निर्णय नं. १००७२ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००७२ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७५/०६/०१ ३०९७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ आदेश मिति : २०७५।६।१ मुद्दा : उत्प्रेषण / परमादेश ०७५-WO-००५७ निवेदक / पक्ष : टेकबहादुरको बुहारी श्यामबहादुर मुरी मगरको श्रीमती सर्लाही जिल्ला अत्रौली गा.वि.स. वडा नं.७ स्थायी घर भई हाल काठमाडौं जिल्ला मनमैजुको हाल परिवर्तित काठमाडौं जिल्ला तारकेश्वर न.पा. वडा नं.२१ नेपालटार बस्ने विष्णुमाया मुरी मगर विरूद्ध विपक्षी / प्रत्यर्थी : उच्च अदालत पाटन, ललितपुरसमेत ०७५-FN-००७१ निवेदक / पक्ष : टेकबहादुरको बुहारी श्यामबहादुर मुरी मगरको श्रीमती सर्लाही जिल्ला अत्रौली गा.वि.स. वडा नं.७ स्थायी घर भई हाल काठमाडौं जिल्ला मनमैजुको हाल परिवर्तित काठमाडौं जिल्ला तारकेश्वर न.पा.वडा नं.२१ नेपालटार बस्ने विष्णुमाया मुरी मगर विरूद्ध विपक्षी / प्रत्यर्थी : उच्च अदालत पाटन, ललितपुरसमेत जिल्ला अदालतले पक्षबाट पेस भएको प्रमाणहरूको सत्यता र त्यसको प्रमाणिक हैसियत के कस्तो हो भन्नेबारेमा कानून र तथ्यको आधारमा विवेचना गरी निष्कर्षमा पुग्नु पर्ने हुन्छ । पक्षले पेस गरेको प्रमाणको सत्यता जाँच्न र त्यसले मुद्दाको विवादको विषयमा राख्ने महत्त्व एवं प्रमाणबारेमा मुद्दा हेर्ने अदालतले निष्कर्ष ननिकाल्दै माथिल्लो अदालतबाट सुरू अदालतले प्रमाण बुझ्ने रोहमा गरेको आदेशलाई औचित्य नरहेको भनी तल्लो अदालतको प्रमाण बुझ्ने कार्यमा हस्तक्षेप गरी उच्च अदालतबाट भएको आदेश कानूनसम्मत् देखिन नआउने । (प्रकरण नं.८) निवेदक / पक्षका तर्फबाट : विद्वान् अधिवक्ता श्री किशोर कुमार विष्ट विपक्षी / प्रत्यर्थीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री प्रकाश थापा र श्री पुष्पराज उप्रेती अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. केदारप्रसाद चालिसे : नेपालको संविधानको धारा ४६ तथा १३३(२)(३) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः- तथ्य खण्ड विपक्षीमध्येका पति श्यामबहादुर मुरी मगर गा.वि.स. सचिव पदको व्यक्ति भएको र म पढेलेखेको व्यक्ति होइन । गाउँ विकास समितिको कार्यालय सर्लाहीबाट विवाह दर्ताको प्रमाणपत्र स्थानीय पञ्जिकाधिकारीको सही पति आफैँले दस्तखत गरी मिति २०६३।८।... मा विवाह मिति कायम गरी दर्ता नम्बर १७ उल्लेख गरी सोही मितिदेखि हामीहरूबीचमा विवाह भई पति पत्नी बनी एकासगोलमा बसी रहेकोमा मिति २०७३।२।१० मा घरमा अंशभाग बन्डा गरौं भनी भन्दा अंश हकबाटै वञ्चित गर्न खोजेकोले ६ भाग गरी म फिरादीको १ भाग अंश पाउँ भनी मैले विपक्षी श्यामबहादुर मुरी मगरसमेतको विरूद्धमा अंश चलन, मानाचामल, दूषित लिखत बदर र जालसाजीसमेतका मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरी विचाराधीन रहेकोमा सोमध्ये अंश चलन मुद्दामा विपक्षी श्यामबहादुर मुरी मगरले नातामा विवाद गरेको र अ.बं.८० नं. बमोजिम नातामा गरेको बयानमा समेत निजले मलाई लिखित रूपमा श्रीमती होइन भनी गाली बेइज्जती गरेको हुँदा मैले लिखित गाली बेइज्जती मुद्दा दायर गरेकोमा काठमाडौं जिल्ला अदालतबाट मिति २०७५।२।१७ मा "लगाउको अंश मुद्दा र यो लिखित गाली बेइज्जती मुद्दाको विवाद निरूपण गर्न वादीले पेस गरेको विवाह दर्ता प्रमाणपत्र र विवाहको सूचना फाराममा भएको दस्तखत र ल्याप्चे सहिछाप यी प्रतिवादी श्यामबहादुर मुरी मगरको हो होइन ? यकिन गर्न