निर्णय नं. १००७४ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००७४ - बन्दीप्रत्यक्षीकरण भाग: ६० साल: २०७५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७४/०९/२६ ४६१६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खड्का माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७४।९।२६ ०७४-WH-००५१ मुद्दा : बन्दीप्रत्यक्षीकरण निवेदक : का.जि. स्युचाटार गा.वि.स. वडा नं. ४ को परिवर्तित नागार्जुन न.पा. वडा नं. १३ स्थित विपक्षीहरूको घरमा बन्दी बनाई राखिएकी वर्ष ४ की छोरी इभा खड्काको हकमा राधेश्याम खड्काकी श्रीमती का.जि.का.म.न.पा वडा नं. ३२ कोटेश्वर बस्ने अप्सरा थापा खड्का विरूद्ध प्रत्यर्थी : का.जि. स्युचाटार गा.वि.स. वडा नं. ४ को परिवर्तित नागार्जुन न.पा. वडा नं. १३ बस्ने राजेन्द्रकुमार खड्कासमेत सामान्य सम्बन्धको अवस्थामा वा बाबु आमाको सम्बन्धमा दरार आए तापनि नाबालक सन्तानको स्याहारसम्भार, संरक्षण, पालनपोषण, शिक्षादिक्षा, स्वास्थ्योपचारलगायत आवश्यकताअनुसार उचित प्रबन्ध गर्ने दायित्व आमाबाबु दुवैको हुने । पतिपत्नीका बीचको सम्बन्धमा देखिएको समस्याको प्रभाव नाबालिक छोराछोरीमा समेत पर्ने देखिएको अवस्थामा त्यस्तो अवस्थाबाट नाबालिकलाई हुन सक्ने सामाजिक र मानसिक क्षतिलाई कसरी नियन्त्रण गरी न्यून गर्ने भन्नेतर्फ बाबु आमा दुवैले संवेदनशील भएर हेर्नुपर्ने हुन्छ । बालबालिकाहरूको संरक्षकत्व र उनीहरूको हेरचाह, माया, पालनपोषण, शिक्षादीक्षा र स्वास्थ्योपचार उनीहरूको भविष्यसँग जोडिएका नैसर्गिक अधिकारका विषयहरू भएका हुनाले र ती विषयहरूमा नाबालिकहरूले चिन्तन गर्ने, छलफल गर्ने र स्वतन्त्र भएर निर्णय गर्न नसक्ने हुँदा सम्बन्धित पक्ष सदैव सजग र सचेत भई बालबालिकाको सर्वोत्तम हित (Best Interest of the Child) लाई ध्यानमा राख्नुपर्ने । (प्रकरण नं.५) नाबालिक बच्चाको हितविपरीतको अवस्था छ भन्ने आधारबाहेक आमाको आर्थिक अवस्थाको कारणबाट सन्तानलाई आमाबाट वञ्चित गर्न नसकिने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री विकास भट्टराई र विद्वान् अधिवक्ता श्री पूर्णचन्द्र पौडेल प्रत्यर्थीका तर्फबाट : विद्वान् अधिवक्ता श्री श्रीकान्त बराल अवलम्बित नजिर : ने.का.प.२०६१, अंक ६, नि.नं.७३८९, पृ.६७६ ने.का.प.२०६७, नि.नं.८३७६ सम्बद्ध कानून : आदेश न्या. मीरा खड्का : नेपालको संविधानको धारा १३३(२)(३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :- विपक्षीमध्ये राजेन्द्रकुमार खड्का मेरो ससुरा र शारदा खड्का सासू नाताको मानिस हुनुहुन्छ भने राधेश्याम खड्का पति हुनुहुन्छ । विपक्षी नीलम खड्का नातामा नन्द हुनुहुन्छ । २०६६ साल असोज महिनाको २५ गते विपक्षी पतिसँग मेरो विवाह भएपश्चात् निज लगत्तै अष्ट्रेलिया गएका थिए । म पतिको अनुपस्थितिमा सासू ससुरासँगै बस्दै आएकोमा मलाई दाइजो नल्याएको भन्ने निहँु झिकी विपक्षीले मानसिक यातना दिएको हुँदा म केही समय माइतीमा बसेँ । सन् २०१० नोभेम्बरमा मेरो अष्ट्रेलियाको भिसा लाग्यो । त्यसपछि म पनि पतिसँगै विदेश अष्ट्रेलिया गई बसे । तर विपक्षी पतिले कुनै दिन पनि मसँग राम्रो व्यवहार गर्नु भएन । सन् २०१३ को अगष्टमा सासू ससुरा पनि अष्ट्रेलिया गएपछि ममाथि झनै यातना थपिन थाल्यो । २९ मे २०१३ मा छोरी इभा खड्काको जन्म अष्ट्रेलियामा नै भएकोमा अत्यन्त अभाव र कष्टकासाथ मैले सुत्केरी अवस्था गुजार्नु पर्यो । छोरीको लागि अष्ट्रेलियन सरकारले दिएको सहयोग रकमसमेत विपक्षी तीनै जना मिली मलाई धम्काई ट्रान्सफर ग