निर्णय नं. १००७५ - आगोलागी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००७५ - आगोलागी भाग: ६० साल: २०७५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७४/०८/११ ३७६५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ फैसला मिति : २०७४।८।११ मुद्दाः आगोलागी ०७१-CR-०४५३ पुनरावेदक / वादी : देवबहादुर गहतराजको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : पाल्पा जिल्ला, हुमिन गा.वि.स. वडा नं.२ घर भई हाल कारागार कार्यालय पाल्पामा बन्दी खगेन्द्रदेव वि.क.समेत ०७१-CR-०४६४ पुनरावेदक / प्रतिवादी : पाल्पा जिल्ला, हुमिन गा.वि.स. वडा नं.२ घर भई हाल कारागार कार्यालय पाल्पामा बन्दी खगेन्द्रदेव वि.क. (सुनार) समेत विरूद्ध प्रत्यर्थी / वादी : देवबहादुर गहतराजको जाहेरीले नेपाल सरकार प्रमाण ऐन, २०३१ को दफा ९ अनुसार कुनै कुरा व्यक्त गर्दा अभियुक्त आफूले भने गरेको कुरा बुझ्न सक्ने गरी सचेत अवस्थामा थियो वा निजलाई बाध्य पारी, यातना दिई वा यातना दिने धम्की दिई वा कुनै कारबाही गर्ने धम्की दिई व्यक्त गर्न नलगाएको अवस्थामा अभियुक्तले अदालतबाहेक अन्यत्र व्यक्त गरेका कुराहरू पनि प्रमाणमा लिनु पर्ने । अनुसन्धानका क्रममा बुझिएका अदालतमा न्यायिक परीक्षण गर्दा पनि अन्यथा प्रमाणित हुन नसकेका प्रमाणहरूबाट प्रतिवादीहरूको अनुसन्धानको स्वीकारोक्ति समर्थित हुन आएको अवस्थामा प्रतिवादीहरूले अदालतमा गरेको इन्कारीलाई सत्य रहेछ भन्‍न मिल्दैन । प्रतिवादीले अनुसन्धानमा कस्तो अवस्थामा आफ्नो कुरा व्यक्त गरेको रहेछ र निजको अनुसन्धानको भनाइ र अदालतको भनाइ कुन सत्य हो भनेर पनि अदालतले विभिन्‍न आधारमा न्यायिक परीक्षण गर्ने । (प्रकरण नं.५) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री ज्ञानप्रसाद भुषाल प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ बालबालिकासम्बन्धी ऐन, २०४८ सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री हरिश्‍चन्द्र ढुंगाना पाल्पा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री किशोर सिलवाल माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ पुनरावेदन अदालत बुटवल फैसला न्या. हरिकृष्ण कार्की : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः- मिति २०६८/२/८ गते बेलुकी म आफ्नै परिवारसहित घरभित्र बसिरहेको अवस्थामा अचानक बाहिरबाट आगो लागेको हल्ला सुनेपछि बाहिर आई हेर्दा मेरो घरमा आगो पूर्ण रूपले सल्किएको रहेछ । उक्त आगो स्थानीय मानिसहरूको सहयोगमा नियन्त्रणमा आइसकेपछि को कसले आगो लगाए भनी सोधखोज गर्दा पाल्पा जिल्ला, हुमिन गा.वि.स.वडा नं.२ बस्ने परिवर्तित नाम ‘ब’ बहादुर आगलागी भएको समयमा गाउँको बाटो भई गएकोले निजले आगो लगाएको हुनुपर्दछ भन्‍ने जानकारी पाई प्रहरीसमेतलाई जानकारी दिई निजलाई सोधपुछ गर्दा पाल्पा जिल्ला, हुमिन-२ बस्ने खगेन्द्रदेव वि.क.(सुनार) र पुरन लोहनीले मलाई आगो लगाउन पठाएकोले मैले देवबहादुरको घरमा आगो लगाइदिएको हुँ भनेको र निजले लगाएको आगोको कारणले मेरो अन्दाजी रू.२,५०,०००।- बराबरको क्षति भएकोले निजहरूलाई पक्राउ गरी कानूनबमोजिम गरिपाउँ भन्‍नेसमेत बेहोराको देवबहादुर गहतराजको जाहेरी दरखास्त । पाल्पा जिल्ला, हुमिन गा.वि.स., वडा नं.२ स्थित देवबहादुर गहतराजको ढुङ्गामाटोले बनेको खरले छाएको दुईतले १५ हात लम्बाइ ९ हात चौडाइ भएको घर आगोले जली नष्‍ट भई धनमालसमेत क्षति भएको भन्‍ने घटनास्थल प्रकृति मुचुल्क