभराउमा दण्ड सजायको २६ नं. को कानूनी व्यवस्थाले सगोलको सम्पत्ति रोक्का रहेकोलाई कानूनविपरीत भन्न मिल्ने अवस्था नरहने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री जगदेव चौधरी विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.दीपककुमार कार्की : नेपालको संविधानको धारा ४६ र धारा १३३ (२)(३) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- म निवेदकसँग विपक्षी अनिलकुमार शुक्लाले घर व्यवहार गर्नको लागि मिति २०६९।३।२ गते २०६९ साल कार्तिक मसान्तसम्मको भाखा राखी रू.३,५०,०००।– (तीन लाख पचास हजार) ऋण लिएकोमा भाखा नाघेकोमा लेनदेनको मुद्दा दायर गरी मिति २०७३।८।१७ मा अनिल कुमार शुक्लाको बाबु भक्ति विलास शुक्लाको नाउँमा दर्ता रहेको जग्गामध्ये ४ भागको १ भाग अनिल कुमार शुक्लाको अंश हक रोक्का राखी पाउँ भन्ने निवेदनमा मिति २०७३।८।१९ मा ४ भागको १ भाग जग्गा रोक्का राख्न पत्र लेखी जग्गा रोक्काको जानकारी जग्गाधनीलाई दिनु भन्ने आदेश भएकोमा विपक्षी भक्ति विलास शुक्लाले जग्गा फुकुवाको लागि दिएको निवेदनमा ऋण लिएको अवस्थामा बाबु छोराहरूसमेत सगोलमा बसी ऋण लिएको प्रतिवादी अंशियारसमेत भएको र सोपछि मिति २०७३।४।१५ मा अंश बुझेको भरपाई पेस भएको देखिँदा यस्तो अवस्थामा मिति २०७३।८।१९ मा रोक्का रहेको जग्गा फुकुवा गर्न मिलेन भन्ने मिति २०७३।१२।१८ मा आदेश भई मिति २०७४।१।१० मा वादी दाबी पुग्ने फैसला भएकोमा उक्त मिति २०७३।१२।१८ को आदेशउपर विपक्षी भक्ति शुक्लाले मिति २०७४।१।१३ मा श्री उच्च अदालत जनकपुरमा निवेदन दिएकोमा लेनदेन मुद्दाको फैसला कार्यान्वयन गर्ने क्रममा भिन्न भई बसेका छोराले लिए खाएको ऋण बाबु आमा अन्य दाजुभाइको अंशबाट भराई पाउन मिल्ने नदेखिँदा मिति २०७३।१२।१८ को आदेश बेरीतको देखिँदा बदर गरिदिएको छ भन्ने मिति २०७४।३।९ मा आदेश भएकोमा साह्रै अन्यायमा परी नेपालको संविधानको धारा ४६, १३३(२)(३) समेतको आधारमा यो निवेदन गर्न आएको छु । विपक्षी भक्ति विलास शुक्ला आफू चार अंशियार रहेको कुरा निजले श्री महोत्तरी जिल्ला अदालतमा दायर गर्नुभएको जग्गा फुकुवाको निवेदनमा स्वयं स्वीकार गर्नुभएको छ । श्री महोत्तरी जिल्ला अदालतबाट निजको नाउँको जग्गा रोक्का हुँदा चार भागको एक भाग ऋणीको अंश हकसम्म मात्र रोक्का रहेको छ । यसबाट विपक्षी भक्ति विलास शुक्लाको अंश हक रोक्का रहेको छैन । चार भागको एक भाग मात्र रोक्का रही मुद्दा फैसला कार्यान्वयनतर्फ अग्रसर रहेका छन् । मुलुकी ऐन, दण्ड सजायको २६ नं. मा दुनियाको बिगोबापत जायजात गर्दा त्यो धन खाने बाह्र वर्षदेखि माथिका ऐनबमोजिम मानो नछुट्टिई सँगै बसेका वा त्यो धन खाँदा सँगै बसेका पछि भिन्न हुनेको अंशसमेत जायजात गर्नुपर्छ भन्ने स्पष्ट कानूनी व्यवस्था छ । विपक्षी भक्ति विलास शुक्लाको नाउँमा दर्ता रहेको जग्गा प्रत्ये